
बाजुरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरा आउनुहुने भएको छ ।यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा आउनुहुने भएको हो ।शाहीले त्यहाँ जनताका संग खुला छलफल गरि जनगुनासा सुन्नु हुनेछ । जनताका जनगुनासा सुन्ने कार्यक्रम लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा जनता भेटघाट कार्यक्रम लिएर बाजुरा आउन लाग्नुभएको छ । यो बिषयमा शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ । प्रत्यक जिल्लामा पुग्ने र जनताका समस्या पहिचान गर्ने अर्थात जनताका जनगुनासा सुन्न र स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको आफ्ना पार्टीका मार्फत ध्यानाकर्षण गराउने उदेश्य सहित सुदूरपश्चिम केन्द्रित हुने शाहीले बताउनुभएको छ । गाउँमा सिंहहरु पुगेपनी दरबार अझै नपुगेकाले जनताका समस्याहरु बुझ्ने आफ्नो प्रदेश न । ७ केन्द्रित हुनुको प्रमुख उदेश्य रहेको उहाँले जानकारी गराउनुभएको छ ।
शाहीको सुदूरपश्चिमको कार्यक्रम यहीँ कार्तिक १५ गतेबाट सुरु भैई २० गतेसम्म चल्नेछ । सडकबाट नेपाली जनताको आवाज बुलन्द गरेर सरकारको ध्यानाकर्षण गराउदै चर्चा बटुलेका शाही नेपाली जनताको रोजाइमा पर्न सफल नेता हुन् । राष्ट्रियताको सवालमा, नेपाली जनताको हितका लागी, अन्तरास्ट्रिय सन्धि विरुद्ध आवाज उठाउने सधै नेपाली जनताको पक्षमा उभिएर आवाज उठाउने शाही जुम्लाबाट गत २०७९ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँले जनताका जनगुनासा सुन्ने कार्यक्रम लिएर आउनु लागेको बताउनु भएको भएपनि उहाँ संगठन बिस्तारको पनि उदेश्य हुन सक्ने टिकाटिप्पणी भैरहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर