
बाजुरा/ आजभन्दा करिब ४०० सय बर्ष पहिलेको कुरा हो। बाजुरा जिल्लाको बाधु गाउँमा खानेपानीको अभाव थियो । खेतमा कुनै उब्जनी नहुने भएपछी सारा गाउलेहरू अन्तै बसाइँसराइ सरेर जान लागेका थिए ।आफू सङग भएको सबै सामानहरुको व्यवस्थापन गरि जानको लागि तयारी अवस्थामा थिए । त्यही समयमा कैलाश देवता प्रकट हुनुभयो र भनु भयो तिमिहरु गाउँ छोड्ने बिचार नगर् ,यहीँ गाउँमा बस जे जस्तो दुख भएपनी धैर्यधारण बस ,म बाटो दिउला ,अबको एक बर्ष भित्रमा मकर लग्न र मगर राशी शुक्रबारको दिनमा एउटा बालक जन्मनेछ र सो बालकले तिमिहरुको भलाइ गर्नेछ ! यश गाउको खानेपानी र सिचाइको समस्या समाधान गर्नेछ ! भन्ने देवताको मर्जी भयो। अनि देवताले चारैतिर अक्षता फालेर बिश्वास दिलायो।सबै गाउलेहरु देवताको बिश्वास गरि घर फर्किए।अब कहिले जन्मिन्छ ,कस्को कोख बाट जन्मिन्छ भन्ने बिचार गर्दागर्दै,उक्त गाउँका पण्डित दासु उपाध्यायकि श्रीमतीलाई ब्यर्था लाग्यो अनि सबै गाउलेहरु हर्सित भएका थिए।जे जस्तो देवताले भन्नुभएको थियो !त्यही समय र प्रहरमा बालकको जन्म भयो। ज्योतिषी पण्डितलाई बोलाइ बिधि बिधानले कर्म गराइ उक्त बालकको नाम जादु उपाध्याय रहनगयो। सबै गाउलेहरुले हर्सका साथ उमंग मनाए।अनि पन्डितलाइ यथा शक्ति दान दक्षिणा गरि बिदा गराए। ती जादु हुर्कदै बढ्दै जानुभयो ।एकदिनको कुरा हो ,आमा खेतमा काम गर्न जानेबेलामा बालकलाई पनि सङगै लिएर जानुभएको थियो।बालकलाइ ढोकोमा बिस्तार लगाएर सुताउनुभएको थियो।अनि आमा खेतमा काम गर्नमा ब्यस्त रहनुभयो।काम गर्ने शिलसिलामा आमा धेरै पर पर पुग्नुभयो। त्यही समयमा आकाशबाट ठूलो चील आयो!त्यो चिलले बालक र ढोकोलाइ लिएर आकाशमा उड्यो।बालक रोएको आवाज सुनेपछी आमा दौडिदै आउनुभयो। चिलले लिएरहेको देखेपछी त्यहा रुवाबासी गर्नु बाहेक अरु केही उपाय थिएन । तुरुन्तै गाउँमा गएर उक्त घटना गाँउलेहरुलाइ सुनाउनुभयो।गाउलेहरु दुखित भए।गाउँमा रुवाबासी चल्यो।बालक ,नरनारी आमाबुबा सबै जम्मा भए।बालकको खोजिमा जान लागे।अलि परको डाडामा पुग्दा त्यो चील र ढोको देखिदो थियो।चिलले बालकलाइ धेरै माथितिर लिएर गयो। त्यसपछी त्यो चील देखिन छाड्यो।सबै गाउलेहरु निरास भए।अब कसो गरौं ,कहाँ जाउ भनेर बिलाप गर्न थाले। किनकी ती बालक सम्पूर्ण गाउलेका भरोसा र आशा थिए।अब गाउँ अन्धकार सरि भयो।हाम्रो गाउँको दियो निभ्यो भनेर सारा गाउलेहरु भोजन नगरी त्यो रातभरी चिन्तित भएर दुखित भइरहे। भाग्यको कुरा भनौं कि देबताको शक्ति भनौं ,त्यो रात बालकलाई चिलले एउटा जङ्गलको विशाल चौरमा छोडेको रहेछ ।अर्को दिनको बिहानको समयमा एकजना ब्याक्ती भेडा चराउन जङ्गल गएका रहेछन।उक्त ब्याक्तिले बालक रोएको आवाज सुनेछन । कहाँ केछ भनी बिचार गर्दा एउटा ढोकोमा बालक खेलिरहेको देखे।उनी अचम्म परे।त्यो विशाल जङ्गलमा कोहि मानिसहरु पनि छैनन् यो कसरी भयो भनेर सोच्नै सकेनन् । त्यसै बखत उक्त बालकलाइ समात्ने बिचार गर्नुभयो।समात्नै लाग्दा उक्त बालकले ती मानिसको औंला चुसिदियो। किनभने बालक भोकले ब्याकुल भएको थियो।कस्को बालक हो भनेर,उक्त बालकलाइ आफ्नो घरमा लिएर आए।केहिदिन सम्म बालकको पालनपोषण गरे। उक्त मानिसको धर्मपत्नी पनि ब्यर्थाले छट्पटी रहेको थिइन। बालक पुगेको त्यो दिनमा त्यस घरमा पनि पुत्र पैदा भएछ।त्यस गाउँका मानिस हरु पनि खुसिले गदगद भएछन।गाउँका बुध्दिजिबी हरुको सल्लाह अनुसार यो बालक कस्को हो उसैलाइ बुझाउनु पर्छ, बालकका मातापिताकोको मन कति रोएको होला ।गाउलेहरु कति दुखी होलान् ।हामिले यहाँ राखौ भने हामिलाई पाप लाग्नेछ।यस्ता अनेक किसिममा कुरा गर्दै त्यस गाउँका केही मानिसहरु बालकलाइ लिएर गाउगाउमा गए। यो बालक कस्को हो भनी खबर गर्दै गए।यो खबर बाधु गाउँका मानिसहरुले पनि थाहा पाएछन।अनि तुरुन्तै गएर बालकलाइ लिएर आएछन।सारा गाउलेहरु अब बालक भेटियो भनी खुशिले गदगद भए।ती मानिसहरुलाइ सबै गाउले धन्यवाद दिई ,उचित सत्कार गरि बिदा गराए ।अब बालकलाइ हेर्नको लागि पालो लगाए ।सबैको माया र ममताले ती बालक हुर्कदै बढ्दै गए।गाउँ र गाउलेको समस्याहरु बुझ्दै गए।अब करिब आठ बर्षका भए।ब्राह्मणहरुको कर्म अनुसार बर्तबन्ध गर्ने समय भयो।उचित लगन ठहराइ ब्राह्मण बोलाई ब्रतबन्ध कर्म गराइदिए।अब ती बालक योग्री ब्राह्मण भए।विभिन्न तन्त्र मन्त्र ,लगाएत बेद शास्त्रको अध्यन गराए।घरमा बाजे विद्वान भएका कारणले बालकलाइ शिक्षामा किनै कमि भएन। सबै समस्याहरु यथावत देखेपछी दुखित हुँदै १२ बर्षको कलिलो उमेरमा गृह त्याग गरेर नेपालको यात्रा गर्नुभएको थियो ।त्यतिबेलाको समयमा काठमाडौलाई नेपाल भन्ने गरिन्थ्यो । बिक्रम सम्बत् १८३४ सालको कुरा थियो । त्यति बेला श्री बडा महाराज धिराज पृथ्वीनारायण शाहका पुत्र श्री पाँच प्रताप शाह राजा होइबक्सिन्थ्यो। धेरै दिनको पैदल यात्रा पछि जादु पाध्या नेपाल पुग्नुभयो। त्यति बेलाको समयमा अहिलेको जस्तो यातायातको संजाल थिएन ।नेपाल पुगेपछी राजा लाई भेट्ने बिचार गर्नुभयो। राजालाई भेट्न त के कुरा दर्सन पाउन समेत कठिनाइ थियो । राजालाई भेट्नु त के कुरा कसैले शिर ठाडो गरेर समेत हेर्नसक्दैनथे।तर जादु पाध्या निडर र दुर्दशी ब्याक्ती थिए।जस्तो सुकै समस्यालाइ चुनौतीपुर्ण तरिकाले सामना गर्न सक्ने ठूलो सामार्थ्य थियो । मैलो झुत्रो, कपडा लगाएका ,गाउँ बाट आएकाले ती गरिब ब्राह्मण पुत्र जादुलाइ राजदरबारमा पस्न त के हेर्न समेत कठिनाइ थियो।त्यहा बसेका द्वारपालले घाँटी समाती पाखुरामा समातेर पर फ्याकिदिए। तर पनि ती जादुले हिम्मत हारेनन।नम्र बोली ,राम्रो सस्कार ,सधै हसिलो मुद्रामा देखिने ती बालकलाइ जो कोहिले पनि माया गर्दथे।उक्त बालकको राम्रो व्यवहार देखेपछि राजा प्रसन्न भएर बालकलाइ भित्र पठाउको लागि अनुमती दिइबक्सियो। राजाले आफ्नो समस्या केहो भन्नुहोस भनेर आदेश दिएबक्सियो। ती बालकले राजालाई दुइहात जोडि प्रमाण गरे। महाराज मलाइ केही पनि दुख छैन ,म खुसी छु।तर मेरो गाउमा धेरै ठूलो समस्या छ।बाजुरा जिल्लाको कोल्टी कुन्न्ना क्षेत्रको बाधु भन्ने मेरो गाउँ हो।त्यहा ब्राह्मणहरुको बढी बसोबास छ।अन्य जातिका मानिसहरु पनि बसेका छन।जस्तै अधिकारी ठुकरी ।महतारा ,कार्की, गिरि।दलित ,बोगटी आदि ,सबै मानिसहरु मिलेर सबेका छन।तर एउटा ठूलो समस्या छ।खानेपानीको सुबिधा नहुदा सारा गाउलेहरु गाउ छोड्न बाध्य भएका थिए।त्यहा करिब ४oo बिगाहा जमिन छ। सिचाइ नहुदा अहिले जम्मै बाझो छ।जसो तसो गरि गाउलेहरुले जीवन गुजारा चलाएरहेका छन।यश गाउको बिकासको लागि मलाइ लालमोहोर दिइबक्सियोस महाराज भनी दुई हात जोडी आखा बाट आशुका धारा बगाइ ,घुडा टेकेर बिन्ती बिसाउनुभयो। राजाले उठ उठ बाबू नरोउ भनेर सान्त्वना दिएबक्सियो।राजा पनि सङगै रोइबक्सियो।किनभने राजा दानी र दयालु स्वाभबको होइबक्सिन्थो।बालकको त्यो क्षमता र शाहस देखेर राजाले ठूलो इनाम दिइबक्सियो। तुरुन्तै मन्त्रीलाइ बोलाइ लालमोहोर जारी गरि ,तमसुक लेख्न लगाइ दायाँ बायाँ किनारामा सहिछप गरि ,सम्पुर्ण कागजजातको ब्यबस्था गरि बाधु गाउको खानेपानी र सिचाइको प्रक्रिया पूरा गरि बक्सियो। राजाले जादुलाइ केहिदिन दरबारमा नै बस्ने आग्रह गरिश्यो। किनभने राजाले ठूलो रास्ट्र शान्ती यज्ञ गर्ने बिचारमा होइबक्सिन्थ्यो।नेपालभरीका बाइसै चौबीसै राज्यका ब्राह्मण हरुलाइ यज्ञमा उपस्थित हुन अनुरोध भयो। विभिन्न राज्य बाट बिद्दान ब्राह्मणहरुको त्यहा उपस्थिति भयो।जादु उपाध्याय पनि उक्त यज्ञमा भहभागी हुनुभयो।सबै ब्राह्मणहरु बेद ,पुराण ,लगाएत विभिन्न शास्त्रहरुको पाठ गर्न लागेका थिए।तर ती जादु बेद पाठ नगरी टुलुटुलु हेरेर बसेका थिए।राजाको ध्यान उक्त जादु पाध्या तिर गयो।एकछिन विश्राम गर्न लगाइ ती जादुलाइ राजाले शिहसानमा बोलाइबक्सियो । प्रश्न सोध्दै भनी बक्सियो। पण्डित जि किन बेद पाठ गर्नुभएन त? अन्ज ती बालक जादुले नम्र स्वरमा भन्न लाग्नुभयो महाराज मेरो गाउमा अहिले गाउलेहरु के गरिरहेका होलान् ।पानी पिउन पाएको पाएनन् ।खाना खाएकी खाएनन।सबैको घरमा चुलो बल्योको बलेन । यहि चिन्ताले म निरास भएको हु !महाराज!!। अहिलेको जस्तो सञ्चारको सुबिधा थिएन त्यतिबेला।।बालक त्यहा बसेको करिब छ महिना जति भैसकेको थियो।अब यज्ञमा अग्नि स्थापना गर्ने प्रहर भयो।ब्राह्मणहरु अग्नि स्थापना गर्न तिर लागे ,तर जति प्रयास गर्दा पनि अग्नि देवता प्रकट हुनुभएन।सबै ब्राह्मणहरु प्रजाहरु राजपरिवारका सबै सदस्यहरु चिन्तित भए।अब अनर्थ हुनलाग्यो ,मुलुलमा संकट लाइलागे जस्तो छ। सबैजना हाहाकार गर्न लागे।त्यही समयमा ती बालकले तन्त्र मन्त्र गरि आखाबाट अग्निका ज्वाला निकाली नेत्र बाट अग्निस्थापना गरे।यज्ञ मण्डलमा अग्निका ज्वाला दन्कन थाले।ब्राह्मणहरु प्रसन्न भए । घिउले स्वाहा शब्द गुन्जाएमान गर्दै स्वाहा स्वाहा गर्न लागे। यस्तो क्षमता देखेर राजा धेरै प्रसन्न होइबक्सियो।त्यो दिन फेरि राजाले जादु पाध्यालाई रथयात्रा गरि काठमाडौ उपत्यका परिक्रम गराइ बक्सियो।प्रशस्त इनाम दिइबक्सियो त्यसपछी जादु पाध्या तुरुन्तै गाउँ फर्किनुभयो। गाउका मानिसहरु धेरै दुखित भएका थिए बालक हरायो भनेर तर जादु त्यस गाउमा पुग्दा गाउमा उत्सव भयो।बाजा बजाइ नाचगान गर्दा भए।जादुले आफू नेपाल गएको त्यहा भएका सबै घटनाहरु सुनाउनुभयो।गाउको लागि खानेपानि र सिचाइको लागि ठुलो योजना लिएर आएको कुरा बिस्तारले बर्णन गर्नुभयो। बाजुरा पुगिसकेपछी सबै प्रक्रिया पूरा गरि गोर्खाली सङग अनुमतिको लागि जुम्ला राज्यको सिन्जामा जानुभयो !त्यहाको सरकार सङ्गग बिन्ती बिसाउदै ठूलो सुरक्षा फौज ल्याएर पुनः बाधु आउनुभयो। त्यस क्ष्रेत्रका सम्पुर्ण मानिसलाई साथ लिएर जलस्रोत को खानिको अन्वेषण मा जुट्नुभयो। खानिको अन्वेषण पछि खानेपानीको श्रोत पत्ता लाग्यो।राजाले दिई बक्सेको लालमोहोर र तमसुकको विधि बिधानमा रहि धमाधम कार्य गराउनु भयो आफ्नो नेतृत्वमा सबैलाइ भेला गरि गोर्खालिको सहयोग र सहकार्यमा कार्य सुरु भयो। पहाडको भित्रबाट पानी निस्कने गरि खानी खन्न लगाउनु भयो।
करिब चार दिनको अन्तराल पछि कोठे कुलो तयार भयो। अब बार्है महिना पानी गग्ने भयो।प्रत्यकको खेतमा पानी पुग्यो र सबै गाउलेहरुले खानेपानी पिउन पाए ।फापर र जनालो लगाउने ठाउँमा धान र गहुँ खेती गर्न थाले।त्यहा सुबिधा भएपछी अन्य ठाउ बाट पनि मानिसहरु बसाई सराइ गरि आउने क्रम बद्न थाल्यो।अहिले करिब ५०० वटा घरधुरी भएको छ। ती जादु पाध्याको सम्झनामा प्रत्येक बर्षको असार महिनाको १गते देखि ६ गते सम्म ठुलो मेला लाग्ने गर्दछ !त्यो मेलालाइ कुलोसुगेराइ मेला भनिन्छ।यो इतिहास हो बाजुराको हिमाली गाउँपालिकाको वडा नम्बर ७ को बाधु गाउँ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर