
काठमाडौं, फागुन १२ गते – प्रतिनिधिसभा संसदको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । संसद बैठकमा भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध भने आज पनि जारी रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

संसदमा प्रस्तुत मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आज छलफलका लागि कार्यसूची तय भएको छ । तर एमाले भने यसमा सहभागी नहुने भट्टराई बताउनुहुन्छ ।
हामी त यो संसदीय प्रक्रियालाई नै मानिरहेका छैनौँ, पूर्ववत् मागसहितको अडान कायम छ, उहाँले भन्नुभयो ।
पछिल्लो समय एमाले अध्यक्ष ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पनि जानुभएको थियो । यससँगै गृहमन्त्री बालकृष्ण खाँणले पनि ओलीसँग भेट गर्नुभयो । तर पनि एमालेको अडान भने कायमै रहेको जनाइएको हो ।
यो समाचार आजको गोरखापत्रमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर