
बाजुराः बुढीनन्दा नगरपालिकामा शुक्रबार सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । बुढीनन्दा कमला ओलीको सहभागितामा उक्त कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। बार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी थिइन् । नगर उप प्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथी रहेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया,बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी विशिष्ट अतिथी रहेका थिए ।

सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरुलगायत अतिथी रहेका थिए । नेपाल पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नहकुल जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिति सदस्य नन्दलाल सार्कीले गरेका हुन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर