• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  समाचार

भुक्तोलीमा लाग्यो दिँउसो मेला, खुला देउडा प्रतियोगिता सम्पन्न

खप्तड मालिका न्युज October 25, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  यस अघि राती मेला लाग्ने गरेको भुक्तोलीमा यो वर्ष भने दिउँसो पनि मेला लागेकाे छ  । पुरातात्विक महत्व बोकेको बार्जुकोट दरबारको पहिचान र संरक्षणका लागि लगाइदै आएको बार्जुकोट पुजा यो वर्षबाट व्यवस्थित बनाउन यस्तो योजना बनाएको हो । तत्कालिन बाइसे चौविसे राज्य भएका बेला बार्जुकोट दरबारका राजाले चलाएको पुजा पछिल्लो समयमा लोप हुँदै गएपछि बुढीगंगा नगरपालिका वडा नम्बर ४ को कार्यालयले यो बर्षबाट व्यवस्थित गर्न यो पहिलो प्रयास थालेको हो ।वडा कार्यालयको संयोजन र नगरपालिकाको सहयोगमा दिँउसो खुला देउडा प्रतियोगिता गरिएको बुढीगंगा नगरपालिका ४ का वडाध्यक्ष मीनबहादुर शाहले जानकारी दिनु भएको छ। पछिल्लो करिव एक दशकपछि भुक्तोली राम(जात्रा) को पहिचान लोप हुँदै गएको र युवा पुस्ताहरुले त्यसमा चासो नदेखाएपछि वडा कार्यालयको संयोजनमा खुला देउडा प्रतियोगिताको आयोजना गरिएको हो । वडाले आयोजना गरेको देउडा खेलमा जिल्लाका चर्चित लाइभ देउडा खेलाडी राजु बुढा (राइकला) र स्थानीय देउडा खेलाडी बीचको घम्साघम्सी देउडा खेल भएको थियो। परापुर्वक देखि चल्दै आएको भुक्तोली मेला युवा पिढींको चासो नदेखाएको र त्यसको महिमा र पहिचानसंगै संरक्षण गर्नका लागि देउडा खेल गर्न लागिएको वडा अध्यक्ष मीन बहादुर शाहले बताउनुभयो ।

जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीहरुले कला साहित्य, गाउँका विभिन्न मेला पर्वको संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवाज समेत नागरिक अगुवाका तर्फबाट मात्रै नभई जनस्तरबाट उठ्ने गरेका छन् । बार्जुकोटको दशैको निरन्तरताका लागि भने बुढीगंगा नगर सरकार पनि सकारात्मक देखिएको छ । भुक्तोली मेला व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट आवश्यक लगामनी गर्न तयार रहेका नजगर प्रभक्ता हेमराज जैशीले बताउनु भएको छ । बार्जुकोटको दशैँ र भुक्तोली मेलालाई थप व्यवस्थित गर्दै लैजाने उहाँको भनाई छ ।स्थानीय सरकारको यो पहिलो प्रयासले बार्जुंकोटको दशैँ भुक्तोली मेलाको संरक्षणमा ठुलो टेवा पुग्ने स्थानीय निरोज शाहले बताउनुभयो ।पहिलाको भसक्तोली रह अहिलेको भुक्तोलीमा आकाश पातलको फरक रहेको बताउनुहुँदै उहाँले यो प्रयासलाई निरन्तरता दिदै जाने हो भने मेला व्यवस्थापन र बार्जुकोटको दशैँलाई थव व्यवस्थित बनाउन सकिने स्थानीय शाहको भनाई छ। उसो त यो मेला हराउँदै जाने चिन्ता पनि बढ्दै गएको छ ।पुराना पुस्ताहरुले गर्दै आएको भुक्तोली मेलाको पहिचान र संरक्षणमा युवाहरु चासो नदेखाएर उनीहरु विदेशी विकृतीमा फसेका कारण स्थानीय चाडबाड र मेला पर्व लोप हुदै गएको बुढीगंगा नगरपालिका ४ साहुबाडाका स्थानीय नागरिक अगुवा बुद्धिजीवी शेर बहादुर खातीले बताउनुभयो । नयाँ पुस्ताको पुराना रितिरिवाज प्रती चाँसो घट्दै जानु अर्थात बितृष्णा छाउदै जाजु चिन्ताजनक बिषय रहेको खातीको भनाई छ ।

पछिल्लो युवा पिढीं लागु औषध दुब्र्यसन फसेका कारण उनीहरुलाई गाउँमा हुने अनन्ते,विसु,तुड्केको दशैं भुक्तोलीको रामजात्रा को कुनै चासो नभएको वृद्धवृद्धाहरु बताउन्छन् ।कला संस्कृति र चाड पर्वलाई संरक्षण र जगेर्ना गर्न ,हाम्रो पहिचान जोगाईराख्नका लागि नयाँ पुस्ता जागरुप हुनुपर्ने अर्थात सक्रियता नयाँ पुस्ताको नै बढ्नुपर्ने नागरिक अगुवाहरुको जोड छ ।यदि यो मेलालाई व्यवस्थित ढङ्गले सञ्चालन नगर्ने हो भने अवका केही वर्षमा यो मेला नाममा मात्रै सिमित हुने बुढीगंगा ४ खोडालबाडाका स्थानीय समेत रहेका कलाकार राजेन्द्र रावतले बताउनुभयो । पहिलोपटक सञ्चालन गरिएको दिँउसोको मेलामा उत्साहजनक सहभागिता देखिएको थियो ।बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनिया, उपप्रमुख माया खड्का कुँवर, नगर प्रभक्ता हेमराज जैशी लगायत बिभिन्न राजनिति दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति समेतर रहेको थियो । बार्जुकोटको दशैँ र भुक्तोली मेलाको व्यवस्थापन र संरक्षणका लागि सबै राजनिति दल र नागरिक अगुवाहरुको एकिबद्धता देखिएको छ । आज भन्दा केही वर्ष अगाडी राती लाग्ने मेलामा समेत जिल्ला भित्रकमा मात्र नभई जिल्ला बाहिरबाट समेत मेला अवलोकन गर्न आउनेहरु हजारौँ आउने गरेको भएपनि पछिल्लो वषएहरुमा भने राती मेला हेर्न आउन छोडेका छन् । यो भने चिन्ताजनक बिषय हो ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑