बाजुरा। छेडेदह स्पोर्टस क्लबको आयोजनामा आयोजित सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट हुँदैँछ । प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ।आयोजक कमिटीका अनु्सार प्रतियोगिताको उद्घाटन कार्यक्रम आज बिहान ११ बजे हुने बताइएको छ। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले गर्नेछन् । यो संगै प्रतियोगिताको तयारी अन्तिक चरणमा पुगेको छ। । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमदर्ता गर्ने क्रम सकिएको छ। अहिलेसम्म् ११ टिम प्रतियोगिताको नियमाअनुसार दर्ता भइसकेका र अन्य चार बढी टिम सम्पर्कमा आएको आयोजकले बताएको छ। टिम दर्ता गर्ने समय हिजोसम्म साँझ ५ बजेसम्म मात्रे टोकिएको थियो । तर सम्पर्कमा आएका टिमहरुलाई दर्ता गर्ने क्रम भने जारी रहेको बताइएको छ।
खेल अवधिभर मदिरा बिक्रि वितरण गर्न नपाइने:
खेल प्रतियोगिता अवधिभर खेल क्षत्रआसपासका पसलहरु र बजार क्षत्रमा मदिरा बिक्रि वितरणमा पुर्ण रुपमा बन्द गरिएको आयोजकले जनाएको छ । आयोजक छेडेदह स्पोर्टस क्लबका अनुसार खेल अवधिभर सात दिनसम्म मदिरा बिक्रि वितरणमा रोक लगाउने बताइएको छ।(बिहिबार)हिजो दिँउसो आयोजक कमिटी र अन्य स्थानीयले छलफल गरी मदिरा बिक्रि वितरण गर्न नपाइने निर्णय गरिएको हो । सो खेल क्षेत्र आसपासका बजार क्षेत्र र पसलहरुलाई खेल अवधिभर मदिरा बिक्रि वितरण नगर्न आयोजकले भनिसकेको छ । बाहिरबाट मदिरा सेवन गरेर खेल क्षेत्रभित्र प्रबेश गरी शान्तिथपु्र्ण ढंगले भइरहेको खेल बिथोल्न खोज्ने जोकोहीलाई युवाहरु को सक्रियतामा नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइने छ। शान्तिपुर्ण, सभ्य र भव्य तरिकाले खेल सम्पन्न गर्नका लागि शान्ति सुुरक्षा पनि कडा पारिने आयोजकको दाबी छ।
खेल शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नका लागि सबै सारेकारवाला निकाय संग समन्वय र सहकार्य निरन्तर भइरहेको खेल संयोजक कृष्ण ओलीले बताएका छन् । खेललाई सभ्य रभव्य र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्न पनि आयोजक छेडेदह स्पोर्टस क्लबले अपिल गरेको छ।विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको थियो ।सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष यता हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार पाँचौ वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले यस अघि नै सामाजिक सञ्जाल मार्फत जानकारी गराएको ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर