गोबिन्द्र राज तिमिल्सेना,बाजुराः पछिल्लो समय जिल्लामा परम्परागत डोको बुन्ने प्रबृत्ति हराउदै गएको पाएको छ । प्रबिधि को बिकाश भए संगै यो प्रबृत्ति हराउदै गएको छ । केही समय पहिला यो परम्परा गाउँघरतिर फस्टाएको भयतापनि हाल अहिले आएर यो परम्परागत पुर्खौली पेशा हराएको छ । देशका विभिन्न ठाउँहरुमा यो पेशा पहिलेको समयमा धेरै देखिने गरेकोमा अहिले आएर कहिकतै छिटफुट रुपमा मात्रै देखिने गरेको छ । देशले आधुनिकिकरणको रुप फेरे संगै देशबासिहरुले पनि त्यसको सिको गरेका छन आफ्नै स्थानिय उत्पादन पेशालाई छोड्दै बिदेशि सामानहरुमा आकर्सित भएका छन । एक पेशाले अर्को पेशा उत्पादन गर्नुको पछाडि बिदेशि पेशा,सामानहरुमा स्वदेशिले आँखा तानिरहेको अबस्थाले कतिपय ठाउहरुमा यो परम्परात डोको बुन्ने प्रबृत्ति लोभ भईसकेको छ । जिल्लाका हरेक ठाउमा करिब ट सात बर्ष पहिलेसम्म राम्रो फस्टाएको यो पेशा अहिले लोभ भईसकेको छ जिल्लाबासिहरु बिदेशि सामानहरुको सिको गर्न लागिसकेका छन । जिल्लाको बढिजसो हिमालि,बडिमालिका,गौमुल,स्वामिकार्तिक मा भेटाईने यो परम्परागत पेशा अहिलेको समयमा निकै लोभ भएको छ । कतिपय मानिसको जीवन निर्बाहको आधार समेत रहेको उक्त परम्परागत पेशा लोभ हुदा नेपाली परम्परामा ठुलो अाँच आउने देखिन्छ समयको गतिशीलता, प्रबिधि को बिकाश , सोचेभन्दा चाडो हुने हो भने समाजका हरेक परम्परा लोभ हुने डर देखिन्छ पहिलेको समयमा डोको बुन्नमै ध्यान दिने मानिसहरु आ जभोलि बिदेशि सामानहरुमा ध्यान दिदै स्वदेशि सामानको बिकाशलाई पछाडि पार्दै हिडिरहेका देख्न सकिन्छन । एक त यो समय परिबर्तन ले गर्दा पनि यो पेशा,परम्पराग लोभ भएको कहिकतै बुझ्न सकिन्छ।
निगालोको चोयाबाट बनाउन सकिने यो पेशा सोचेजस्तो सजिलो भने होयन । यसमा दुख धेरै भयतापनि उक्त पेशाले समाजको सस्कृतिलाई झल्काईरहेको हुन्थ्यो समाजको पहिचान बिश्वबजार सम्म चिनाउन पहिचान गराएको हुन्थ्यो पहिलेको समयमा यो पेशा देशका ७७ जिल्लामै रहिरहेको भयतापनि अहिलेको समयमा यो पेशा झिटफुट जिल्ला बाजुरा बाहेक अन्यन्त्र कहि कतै देख्न सकिदैन जंगली निगालोको चोया बाट बन्ने यो परमपरागत पेशा डोको सबै कामका लागि चाहिने गरिन्छ घरायसि काम गर्न मात्रै नभई बिरामिहरु बोक्न,गाईबस्तुहरुलाई खाने बिच्छ्याउने सामानहरु ल्याउन,मानिसको लागि आवश्यक सामानहरु एक ठाउबाट अर्को ठाउमा पुगाउन समेत मदत गर्ने यो परम्परागत पेशा डोको प्रबिधी सामाजिक कार्यमा पनि त्यति नै महत्त्वपूर्ण मानिन्छ । डोको लाई अर्को भाषामा सिको पनि भन्ने गरिन्छ तर डोको र सिको फेरि फरक फरक पनि हुन्छन सिको अलि लामो टाढाटाढा आँखा गरेको हुन्छ भने डोको गोलो आकारमा नजिकै आँखा लगाएर बुन्ने प्रबृत्ति रहेको छ । डोको जंगली निगालो (देउलो) र(पुत्रो) दुई निगालोका प्रजाती बाट निर्माण गरिन्छ बलियो खाले डोको बनाउनको लागि (देउलो) जातिको निगालो प्रयोग गरिन्छ भने अलि कमसल खालको डोको निर्माण गर्न (पुत्रो) जातिको निगालोको प्रयोग गरेर डोको बनाईन्छ । तर पछिल्लो समय मानिसहरु बिलासि जिन्दगिमा रमाउन मन पराउने भयका कारण यो परम्परागत पेशालाई छोड्दै गएका छन ।
डोकोलाई सवारि साधनको रुपमा पनि लिने गरिन्छ किनभने डोकोमा भारि बोक्न सजिलै सकिने भएका कारण यसलाई सवारि साधनको रुपमा पनि कतिपयले लिने गरेका छन । पहिलेको समयमा जिल्ला बाजुरामा यो पेशा व्यापक रुपमा चलिरहेको थियो तर अहिलेको समयमा यो समय परिवर्तन प्रबिधी को बिकाश बढे संगै यो पेशा लोभ हुदै गएको हो । यति राम्रो परम्परागत पेशा हराउदै जादा अरु परम्परागत पेशामा पनि खलल पुग्ने हो कि भनेर स्थानिय बुढापाखाहरुले दुखेसो ब्यक्त गरेका हुन्छन । जिल्लाको बडिमालिका नगरपालिका वडा न।ठ निबासि धनजय पाध्याय अहिले पनि यो पेशा गरिरहेका छन तर पहिलेको जसरि यो पेशा अहिले नचलेको उहाँले बताएका छन । आफु पनि पहिला यक दिनमै ३ डोका सम्म बुन्ने मान्छे अहिले १ डोका बुन्न न्युनतम एक हप्ता लगाउने गरेको उहाँ भन्नुहुन्छ यो समस्या यो पेशा हराउँदै जानू कसैले पनि यो पेशाको सुरक्षा नगर्नु जस्ता कारणले यो पेशा लोभ हुदै गएको पाध्याय बताउनुहुन्छ । आफु पहिले भैंसी लेकमा यो पेशालाई धेरै माया गर्थे डाका बुनेर दाल चामल,नुन,तेल किन्ने गर्दथे तर अहिले त्यो सम्भव नभएको उहाको भनाइ रहेको छ । देशमा आधुनिकिकरण आए संगै सबैले यो परम्परागत पेशा छोडि आधुनिक पेशा अगाल्दै गएका उहाँ बताउनुहुन्छ ।
यो परम्परागत पेशा अबको केही समयमा जिल्लामा पनि शून्य मा झर्ने अनुमान गरिएको छ । पहिले जिल्लाका ९ वटै पालिकामा यो परम्परागत पेशा भेटाइने गरेकोमा अहिलेको समयमा सबै ठाउमा भेटाईए तापनि त्यति राम्रो नभएको पाईएको छ । जिल्लाको बडिमालिका र हिमालि भने अन्य पालिकाको तुलनामा बढि नै प्राथमिकता दिएको पाईन्छ।त्यहाका झिटझुट नागरिकहरु ले अझै पनि यो पेशा अगालिरहेका छन ।भने अन्य पालिकामा भने यो पेशा निराशाजनक रहेको छ । यसरी परम्परागत पेशा लोभ हुन दिने हो भने अबको केही समयपछि परम्परागत सबै पेशा लोभ हुने अनुमान गरिन्छ। डोको संगै पानिघट्ट,जातो,कोल,लगायत पेशाहरु पनि लोप हुदै गईरहेका छन ।त्यसैमा जातो,कोल हराईसकेका छन भने अन्य प्रबिधिहरु पनि लोप हुने सम्भावना धेरै रहेको छ । सामान ओसार पसार गर्नमा सहज मिल्ने परम्परागत पेशा डोको बुन्ने प्रचलन जिल्लामा निकै मात्रामा हराएको छ यो पेशा लोप हुदै जादा स्थानियमा निराशा समेत छाएको छ । यदि यस्तै बिकाशको गतिमा देश अगाडि बढ्ने हो भने अबको केही समयमा यो पेशा पुर्ण रुपमा हराउदै जाने स्थानियले दाबि समेत गरेका छन
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर