बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमवार बिहान जिल्ला प्रहरी कार्यालय बाजुरामा उत्तः कार्यक्रम सम्पन्न् भएको जिल्ला प्रहरी कार्यालय बाजुराजे जनाएको छ। एक औपचारिक कार्यक्रमका बिच बडीमालिका नगरपालिकाका नगर प्रमु्ख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल रहेका थिए । नागरिक सुनुवाई कार्यक्रममा बडीमालिका नगरपालिका १,२,७,८ र ९ वडाका वडाध्यक्ष राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया,होटल व्यवसायी र पत्रकारहरु सहभागी थिए । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिंह ऐरीले गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराको तीन महिनाको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजराको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय बाजुरामा तीन महिनाको अवधीमा ३२ मुद्धा दर्ता भएका छन् । यस्तै ठाडो उजुरी २९ वटा,पिडित २९ र विभिन्न कसुरमा २३ जना पक्राउ गरेको तथ्यांक सार्वजनिक गरिएको छ । यस्तै प्रहरीले तीन महिनाको अवधीमा एक लाख ८३ हजार राजस्व संकलन गरेको छ ।
जिल्लामा संचालित लामो तथा छोटो दुरिका सवारी साधन,मालबहाक र मोटर साइकल लगायतका सवारी साधन चेकजाँचका क्रममा ट्राफिक नियम उल्लघन गरेका सवारी साधनलाई कारबाही गर्दै जरिवाना तिराएपछि एक लाख ८३ हजार राजस्व संकलन गरिएको कार्यक्रममा जानकारी गराइएको हो ।प्रहरीका अनुसार साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी र मार्तडी–घटमुना संचालन हुदै आएका जीप ट्याक्टर र मोटर साइकलले सवारी साधन संचालन ऐन विपरित कार्य गरेको र ट्राफिक नियम उल्लघन गरेको भन्दै राजस्व संकलन गरिएको बताइएको छ। राजमार्ग र प्रदेशका गौरव आयोजनाका सडकमा संचालन भइरहेका साना तथा ठुला गरी दुई सय ९७ सवारी साधनलाईलाई नियन्त्रणमा लिइ कारबाही गरेको पनि बताइएको छ।
६ पटक जिल्लाका विभिन्न ठाउँमा ट्राफिक सचेतना कार्यक्रम गर्दा चार सय ५० जना लाभाविन्त भएको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक बोहराले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै ९ वटा सवारी साधन दुर्घटना भएको र १२ जना घाइते भएको तथ्यांकमा उल्लेख छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम एक सय ३४ स्थानमा गरेको र उक्त कार्यक्रमबाट चार हजार ८७४ जना नागरिक लाभान्वित भएको उल्लेख छ ।प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आएको भएपनि जिल्ला प्रहरी कार्यालय बाजुरामा जनशक्तिी अभावका कारण स्थापना हुन नसकेको प्रहरीको भनाई छ।
स्थापना भएर संचालन भएका प्रहरी चौकीहरु जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षाका कार्य गर्दै आएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर