
चैत्र,२६- साउदी अरबले यस वर्ष देशभित्र र बाहिरका १० लाख मुस्लिमलाई हजमा सहभागी हुन दिने भएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि यो संख्या निकै कम थियो तर यसपटक यो संख्यामा ठूलो वृद्धि गरिने भएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार साउदी अरेबियाको हज मन्त्रालयले भनेको छ, ‘यसवर्ष स्वदेशी तथा विदेशी १० लाख मानिसलाई हज गर्न अनुमति दिइएको छ।

इस्लाम धर्ममा हजलाई धेरै महत्त्वपूर्ण मानिन्छ। यो विश्वको सबैभन्दा ठूलो धार्मिक सभाहरू मध्ये एक हो। सन् २०१९ मा २५ लाखले हज गरेका थिए । तर सन् २०२० मा कोरोना भाइरसको महामारी सुरु भएपछि साउदी अधिकारीले १ हजार जनालाई मात्रै यसमा सहभागी हुन अनुमति दिएको थियो । अर्को वर्ष चिट्ठाबाट छनोट भएका ६० हजार व्यक्तिलाई पूर्ण खोप लगाएर हज गर्न अनुमति दिइएको थियो ।
हज यात्रा यस वर्ष जुलाईमा छ। यसमा ६५ वर्ष मुनिका कोरोना खोप लगाएका व्यक्ति सहभागी हुन पाउनेछन् । साउदी अरेबिया बाहिरबाट आउनेहरूले यात्रा गरेको ७२ घण्टाभित्र कोभिड परीक्षणमा नेगेटिभ प्रमाणपत्र पेश गर्नुपर्नेछ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर