
चैत्र,२७- स्थानिय निर्वाचन नजिकिर्दै गर्दा विभिन्न गायक गायिकाले आफू आवद्ध तथा नजिकका राजनीतिक पार्टीलाई सघाउने उदेश्यले विभिन्न गीत संगीत सार्वजनिक गर्न थालेका छन् । यस्तैमा गायिका तथा गीतकार सायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली काँग्रसलाई निर्वाचनमा सघाउने उदेश्यले काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् ।
गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे । कार्यक्रममा महामन्त्री शर्माले कलाकारको श्रृजना ठुलो बल हुने बताउदै ‘चार तारे झण्डा फरर’ गीतले स्थानिय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सजिलो हुने बताए । ‘काँगेस गीत बनाएको गीतकार थापालाई धन्यवाद । कलाकारको यस्तै साथ र सपोट भए काँग्रेसले स्थानिय निर्वाचनमा सजिलै जित हासिल गर्छ भन्ने मेरो विश्वास रहेको छ’ महामन्त्री शर्माले अगाडि थपे ‘गीत तथा साहित्यको बल ठुलो हुन्छ ।’ शर्माले काँग्रेस गीत सबैको मनमनमा बस्ने खालको बनेको बताए ।
त्यस्तै गायिका तथा गीतकार थापाले नजिकिँदै गरेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय प्राप्त गर्न सघाउने उदेश्यले गीत बनाएको बताइन् । ‘स्थानिय निर्वाच नजिकिदै गर्दा आफु नजिकको पार्टीलाई जिताउन कलाकारले महत्व पुर्ण भुमिका खेल्नसक्नु पर्छ’ थापाले भनिन् ‘नेपाली काँग्रेसले मात्र देशभर जनताको भलो गर्न सक्छ । त्यो बुझाउन मैले गीत बनाएको हो ।’ आफ्नो गीतमार्फत नेपाली काँग्रेसको महत्व आमनेपालीले बुझ्ने उनको भनाई रहेको छ ।
गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचिदेखि महाकालीसम्म सबै मिलेर विपिको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ । गरिवको दुःख हेर्ने, मजदुरको साथ दिने, विकाशको आधार नै काँग्रेस भएको समेत गीतले भनेको छ । गीतमा राम्रो र हाम्रो पार्टी काँग्रेस नै भएको समेत उल्लेख छ । साथदिने सितल दिने सबैको प्यारो रुख, काँग्रेसनै हो सबैको बुझ्ने पिर दुख जस्ता शब्दले पनि गीतमा प्रथामिकता पाएको छ ।
लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् । राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा विजय पुन, रीचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै ब्यक्तिको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर