• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

बाजुराको रानीवन स्पोर्टस् क्लव ‘सि’ डिभिजन खेल्न राजधानी पुग्यो

खप्तड मालिका न्युज April 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा २७ चैत्र । बाजुराको रानीवन स्पोर्टस क्लब सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ ।                                                                                                                                                    No description available.
रानीवन यसैवर्ष सि डिभिजनको लिग चरणको खेलमा भाग लिइ सि डिभिजनका लागि छनोट भएको हो । छनोट खेलमा सहभागि ७८ वटा देश भरका फूटबल क्लब मध्ये रानीवन शिर्ष तीन क्लबको सूचीमा परेर सि डिजिभन खेल्न छनोट भएको हो ।
सि डिभिजन खेल्न छनोट भएका १४ टिम मध्ये रानीवन सहीत तीन वटा क्लब नयाँ हुन्, भने बाँकी ११ क्लब पुरानै हुन् । खेलमा भाग लिने गरि क्लब एन्फामा दर्ता भइसकेको र खेलाडी समेत काठमाडौं पुगिसकेको अध्यक्ष रोकायाले जानकारी दिएका छन् ।
७८ वटा टिम बीचको प्रतिस्पर्धामा छनोट उत्कृष्ट टिममा पर्न सफल भयो तीन टिम भित्र परेको हो । चैत्र २९ गतेबाट सुरु हुने सि डिभिजन खेल अन्र्तगत रानीवनले पहिलो खेल चैत्र ३० गते स्वयम्भु क्लब काठमाडौंसँग खेल्ने क्लबका सल्लाहकार नरेश रोकायाले बताएका छन् ।
धनगढीको फाप्ला खेल मैदानमा बन्द प्रशिक्षण पछि रानीवन खेलाडी सहीत काठमाडौं पुगेको छ । खेलाडीलाई करिब २ हप्ता लामो समय बन्द प्रशिक्षणमा राखिएको थियो । टिममा अधिकांश खेलाडी बाजुरा जिल्लाकै भएपनि केही सुदूरपश्चिम ११ बाट खेल्ने खेलाडी पनि सहभागि रहने क्लबले बताएको छ ।                                                                                                                                                                Open photo
खेलाडी बाहेक सिंगो क्लबकै तर्फबाट सि डिभिजन खेल्ने रानीवन सुदूरपश्चिमकै पहिलो हो । सिंगो प्रदेशको पहिचानका लागि पनि सि डिभिजनको महत्व बिशेष रहेको सल्लाहकार रोकायाको भनाई छ ।
सहभागि १४ क्लब मध्ये अंक तालिकामा पर्ने शिर्ष २ टिम बि डिभिजनमा बढुवा हुनेछन् । भने अन्तिमका २ टिम पुन ः सि डिभिजनबाट बाहिरीने छन् । सुदूरपश्चिमको फुटबल क्षेत्रकै अस्तीत्वको लडाइका रुपमा सि डिभिजनको खेललाई लगिएको क्लबका अध्यक्ष ध्रुब बहादुर रोकायाले बताएका छन् ।
रानीवनले सि डिभिजन छनोटका लागि मात्र २७ लाख बढी खर्च गरिसकेको छ । भने सि डिभिजन खेल्न ३५ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । अघिल्लो छनोट खेलकै ७ लाख बढी रकम ऋणमा रहेको क्लबलाई सि डिभिजन खेल्न आर्थिक रुपमा भने चुनौति हुने देखिएको छ ।
२०६४ सालबाट जिल्लामा खेलकुदका गतिविधी आयोजना गर्दै आएको रानीवनले जिल्ला बाहिरबाट ठुला उपाधी जित्न सफल छ । १४ वर्षको अवधीमा रानीवनले जिल्ला भित्रै २२ बढी आफ्नै आयोजनामा खेल सञ्चालन गरेको छ । भने दुई दर्जन बढी जिल्ला स्तरीय खेलमा भाग लिएको छ ।
जिल्ला बाहिर २ पटक विजेता र २ पटक उपविजेता बन्न सफल रानीवनले कैलाली, डोटी, अछाम र कालिकोट जिल्लामा गएर खेलमा भाग लिइसकेको छ । आवश्यक प्रशिक्षण र लगानी अभावका बीच पनि सुदूरपश्चिमै उत्कृष्ट क्लबका रुपमा रानीवन स्थापित हुन सफल क्लब हो ।
बिशेषतः फुटबल खेलाडीको बेर्ना क्लबकै रुपमा परिचित रानीवनले जिल्लाको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । जिल्लामा हुने खेलकुद प्रतियोगिता सँगै आफ्नो स्तर जिल्ला बाहिर पनि स्थापित गर्न सि डिभिजन छनोट खेल्ने अठोट गरेको क्लबले बताएको छ ।

सम्बन्धित पोस्ट
  • आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
  • लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन
  • वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    समाचार

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑