• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

देउवा–ओली भेटको साईड–ईफेक्ट : मार्गप्रशस्त गर्न सभामुखलाई गृहमन्त्री खाँणको प्रस्ताव

खप्तड मालिका न्युज February 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, १२ फागुन – एमसीसीलाई लिएर अहिलेको सत्तापक्षीय गठबन्धन भत्किने भएको छ । एमसीसी पास गराउनको लागि सहयोग नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ खोजिसकेका छन् । यो बीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग धेरै पटक छलफल गरिसकेका छन् । आजमात्रै पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

आजको छलफलमा भने पावर सेयरिङबारे सहमतिको खाका बनाउने काम भएको विश्वस्त सूत्रले जनाएको छ । एमालेले एमसीसीमा सहयोग चाहिएको हो भने पहिले सभामुखलाई हटाउनुपर्ने प्रस्ताव राखेको थियो । जसमा कांग्रेसका नेताहरुले सहमति जनाएको बुझिएको छ। अमेरिकाले यही फागुन १६ गतेभित्रै एमसीसी पास गराउनको लागि समयसिमा दिएको छ ।

प्रधानमन्त्री देउवाले जसरी पनि अमोरिकाले दिएकै समयसिमाभित्र एमसीसी पास गराउन चाहेका छन् । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजको छलफललगत्तै गृहमन्त्री बालकृष्ण खाँणलाई सभामुख सापकोटासँग भेट्न पठाईएको छ । मन्त्री खाँणले सभामुख सापकोटालाई मार्गप्रशस्त गर्नको लागि आग्रह गरिने बुझिएको छ।

यदि सभामुखले राजीनामा नदिए महाभियोग वा अविश्वासको प्रस्ताव अघि सारेर हटाउने तयारी भएको कुरा मन्त्री खाँणले अग्रिम जानकारी दिने बुझिएको छ । तर, सभामुख सापकोटा भने कुनैपनि हालतमा पदबाट राजीनामा दिने पक्षमा छैनन् । हुन त सभामुखले एमसीसी संसद्मा टेबुल गर्न दिएपनि यसअघि उनको भूमिका भने संसदीय मर्यादाअनुरुप नभएको कांग्रेस नेताहरुको टिप्पणी छ ।

सम्बन्धित पोस्ट
  • यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
  • केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    समाचार

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑