बाजुरा– जिल्लाका ७ हजार १ सय ३० घरमा भुकम्पको पराकम्पनले गर्दा क्षेति पुगेको छ । पटकपटकको भुकम्पको पराकम्पनले गर्दा जिल्लामा ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी रहेको छ । उक्त भुकम्पको पराकम्पनहरुले जिल्लामा १३ सय ८३ घर पुर्ण रुपमा क्षेति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षेति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले वताएका छन् ।पुर्ण रुपमा सबै भन्दा बढी क्षेति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले जनाएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण रुपमा क्षेति भएका छन ।
भुकम्प पिडितहरु अहिले चिसो पालमा रातकटाउन बाध्यउ भएका छन । बझाङको सिमा नजिकै जोडिएको जिल्ला बाजुरा भएकाले भुकम्पको पराकम्पनले गर्दा ठुलो मात्रामा क्षेती पुगेको छ । बझाङ सँग जोडिएको बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिकामा केही घर भत्किएको र केही घर जोखिममा रहेका छन् । बाजुरा जिल्लाभरी नै घरहरु जोखिममा रहेका छन्, तिनवटा पालिकामा भने सबैभन्दा बढी जोखिममा रहेका छन् ।पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, पालमा बस्दा बिरामी भएको स्थानियले वताएका छन् । कार्तिको चिसो महिनामा खुला पाल आकाश मुनि रात कटाउन बाध्य भएका छन ।
भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिम रहेको भुकम्प बिद्धहरुले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर