• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइँदै

खप्तड मालिका न्युज April 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वैशाख,५-  नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज बिहान नुवाकोटको धरमपानीमा पुगेर आराम गरिरहेका छन् ।

जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पु¥याइएको भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए । भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरुले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतबार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पु¥याइएको हो ।

शनिबार राति जालपादेवी मन्दिर पुगेका धामी पनि गए मध्यरातमा लामबगैँचा, बाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेका छन्। मध्यरातको सङ्कटासन्न समयमा धामी देवीघाटबाट नुवाकोटतर्फ फर्किएको द्वारे शाहीले जानकारी दिए । “उहाँ फर्केको हेरेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेकाले धामीमध्ये रातको सुनसान समयमा फर्कने चलन छ ।” उनले भने ।

देवीघाट पुगेका धामीले यस वर्ष विसं २०७९ मा देशमा के हुन्छ भनेर गोप्यरुपमा भविष्यवाणी गरेका छन् । “धामीले देशमा यस वर्ष हुने घटनाक्रमको गोप्यरुपमा भविष्यवाणी गर्नुभयो,” द्वारे शाहीले भने, “धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई द्वारेमार्फत शब्दमा उतारेर राष्ट्रिपतिसमक्ष पठाइन्छ ।”

आज अपराह्न ३ बजेपछि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थितिमा जबरजङ्ग गण देवीघाटका नेपाली सैनिकले निशान झण्डा र भैरवी सलामीको बढाइँ दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर छर्केसँगँ यस वर्षको सिन्दूरेजात्रा मनाइने गरिएको छ ।

गत फागुपूर्णिमाको दिनदेखि भैरवी वर्ष बन्धन सुरु भए पनि वैशाख २ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै विशेष उल्लास सुरु भएको हो । यो उल्लास आज सिन्दूर खेल्ने समयसम्म कायम रहने गरेको छ । भैरवी वर्षबन्धन–२०७८ को धार्मिक विधि भने वैशाख १३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिए ।

सरकारी जात्राको रुपमा रहेको सिन्दूरेजात्रा कहिलेदेखि सुरु भएको यकीन मिति पाइन्न तर, विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजयी गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबारको निर्माण गरेर जात्रालाई विशेषरुपमा मनाउने व्यवस्था मिलाएको बताइएको छ ।

सिन्दूरेजात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्को रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोगबली, राष्ट्रमा के हुन्छ भने गरिने गोप्य भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाका सरोकारवाला व्यक्तिको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्वको रुपमा रहेको छ ।

 

रासस

सम्बन्धित पोस्ट
  • आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
  • लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन
  • वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    समाचार

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑