• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमालेसँगको तालमेलबारे प्रचण्ड : काँग्रेसले लखेट्न नै थाल्यो भने भन्न सकिँदैन

खप्तड मालिका न्युज March 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,३-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग सहकार्य र तालमेल हुने सम्भावना आफूले नदेखेको बताएका छन् । बिहीबार रुपन्देहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अहिले तत्काल एमालेसँगको सहकार्य र तालमेलको सम्भावना आफूले नदेखे पनि तालमेलको विषय नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने बताए ।

स्थानीय चुनावमा एमालेसँग तालमेलबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले काँग्रेसको मूल नेतृत्व हालकै गठबन्धन जोगाउने पक्षमा रहे पनि केही नेताहरू अतिवादी ढङ्गले प्रस्तुत भइरहेकाले राजनीति सम्भावनाको खेल पनि हुने भएकाले त्यो सम्भावना पनि बाँकी रहेको बताए ।

‘अहिले हामी ५ दलको गठबन्धनमा छौँ । सरकार पनि त्यसरी नै चलिरहेको छ । त्यसकारण तत्काल एमालेसँग तालमेल या गठबन्धन गर्ने सम्भावना हामीले देखेको छैनौ’, प्रचण्डले भने, ‘हुन त देशका अगाडि गम्भीर समस्या आएपछि हामी माओवादी सङ्कटको निकास दिन जतिसुकै तितो मिठो भए पनि सहज ढङ्गले छलफल गर्ने र समझदारी बनाएर निकास निकाल्ने कोशिस गरेका छौँ ।’

उनले त्यही विचारकै कारण सशस्त्र द्वन्द्व शान्तिपूर्ण राजनीतिमा परिवर्तन हुँदै निर्वाचन सम्भव भएको पनि बताए । त्यस क्रममा प्रचण्डले केही दिन पहिला एमसीसी प्रकरणमा केपी ओलीसँग भएको संवादको घटना पनि सुनाए ।

‘एमसीसीको समस्या समाधानका लागि म र नारायणकाजी समेत केपी ओलीसँग छलफल गर्न गएका थियौ । देश अप्ठेरो पर्‍यो, निकास दिन पर्‍यो भनेर भन्दा उहाँमा कहीँ कतै देशप्रति चिन्ता पनि देखिएन । त्यसका निम्ति पहलकदमी पनि देखिएन, बडो निष्क्रिय’, प्रचण्डले भने, ‘बरु उल्टै सभामुखलाई पहिला कारबाही गरेर आउनुस्, १९ पृष्ठ लामो उहिलेको नेकपाकालको आरोप खारेज गरेर आउनुस् भन्नुभयो । यति पूर्वाग्रही र निषेधात्मक सोच भएकासँग कुरा गर्न पनि किन आइएछ भनेजस्तो बनाउनुभयो । ’ त्यसकारण त्यो प्रवृत्तिसँग तत्काल सहमति र समझदारी हुने आफूले नदेखेको प्रचण्डले बताए । तर उनले काँग्रेसको व्यवहारमा पनि भर पर्ने भएकाले सम्भावनाको ढोका बन्द नै भएको अवस्था भने नरहेको बताए । ‘तर यो कुरा एक हदसम्म नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने कुरा हो । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन, त्यही भएर मैले भन्ने गरेको छु यो सम्भावनाको खेल पनि हो ।’

तालमेलबारे नेपाली काँग्रेसका केही नेताको टिप्पणीबारे पनि प्रचण्डले असन्तुष्टि जनाए । ‘नेपाली काँग्रेसका केही नेताहरू भन्ने गर्छन् नि माओवादीसँग कुनै हालतमा तालमेल गरिँदैन । हुनै सक्दैन भन्ने ढङ्गले असाध्यै अतिवादी ढङ्गबाट बोल्ने केही नेता देखिनुभएको छ’, प्रचण्डले थपे, ‘हुन त प्रधानमन्त्रीले उहाँहरूलाई अब बोल्न बन्द गर भनिसक्नुभएको छ । काँग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर नेतृत्व मुख्यतः प्रधानमन्त्री यो गठबन्धन हर हालतमा बचाएर लैजानुपर्छ, मिलेरै जानुपर्छ भन्नेमा भएकाले मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन ।’

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
  • लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन
  • वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    समाचार

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑