
१२ चैत, चितवन : छ महिना छ दिनमा आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिम चुचुराहरू आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

चितवनमा भएको भेटमा अध्यक्ष प्रचण्डले आरोही पुर्जाका साहस र अनुभव सुनेर उनलाई थप सफलताको लागि हौसला प्रदान गर्दै विश्वका चमत्कारी र सहासिक सेलिब्रेटी बन्न सफल बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा प्रचण्डले साहसिक आरोही पुर्जाका हिमाल आरोहणका अनुभूतिबारे जिज्ञासा राख्दै आरोहीले व्यहोरेका समस्या र तिनका समाधानका बारेमा पनि जिज्ञासा राखेका थिए । भेटमा पुर्जाले आफूले देशका लागि अझै यस्तै अन्य कीर्तिमान कायम गर्ने कार्यहरु गरी देशको नाम राख्ने बताएका छन् ।
यो समाचार आजको रातोपाटीमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर