बाजुरा: बुढीनन्दा नगरपालिकाको कोल्टीमा प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता हुनेभएको छ । विकाश, अनुशासन र गतिशिलता, प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियागिता भन्ने मुलनाराका साथ कोल्टीमा प्रथम फुटवल प्रतियोगिता सञ्चालन हुनेभएको हो । साईनिङ्ग स्टार क्लव कोल्टीले आज एक सुचना जारी गर्दै आउदो कार्तिक १७ गते देखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ ।
क्लवले खेल खेल्न ईच्छुक खेलाडीलाई आउदो १७ गते भित्र आफ्नो टिम दर्ता गर्न आह्वान गरेको आयोजक टिमका सदश्य तथा सम्पर्क ब्यक्ति विनोद शाहीले जानकारी दिनुभयो ।उहाँले टीम दर्ताका लागि करीव तीन हप्ताको समय रहेको बताउनुभयो । टिम दर्ता शुल्क भने ११ हजार ५ सय ५५ तोकिएको उहाँले बताउनुभयो । प्रतियोगिता जनप्रकाश माद्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, ५५ हजार ५ सय ५५, द्धितिय हुने टिमलाई १ लाख, १ हजार, १ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीने साईनिङ्ग स्टार क्लवका अध्यक्ष सञ्जय रोकायाले जानकारी दिनुभयो ।
साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलरक्षक र उदयमान खेलाडीलाई ट्रफि र प्रमाण पत्रले सम्मान गरीने छ । दशै, तिहारको अवसर पारी जिल्ला वाहिर रहेका खेलप्रमि तथा सुभचिन्तकको भेटघाटका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष रोकायाले बताउनुभयो । विगत लामो समय देखि सञ्चालन हुन नसकेको फुटवल प्रतियोगिता यस पटक सभ्य र भब्य तरीकाले सञ्चालन हुने अपेक्षा गरीएको समेत रोकायाले बताउनु भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर