
बाजुराः जिल्लाको हिमाली गाँउपालिकाको वडा.नं ६ मा पर्ने नाउली खोला देखि बुन्ना सम्मको सडक करिब दुई महिनादेखि राम्रो संग संञ्चालनमा आउन नसक्दा स्थानियहरुलाई आवतजावतमा समस्या भएको छ । गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न निकै समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभएको छ । । सडक बिचबिचमा भत्किएर यातायातका साधनहरु पनि राम्रो संग संञ्चालनमा आउन नसक्दा स्थानिहरु लाई दैनिक उपभोग्य सामानहरु पनि बोकेर लिनुपर्ने बाध्यता रहेको छ । अहिलेसम्म पनि सडक मर्मत नहुदा पाँडी गाउँ बस्तीमा रहेका स्थानीय बासीलाई ठुलो समस्या भोग्नुपरेको अवस्था रहेको त्यहाँका स्थानिहरुले बताएका छन ।
सडकको ठाउँ ठाउँमा पहिरो तथा जमिन भाँसिएका कारणले अहिलेसम्म सडक बन्द रहेको छ। यदि सडक संचालन भयो भने गाउँका अधिकांस मान्छेलाई आवतजावतमा निकै सहज पुग्ने तथा सामान ओसारपसारमा सहजीकरण हुने समेत स्थानीयले बताएका छन। सडक मर्मतको काम तत्काल सुचारु गर्न र समस्या समाधान गर्न स्थानिहरुले पालिका सरकार संग माग गरेका छन । यता पालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले पािलकाका अन्य ठाँउमा पनि सडक भत्केको धेरै भएको हुँदा अन्य ठाँउको सडक निमार्ण गर्न लाग्दा ढिलासुस्ती भएको बताएका छन । अन्य ठाँउको सडक खुलाउने बित्तीकै उक्त सडकखण्ड पनि तत्काल संञ्चालनमा ल्याउने अध्यक्ष मल्लले बताएका छन । लामो समयसम्म सडक बन्द हुँदा सामना पिठ्युँमा बोकेर ओसारपसार गर्नुपर्ने बाध्यता रहेकोे छ। गाउँ बाट बाहिर जानको लागि घर भन्दा केहि मिनेट हिडेर गाडी चड्ने खबस्था थियो तर आजभोली उक्त अबस्था नरहेको पनि स्थानियले बताएका छन । साउन महिनामा आएको अविरल वर्षाले गर्दा सडक भत्किएको थियो तर अहिलेसम्म पनि संञ्चालनमा आउन सकेको छैन । स्थानियहरुले तत्काल सडक निमार्ण गर्न पहल गरिरहेका छन भने पालिका समेत तत्काल सडक खुलाउन लागी परेको पनि बताइएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर