
मिन बहादुर खड्का/ बाजुरा : उमेरले ४३ वर्षीय बडीमालिका नगरपालिका वडा न . ३ रजालीकी सरस्वती खड्का चामल किन्नका लागि सदरमुकाम मार्तडीमा रहेको खाद्य तथा व्यापार कम्पनी कार्यालयमा पुग्नुभयो । तर खाद्यमा महङ्गो चामल मात्रै छ भन्ने प्रतिक्रिया पाएपछि उहाँ रित्तो हात घर फर्किनुभयो ।“रित्तो हात फर्किनु पर्दाको दुखेसो पोख्दै उहाँले सुनाउनुभयो, चामल महङ्गो भन्यो, एकै केजीको ८५ रुपियाँ काबाट आन्नु हो, कर्मचारीले, हुन्याखान्याले खान्या चामल मात्रै रहेछ, हामी गरिबको त त्यो चामल किनेर खाने क्षेमता छैने”
दशै आयो, छोराछोरी लुगाकपडा, जुत्ता चप्पल चाहियो भनेर सताइरहेका छन् , चामल किन्न आया पैसा पुग्याइन रित्तै फर्किऐ” उहाँले थप्दै दुखेसो पोख्नुभयो ,खड्का संगै अन्य तीन जना महिलाहरू पनि महङ्गो चामल किनेर खान नसक्ने भन्दै यस अघि कार्यालय पुगेर फर्किएकी छन् ।
बडीमालिका २ जुगादाका लाल बहादुर गुयाल २५ केजीको जिरा मसिना चामलको एक कट्टा चाम पिठ्युँमा बोकेर हिड्दै गरेको अवस्थामा कार्यालयको अलि अगाडि भेटिनुभयो । ३० केजी चामल लिने योजनामा आएको भएपनि महङ्गो चामल मात्रै भएकाले २५ केजी मात्रै लिएर फर्किएको उहाँले बताउनुभयो । “ पहिला मोटो चामल थियो सस्तो हुन्थ्यो, ५३ रुपैयाँ प्रती केजीमा हामी किन्थ्यौ, १६०० को ३० केजी चामल लिएर जान्थ्यौ, तर अहिले ३० केजी लिनका लागि २५५० रुपैयाँँ तिर्नुपरेको छ। रुपैयाँ पुगेन त्यसकारण २५ केजी मात्रै लिएको छु सडकको छेउमै उभिएर उहाँले आफ्नो दुखेसो सुनाउनुभयो” दशै नजिकिदै गएको तर चामल समेत किनेर खान सक्ने स्थिति नहुँदा यो वर्षको दशै पनि दशामा परिणत हुने उहाँको दुखेसो थियो ।
उहाँहरु दुई जना त प्रतिनिधि पात्र मात्रै हुन् । उमेरले ६५ वर्ष नघिसक्नु भएका बडीमालिका ८ का अके रावल लठ्ठीको साहारामा खाद्य कार्यालय सम्म पुग्नुभयो । रावलको समस्या पनि फरक छैन । महङ्गो चामल मात्रै भएपछि सोचेजती चामल लिन नपाउने भएपछि चिन्तित देखिनुभएका उहाँदशै तिहार कसरी मनाउने भन्ने चिन्ता पनि छ। रावलले बिलौना गर्दै भन्नुभयो, वर्ष दिनमा आउने तिहार, छोरीबहिनी आउन्छन्, पाहुना पनि आउने नै हुन् , घरैरो चामल पनि नभयापछि लाज होला भनेर आए, तर सार्है महङ्गो भयो, यस अघि खाद्यमा सस्तो चामल पाइने भएकाले सधै जसो मंगलवार (हिजो) पनि कार्यालय सम्म पुग्नुभएका उहाँले पनि सोचेजती चामल ल्याउन सक्नुभएन । हामी गरिब जनताका लागि हामीले किन्न सक्ने चामल पनि पठाउन नसकेपछि हाम्रा लागि के सरकार छ भन्नु, छ भन्नू र छैन भन्नू एउटै हो, हाम्रा लागि सरकार छैन, हुने खानेका लागि दशैं आयो हामी गरिबका लागि दशा आयो”
चामल किन्न आउने सेवाग्राहीको संख्या घट्दै :
कार्यालयका अनुसार दैनिक डेढ सय बढी सेवाग्राही आउने गरेका थिए । तर अहिले यो संख्या घट्दै गएको कार्यालय सहयोगी परे रावलले बताउनुभयो । पहिलो कुरा त चामल महङ्गो छ भनेर आएकाहरु नी फर्किन्छन् । पहिलाको भन्दा सेवाग्राही अहिले धेरै कम आउन्छन् । अर्को कुरा अहिले धान पाकिसकेको हुँदा पनि नआएको हुन सक्छन् । उहाँका हनुसार पाँचसय ६० क्वीन्टल जिरा मसीना चामलमा हाल सम्म १५ क्वीन्टल चामल मात्र बिक्री भएको बताइएको छ।
जनताले किन्न नसक्ने चामल कसका लागी पठाइएको हो ?
जनताले किन्न नसक्ने चामल कसका लागी पठाइएको हो भन्दै नागरिकले प्रश्न गरिरहेका छन् । बाजुरामा सुपथ मुल्यको ब्यानर पुगेको छ, तर जनताले किन्न सक्ने चामल भने पुगेको छैन । कार्यालयको अगाडि सुपथ मुल्यको ब्यानर टाँसिएको छ तर कार्यालय सम्म पुगेका सेवाग्राहीहरु भने मुल्य मात्रै सोधेर फर्किन्छन्, गैरसरकारी सस्थाका कर्मचारी अग्नीराज शाहीले भन्नुभयो, “हामिले बाजुरामा जहिले खाद्यान्न समस्या सुनाईराख्नुपर्ने हो ? बाजुरामा सुपथ मुल्य पसलको ब्यानर मात्रै पठाएर हुन्छ की ? नागरिकले उपभोग गर्न सक्ने चामल पनि पठाउनुपर्छ” बाजुरामा जनताले किन्न नसक्ने चामल पठाएको प्रती शाहीको आपत्ति छ । यो सिङ्गो बाजुरा बासिका लागि नै आपत्ति जनक विषय हो । खाद्यान्न समाधानका लागि तत्काल जिल्ला स्थित राजनीति दलका जिम्मेवार व्यक्ति र सरोकारवाला निकायले तत्काल पहल चाल्नुपर्ने पनि उहाँको भनाई छ ।
यता खाद्य तथा व्यापार कसम्पिनि लिमिटेड बाजुरा शाखाका कार्यालय प्रमुख मेघराज आझाले प्रादेशिक कार्यालय नै महङ्गो चामल पठाएकाले यहिाँ चामल बिक्रि गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो । सुपथ पसल मुल्यको ब्यानार टाँसेर पनि आफैलाई अफ्ठ्यारो महसुस भैरहेको उँहाको भनाई छ। कार्यालयका तर्फबाट जनतालाई सहलित मुल्यको आवश्यकता अनुसारको चामलका लागि आवश्यक प्रक्रिया पुरा गरी प्रदेश तथा केन्द्रिय कार्यालयमा पुर्याइसकेको उहाँले बताउनुभयो । आजको केहीँ दिनमा समस्या समाधान गर्ने आश्वासन दिएको पनि उहाँको भनाई छ ।
सदरमुकाम मार्तडीमा रहेको खाद्य तथा व्यापार कम्पनि लिमिटेड बाजुराको कार्यालयमा सरकारी अनुदानको ५ सय कुइन्टल चामल आएको छ । ९२ रुपिया प्रति केजीमा बिक्रि भइरहेको थियो । हाल सुपथ मुल्यमा ७ रुपैँया घटाएर प्रति केजि ८५ रुपैँयामा बिक्रि भइरहेको छ।
देशका बिभिन्न शहरहरुमा सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री बिक्री भईरहेका बेला बाजुरामा भने खाध्य ब्यापार कम्पनीले यहाका नागरिकले किन्न नसक्ने उच्च मुल्यको चामल पठाएर जनतालाई आर्थिक मारमा पार्ने काम गरेको सर्वसाधरणले गुनासो गरिहेका छन् । समस्या समाधानका लागि सरोकारवाला निकाय नै जिम्मेनार देखिदैनन् ।
केही बिक्रि केन्द्रमा चामल नै छैनः स्थानीयलाई छाक कसरी तार्ने भन्ने चिन्ताः
माथिल्लो भेगमा रहेका बिक्रि केन्द्रमा चामल नभएको भन्दै वितरणमा रोक लगाएर ताला लगाइएका छन् । बाजुराको कोल्टी क्षेत्र झन् खाध्यन्न संकट हुने भेग हो । कोल्टी खाद्य डिपोमा चामल सकिएको दुई महिना भइसकेको छ। खाद्यमा चामल नहुंदा बजारबाट महंगो चामल किनेर खानुपर्ने बाध्यता त्यहाँको स्थानीयलाई रहेको पत्रकार धन बहादुर बोहराले बताउन्ु भयो । चाल सकिएको लामो समय बितिसक्दा पनि सरोकारवाला निकायका व्यक्तिहरु नै गैरजिम्मेवार देखिएको पत्रकार बोहराको गुनासो छ ।
जिल्लाकै सर्वाधिक विकट कवाडी बिक्री केन्द्र र मुक्तीकोट बिक्री केन्द्र पनि गत असार देखि बन्दछन् । “मुक्तीकोट बाट स्वीईजिउला बजार पुग्न चार घण्टा पैदल दुरीपर्छ , आउन जान एक दिन लाग्छ, बजारमा पनि चामल, पाईदैन यस पालिको दसैंमा एक छाक भात खान पनि नपाईने भयो” मुक्तीकोटकी सानीमाया वि.कले भन्नुभयो,
बाजुराका सांसदहरु्रको चर्काे आलोचना: सुन्ने र पचाउने पक्षमा सांसद
डिपोहरुमा चामल नभएको सुचना टाँसेर ताला लगाइएका छन् । चामल वितरणका रोक लगाइएको कोल्टीमा दुई महिना बितेको छ भने कवाडी बिक्री केन्द्र र मुक्तीकोट बिक्री केन्द्रमा झण्डै चार महिना बित्नै लागेको छ । तर अर्को व्यवस्था भने हुन सकेको छैन । सुरसार समेत नभएको नागरिकको गुनासो छ।
जिल्लाकै सर्वाधिक विकट कुवाडी बिक्री केन्द्र र मुक्तीकोट बिक्री केन्द्र पनि गत असार देखि बन्द छन् भने यता सदरमुकाम मार्तडीमा रहेको खाद्य तथा व्यापार कम्पनि लिमिटेड बाजुराको कार्यालयमा चामल छ तर सर्वसाधरणले किन्न सक्दैनन् । कार्यालय सम्म पुगेका सेवाग्राहीहरु रित्तो हात घर फर्किन्छन् । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयमा सरकारले पठाएको चामल जनताले किन्न नसक्ने महङ्गो छ । सुपथ मुल्य पसलको व्यानर मात्रै टाँसिएको छ तर चामल किन्न भने प्राय सेवाग्राही आउदैनन् । आएका सेवाग्राही पनि मुल्य मात्रै सोधेर रित्तो हात फर्किन्छन् । जिल्ला बासिले चामल किनेर खान पाएका छैनन् । सर्वाधिक खाद्य संकट झेली रहेका बाजुरालेको लागि खाद्य ब्यबस्था तथा ब्यपार कम्पनी लिमिटेडले दशैं तिहारको मुखमा पनि जनता लाई खाद्यन्न आपूर्ती गर्न सकेको छैन ।
यतिवेला बाजुराबाट निर्वाचित साँसद, ९ वटौ स्थानीय तहका जनप्रतिनिधि, संगै बर्तमान सरकारको चर्को आलोचना भइएरहेको छ । बाजुराका लागि चामलको समेत व्यवस्था गर्न नसक्ने नेताहरु अब के भनेर भाट माग्न आउँदा रहेछन् हेरौँला एक स्थानीयले आक्रोश व्यक्त गर्दै भन्नुभयो “चुनाबका बेला भोट मात्रै चाहिने हो की जनताका पिडाहरु पनि नेताले बुझ्नुपर्छ । जनता चुनाबका बेला मात्रै चाहिने हुनु माननिय ज्यु भदै बाजुराबाट प्रतिनिधित्व गर्ने माननियहरुलाई अधिकांश स्वतन्त्र युवा बिद्यार्थीहरुले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्दै आएका छन् । चुनाबका बेला झुटा आश्वानसन देखाएर भोट माग्ने नेतटाहरुले बाजुरामा चामल अभाव हुँदा पनि कहाँ कानमा तेल हालेर सुतेका छन् ? की जानकारी नै पाएका छैनन् जानकारी हुाँ हुँदै पनि चामलको समेत व्यवस्था गर्न नसक्नु लज्जासपद बिषय भएन र ? बुढीगंगा नगरपालिकाका स्वतन्त्र युना बिद्यार्थी धिरेन्द्र थापाले भन्नुभयो ।
खाद्य तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय बाजुराका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कोल्टी डिपोको लागि चार हजार पाँच सय क्वीन्टल ,मार्तडी शाखाको लागि चार हजार क्वीन्टल कुवाडी बिक्री केन्द्रका लागि २५ सय क्वीन्टल र मुक्तीकोट डिपोका लागि पाँच सय क्वीन्टल चामल स्वीकृत भएको छ । तर ठेक्का सम्झौत भएको छैन । बाजुरामा गत आर्थिक वर्ष ०७९/८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो। देशभरका शहर बजारमा सहुलियत मुल्यमा खाद्यन्न लगायत खशी बोका बिक्री भईरहेका बेला बाजुरामा भने खाध्य ब्यापार कम्पनीले यहाँका नागरिकले थेग्न नसक्ने उच्च मुल्यको चामल पठाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर