
बाजुरा। बाजुरामा असिनापानीबाट पिडित कृषकलाई गहुँको बीउ वितरण गरिएको छ । कृर्षि ज्ञान केन्द्र बाजुराका अनुसार खप्तड छेडे्दह गाउँपालिका ७ मा असिना पानीबाट पिडित भएका कृषकहरुलाई गहुँको उन्नत बीउ वितरण गरिएको बताइएको छ। कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र वडा कार्यालयको आयोजनामा पिडित कृषक परिवारहरुलाई सोमबार गहुँको बीउ वितरण गरिएको हो ।
गत बैसाख २८ गते परेको असिनापानीले गहुँ बालीमा क्षेति गरेको भन्दै पिडित कृषकहरुलाई राहत स्वरुप गहुँको बीउ वितरण गरिएको कृर्षि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रशाद जैशीले बताउनु भएको छ। जैशीका अनुसार सो वडामा असिनापानीबाट पिडित करिब ४ सय ५० कृषक परिवारलाई प्रति केजी १२ का दरले वितरण गरिएको हो ।त्यस्तै यसअघि कृषि ज्ञान केन्द्र बाजुराद्धारा सबै स्थानिय तहमा किसानलाई ५० प्रतिशत अनुदान र निशुल्क गरि ६ जातको गहुँको बिउ वितरण गरिसकेको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस बर्ष प्रजनन् बिउ र उन्नत जातको गरि ६ जातका बिउँ कृषकहरुलाई उपलब्ध हुने गरी जिल्लाका सबै स्थानीय तहमा पठाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।यस बर्ष जिल्लामा प्रजनन् बिउ र उन्नत जातको गहुँको बिउ गरी गरि ७५ कुईन्टल बिउ अनुदानमा ल्याएको छ। बिउ लैजान चाहने किसानले स्थानीय तहका कृषि शाखाबाटै पाउने गरी पठाइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । समयमै बीउ पाएपछी पिडीत कृर्षकहरु खुसी भएको छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर