• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

जनताले बोकाएको भारी बोक्न तयार छौँः उपाध्यक्ष नाथ

खप्तड मालिका न्युज October 16, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष बिशु देवी नाथले जनताले जस्तो भारी बोकायो त्यो भारी बोक्न तयार रहेको बताएकी छन् । रेडियो पौरखीको कार्यक्रम पालिका संग पौरखी सम्बादमा कुराकानी गर्दै उनले जनताको जनअपेक्षा अनुसार काम गरिरहेको र गरिरहने बताएकी हुन् । गत असोज १६ गते गएको भुकम्पले गाउँपालिकामा भौतिक रुपमा ठुलो क्षती भएको प्रती दुस्ख व्यक्त गर्दै प्रभावितहरुका लागी पहिलो चरणको राहत संघ सस्था संगको समन्वयमा वितरण गरेको बताएकी छन् । अति जोखिममा रहेका परिवारका लागि पुनः राहतको व्यवस्था गर्न र पुनर्निर्माण गर्नुपर्ने घरहरू निर्माणका लागी प्रदेश र संघ सरकार संग समन्वय गर्ने उनको भनाई छ । तत्काललाई सामान्य राहत र सहानुभूति बाहेक अरु केही दिन नसकेको बताउदै उनले भुकम्प प्राभित सबिको घरमा पुगेर अवस्था बुझ्ने बताएकी छन् ।

उपाध्यक्ष नाथले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीच अन्तरदन्द्धमा अल्झिएको भन्ने कुरा गलत भ्रम फैलाएको आरोप लगाएकी छन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख भए जस्तो वास्तविकता नरहेको उपाध्यक्ष नाथले जिकिर गरेकी छन् । गाउँपालिकालाई नै बिबादित बनाउने गरि हुँदै नभएको कुरालाई भ्रम फैलाएको उनको आरोप छ । अध्यक्ष उपाध्यक्ष बीच कुनै किसिमको बिबाद नरहेको स्पष्ट पारेकी छन् । कार्यपालिकामा बहुमतकि दम्भ देखाउने गरेको कुरा के हो भन्ने प्रश्नको जवाफमा उपाध्यक्ष नाथले त्यो आफुहरु माथी लगाइएको मिथ्या आरोप रहेको जिकिर गरेकी छन् । राजनीति प्रतिसोध सात्दै यस्तो अपबाह हल्ला फैलाइएको प्रती आफ्नो आपत्ति रहेको बताउदै उनले त्यो कुरा स्विकार्य नभएको जिकिर गरेकी छन् । उसो त उपाध्यक्ष नाथ लगायतको सिङ्गो टिममाथी कार्यपालिकामा बहुमतको दम्भ देखाएर अध्यक्षले गरेका निर्णयलाई खुलेरै अस्वीकार गर्ने गरेको आरोप छ । अध्यक्षले अन्यको कुरा नसुन्ने र उपाध्यक्षको सिङ्गो टिमले अध्यक्षको कुरा नसुन्ने गरेको एक श्रोतको दाबी छ । तर अध्यक्ष उपाध्यक्ष यो कुरा स्विकार्न तयार छैनन् बरु बिबाद छैन भन्दै पानी माथिको ओभानो बन्न खोजिरहेको एक स्वतन्त्र युवा विद्यार्थीको टिप्पणी छ । अध्यक्ष उपाध्यक्षको अन्तरदन्द्धका कारण गाउँपालिकाको विकासको गति सुस्त ढङ्गले भैरहेको श्रोतको दाबी छ ।

साथ कुराकानीमा उपाध्यक्ष नाथले गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राखेर अगाडि बढिरहेको दाबी गरेकी छन् । चुनाबका बेला जनताको घरदैलोमा गएर गरेका प्रतिबद्धता पूरा गर्ने गरि काम अगाडी बढिरहेको र पूरा गर्ने सन्कल्प रहेको बताएकी छन् । बोल्नु भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मानसिकता बोकेको बताउदै उनले यो गर्छौं भनेर भन्नुभन्दा पनि गरेर देखाएपछि मात्रै अर्थ रहेन उनको भनाई छ । अहिले गर्छौं भन्न तर पछि सक्दैनौं भनेर भन्नू लज्जास्पद बिषय जस्तै बन्छ । त्यसकारण गफ भन्दा पनि काम गर्नुपर्छ जब गरेर देखाउन्छौँ अनि मात्रै भन्छौं उनले भनिन् । शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उनको भनाई छ । गाउँपालिका भित्रका बिद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक गुणस्तर सुधार, दरबन्दी नभएका ठाउँमा दरबन्दीको व्यवस्था गर्नुका साथै निरन्तर बिद्यालय अनुगमन गरेको उनले बताएकी छन् । स्वास्थ्य क्षेत्रमा भएका काम बारे जानकारी दिदै उनले सुत्केरी कोशेली कार्यक्रम, गाउँपालिकाका प्रत्यक वडा भित्रका टोलका नागरिकको पहुँचमा बर्थिन सेन्टरको स्थापना एक दुई ठाउँ बाहेकका सबै ठाउँमा गरिएको उनले बताएकी छन् । अवको पाँच वर्षमा सबै गाउँपालिका वासिलाई आधारभुत स्वास्थ सेवाको पहुँचमा पुर्याइसक्ने उनको भनाई रहेको छ ।

यस्तै समग्रमा कृषि पर्यटन, सडक सञ्चार, खानेपानी सिचाँई, पर्यटन लगायतका समस्याहरुको समाधानका लागि पनि काम भैरहेको उनले बताइन् । वर्षातका कारण अबरुद्ध सडक खण्ड खुलाउने बारे निर्णय भैसकेको बताउदै दशै तिहार अगाडि नै खुलाई सक्ने बताएकी छन् । छेडेदह तालको संरक्षणका बिषयमा बोल्दै उपाध्यक्ष नाथले सुरुमा बिबाद निरुपणका लागि पहल भैरहेको दाबी गरेकी छन् । बिबाद निरुपण गरि उक्त तालको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र सो क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षकको केन्द्रका रुपमा विकास गर्न गाउँपालिका तयार रहेको उपाध्यक्ष नाथको भनाई छ । समग्रमा उनले गाउँपालिकाको विकास पालिका वासिको हितका पक्षमा उभिएर काम गरिरहेको दाबी गरेकी छन् । आफ्नो पाँच वर्षको कार्यकाल उपलब्धिमुलक कार्यकाल बनाई जनता माझ स्थापित हुने गरि नै काम गर्ने योजनामा रहेको उनको भनाई छ । जनताले महसुस गर्ने गरि जनताको म जित्ने गरि काम गर्ने उनको प्रतिबद्धता रहेको छ ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑