साहित्य समाजकाे ऐना हाे,जसले समाजकाे मुहार हेर्नमा सहयाेग गर्दछ । साहित्य सदा सहि बाटाेमा हिडिरहन्छ यसले कुनै गलत बाटाे देखाउदै
( कुशुम कान्छाे) का गजल मुक्तकहरु
1:याद आउँछ तिम्रो छाेडि जाने भयाै ।
जिन्दगिकाे यात्रा अन्तै माेडि जाने भयाै।
काेशिस गर्छु बिर्शनलाई तर सकेको छैन ।
अर्कै संग लगनगाठाे जाेडि जाने भयाै ।
किनेकाे थिय चुरापाेते,राताेसाडि तिम्रैलागी ।
मलाई छाेडि पराईकाे राताे घुम्टाे अाेडि जाने भयाै ।।
बर्शौदेखी संगै खेल्दै हुर्कीयका हामी ।
बर्शौदेखी लाको नाता ताेडि जाने भयाै ।
2: घरिघरि मिस्कल गरि सताउने बानि तिम्रो
नानाथरि कुरा गरि तताउने बानि तिम्रो ।
ठान्दथे सबै कुरा भनाेस भन्ने ,
एउटै अर्थमा सबै कुरा बताउने बानि तिम्रो ।।
3:एक्लाे जिन्दगि मेराे जसरि कटाउन सकुला ।
बिछाेड भएनि कुनै दिन भेटाउन सकुला ।
याद अाएछ भने तिम्रो कुनैबेला,
फाेटाे हेरि सम्झनाकाे प्यास मेटाउन सकुला ।।
4:अलि अलि हसालु अलिअलि काली रैछ्याै ।
मुटुखानि माया लाउने दिलवालि रैछ्याै ।
चिन्नै सकेकाे रहेनछु मैलपनि,
म तिम्रो भेना तिमी मेरि साली रैछ्याै ।।
5:बेलाबेला सपनिमा अाउछाै रुवायर जान्छौं ।
झुटा बाचा कसम खुवायर जान्छौं ।
मलाई नै सबैकाे अपहेलित बनाउछाै के भन्नू ,
तिमी त दुनियाकाे अगाडि सुहायर जान्छौं ।।
6:एउटा मुटु अर्कै संग सारेर गई ।
म दुखिलाई अलपत्र पारेर गई ।
मत साेच्दथे जुनिभर संगै जीवन कटाउने,
साेचेका ईच्छा,चाहना सबै मारेर गई ।।
7: अाजभाेलि पराईकाे साथ पाएकि रैछ्याै ।
त्यसैले त उसै संग माया लाएकि रैछ्याै ।
मत अन्धकारमा जीवन बिताउने भए,
सुनसान रात बनेर जिवनमा छाएकि रैछ्याै ।।
8:छाेडेर गए अन्धकार रात पनि हुन सक्छ ।
माया गरेकाे छु नसाेच घात पनि हुन सक्छ ।
आउ बरु संगै बसाै मुटु साटेर,
तिताे मिठाे जिन्दगीकाे बात पनि हुन सक्छ ।
9:देश बचाउन युद्घ भुमिमै वीरगोर्खाली मरिरहेका छन ।
के हेरिरहेकाे छ सरकार युवाहरु सिमा तरिरहेका छन ।
यहि कारणले देशमा शान्ति छाउन सक्दैन,
सत्तामै बसेकाहरुले भष्टाचार गरिरहेका छन ।।
10:नलाउ झुटाे माया बरु छाेडिदिय हुन्छ ।
जिन्दगिकाे यात्रा अन्तै माेडिदिय हुन्छ ।
जुनिभर साथ दिन सक्दिनाै भने,
लगाएकाे नाता साईनाे ताेडिदिय हुन्छ ।।।
11:मायाकाे नाटक गर्ने यहाँ हजाराै देखिए ।
अरुकै भर पर्ने यहाँ हजाराै देखिए ।
जिवनभर साथ दिन्छु भन्ने मान्छे पनि,
पछि अर्कै तिर सरेकाे यहाँ हजाराै देखिए ।।।
12:जिन्दगिकाे बाटाे अन्तै माेड्ने तिम्रो बानि रैछ ।
लगाएकाे नाता सम्बन्ध ताेड्ने तिम्रो बानि रैछ ।
तिमी त धाेकेबाज पाे रहिछ्याै बल्ल थाहा पाए,
दाेबाटाेमा पुगाई साथ छाेड्ने तिम्रो बानि रैछ ।।
साहित्यले मान्छेलाई सदा सहि बाटाेमा हिडाउने गर्दछ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर