
रुकुम योगी, बाजुरा/ बुढीनन्दा नगरपालिकाको कोल्टी वजारको फोहोरले वजार दुर्गन्धित बन्दै गएको छ । वजारमा रहेका होटल तथा पसल बाट उत्पादन हुने फोहोर फाल्ने डम्पीङ साईड नहुँदा वजार आसपासमै फोहोर थुपार्नाले वजार दुर्गन्धित बन्दै गएको हो । जथाभावि फोहोर फाल्नाले विभिन्न किसिमका सुरुवा रोगहरुको संक्रमणको खतरा पनि बढेको छ ।
वजार क्षेत्रको फोहोरको ब्यबस्थापन गर्ने जिम्मा स्थानिय सरकारलाई दिइएको छ । बुढीनन्दा नगरपालिकाले फोहोर ब्यबस्थापनका लागि अहिले सम्म पनि डम्पीङ साईड बनाउन सकेको छैन । निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि डम्फीङ साईड बनाउन सकेका छैनन् । नगरपालिकाले फोहोर ब्यबस्थापनका लागि वडा नं. ७ मा डम्पीङ साईड बनाउने भनेर निर्णय पनि गरेको थियो । वडा नं. ७ मा डम्पीङ साईड वनाउनका लागि नगरपालिकाले २ करोड ७० लाख खर्च गरिसकेको छ । तर अहिले सम्म डम्पीङ साईड बन्न सकेको छैन । वजारको फोहोर वजारमै थन्किएको छ ।
नगरपालिकाको निर्णय कागजमै सिमित बनेको छ । वजारको फोहोर ब्यबस्थापनमा नगरपालिकाले अहिले सम्म चासो नदिएको नागरिकहरुको गुनासो छ । नगपालिकाले डम्पीङ साईड बनाउने भनेको ठाउँमा अहिले सम्म पनि डम्पीङ साईड निर्माण हुने सकेको छैन । डम्फीङ साईड बनाउने भनेको वडा नं. ७ मा विवाद आएपछि स्थानियले जग्गा दिन नमानेपछि बनाउन नसकिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकामा डम्पीङ साईड बनाउने भनेर अघिल्लो आर्थिक वर्षमा आएको १ करोड रकम फ्रीज गएको छ । तर नगरपालिकाले डम्पीङ साईड बनाउन सकेको छैन । पहिले बनाउने भन्ने ठाउँमा करोडौ खर्च भईसकेको भएपनि नगरपालिकाले कुनै वास्ता गरेको छैन । जग्गा उपलब्ध नहुँदा डम्पीङ साईड बनाउन ढिलाई भएको उपप्रमुख सृष्टि रेग्मीले बताएकी छन ।
फोहोर फाल्ने डम्पीङ साईड नहुदा वजार आसपासमा फोहोर फाल्ने गरिएको छ । कुहिने तथा नकुहिले फोहोर जथाभावि फाल्नाले सरुवा रोगको संक्रमणको खतरा बढेको छ । स्थानिय सरकार आएको पाँच वर्ष वित्न लागि सक्यो । अहिले सम्म फोहोर ब्यबस्थापनका लागि नगरपालिकाले कुनै चासो दिएको छैन । जथाभावि फोहोर फाल्नाले वजार दर्गन्धित त बनेको नै छ रोगहरुको पनि खतरा रहेको स्थानिय टेकेन्द्र खत्रिले बताए ।
स्थानिय सरकार आएपछि सबै समस्याहरुको समाधान हुन्छ भन्ने सोचेका थियौ । तर त्यासे भएन । झन समस्याहरु ब्ढ्दै गए । उनले भने, स्थानिय सरकार कानमा तेल हालेर वसेको समेत गुनासो गरे । शिंह दरवार गाउँमा आयो भन्थे तर शिंह गाउँमा अनुभुति भएको खत्रिले बताए । प्लेनको रुटमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु पनि यहाँको अवस्था हेरेर फेरी नआउने अवस्थामा पुगेको खत्रिले बताए ।
इता वजारमा उत्पादन हुने फोहोर संकलन गरी डम्पीङ साईड सम्म पुगाउन ट्याक्टर पनि अहिले सम्म नगरपालिकाले ल्याउन सकेको छैन । वजारमा उत्पादन हुने फोहोर वस्तु वजारमै थन्किन थालेको छ भने नगरपालिका मुखदर्शक बनेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर