
बाजुरा–जिल्लाको बुढिगंगा नगरपालिका ९ र १० का विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको आयोजना र नेपाल हिल्फ आखनको सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको बताइएको छ । दुबै वडाका करिब ६५ घर परिवारलाई चामल, नुन, दाल सावुन वितरण गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् ।
विपन्न तथा भुकम्प पिडित परिवारलाइ दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । विपन्न तथा गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस भनेर खाद्यन्न सहयोग गरिएको हो । छरछिमेकी सरह दशै राम्रो होस भनेर वडाका विपन्न नागरिकलाई खाद्यान्न, सहयोग गरिएको बताइएको छ ।चरम खाद्यन्न संकट भएको बेला राहत पाउदा ठुलो सहयोग भएको बुढिगंगा नगरपालिकाका बिपन्न तथा भुकम्प पिडितहरुले बताएका छन । नेपालीहरुको महान चाड बजियादशमी तथा शुभदिपावलीको अवसरमा खाद्यान्न बितरण गरेकोमा भुकम्प पिडितहरुले धन्याद समेत दिएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर