
चैत्र,३- होली मनाउँदा लापरबाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले रातोपाटीलाई बताए ।

समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।
काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ । चार ठाउँमा राडार गनबाट गति निगरानी गरिएको छ । सातदोवाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यबिनायकमा राडारबाट गति निगरानी गरिएको छ । सवारी–साधन चेकजाँचका लागी १३ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर