
बाजुरा :- बडीमालिका नगरपालिका ५ मनामा दशैं मेला लाग्ने भएको छ। यहि कार्तिक १६ अर्थात पञ्चमीको दिन बडा दशैं मेला लाग्ने वडा कार्यालयले एक सुचना जारी गर्दै जानकारी गराएको छ। । पन्चमीको दिनको अवसरमा मना गाउँमा लाग्ने बडा दशैं मेलामा पुजाआजा र मेलालाई सभ्य भव्य र मर्यादित सफल बनाउन वडाले व्यापक तयारी गरेको सुचनामा उल्लेख गरिएको छ।
मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता क्रियाकलाप नगर्न वडाबासीलाई सूचनामा भनिएको छ।बडा दशैं मेलामा होहल्ला गरी संस्कृतिलाई विथोल्ने प्रयास गरेमा बडीमालिका नगरपालिकाको मदिरा र जुवातास ऐन अनुसार कारवाही गरिने समेत जानकारी सूचना मार्फत गराइएको छ।मेला अवधिभर वडामा मदिरा सेवन, विक्रीवितरण र जुवातास खेलेको पाईएमा कडा कारवाही गरिने भनिएको छ। मेलामा मदिरा विक्रि वितरण गर्नेलाई १२ हजार ५ सय, मदिरा सेवनकर्तालाई ७ हजार पाँचसय, जुवातास खेलाउनेलाई १५ हजार र जुवातास खेल्नेलाई १३ हजार रुपैयाँ जरिभाना तिराएर कारवाही गरिने वडा अध्यक्ष धर्मपाल मिजार द्धारा हस्ताक्षतिर सूचनामा भनिएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर