
चैत्र,३- नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।

जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अनुगमन टोलीले सवै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ । त्यस्तै बैठकले ‘जनतामा जाउ, एकीकृत समाजवादीलाई जिताऔँ’, भन्ने नारा समेत तय गरेको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर