आज मध्य राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।कोजागत पुर्णिमाको दिन अर्थात आज मध्यराती चन्द्र ग्रहण लाग्ने नेपाल पंञ्चांग निर्णायक समितिले जनाएको छ । यो खण्डग्रास चन्द्र गहण नेपालगायत अन्य युरोपेली मुलुकमा पनि लाग्ने भएको छ । आश्विन शुक्ल पुर्णिमा तिथि तदनुसार २८,२९ अक्टोबर २०२३ मा यो ग्रहण लाग्ने भएको छ । उक्त ग्रहण मध्यराती १ः १९ बजेबाट सुरु भई २ः ३८ बजे सकिने भएको छ करिब १ घण्टा १९ मिनेट यस ग्रहणको समयावधि रहने भएको छ। ग्रहणको सुतक भने ४बजेर १९ मिनेट बाट सुरु भईसकेको छ । यो समयावधिभर बाल,बृद्ध,आतुर बाहेक अन्यलाई भोजन निषेध गरीएको छ । सुतक सुरु हुनुभन्दा अगाडी नै भोजन गरीसक्नु पर्ने सुतक सुरु भई ग्रहण नसकिदासम्म कुनै पनि भोजन,भगवानको पुजा पाठ,सभा समारोह,कुनै यात्रा,शारिरक सम्बन्ध,नगर्न पनि भनिएको छ ।
कुन राशिको लागि राम्रोः
बृष,मिथुन,कुम्भ,बृश्चिक,र कर्कट राशिको लागि भने यो ग्रहणले लाभ दिने छ भने अन्य राशिहरुको लागि भने त्यती राम्रो रहेको पाईदैन बिषेषतः मेष राशि र मीन राशिको लागि अति नै घातक रहेको छ । यी राशिहरुले बढि सजगता अपनाउन पनि भनिएको छ । यी राशि भयकाहरुले सुतक सुरु हुनुभन्दा पुर्ब स्नान गर्नु ग्रहण सकियपश्चात पनि स्नान गर्नु भनिएको छ । बरु यिनिहरुले सेतो चिज दान दिनुपर्ने, कन्या केटिहरुलाई केही सामान दान दिने गरे,सेतो परिकारबाट बनेका चिज अरुलाई दान दिएमा त्यति असर नपर्ने पनि भनिएको छ ।
यो ग्रहण यो बर्षकै एउटै हो। पुर्णिामा को दिन लाग्ने यो खण्डग्राश चन्द्रग्रहण अलि अलि मात्रामा लाग्ने बताईएको छ । १००को करिब २५ प्रतिशत मात्रै देखिने बताईएको छ । नेपाल बाहेक अन्य युरोपेलि मुलुकमा समेत देखिने भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर