• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

पाँच अर्ब माग ८५ करोड निकासा, क्षतिकाे पुनरवलाेकन गरिँदै

खप्तड मालिका न्युज February 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, फागुन १२ गते – बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिबापत सरकारले किसानलाई ८५ करोड बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । गत असोज ३१ गतेदेखि देशका विभिन्न ठाउँमा परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले धानबालीमा क्षति पुगेका किसानका लागि राहत उपलब्ध गराउनका लागि अर्थ मन्त्रालयसँग एक अर्व रकम माग गरेको थियो ।

मन्त्रलयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार देशका विभिन्न जिल्लामा बेमौसमी बर्षाले धानबालीमा पुर्याएको क्षतिको यकिन तथ्याङ्क सङ्कलनका लागि प्रदेशस्थित कृषि हेर्ने कृषि मन्त्रालय र मातहतका निकाय साथै स्थानीय तहसमेतको समन्वयमा तथ्याङ्क सङ्कलन भएको थियो ।

पछि प्रदेश र स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण अद्यावधिक गरी राहतका लागि विभिन्न विकल्प तयार गरेको थियो । प्रारम्भिक तथ्याङ्क अनुसार पाँच अर्व बढी रकमको माग भएको प्रवक्ता सञ्जेल बताउनुहुन्छ । तर,पछि पुनरवलोकन भएपश्चात् भने रकम घटाइएको उहाँको भनाइ छ ।

‘प्रारम्भिक तथ्याङ्क अनुसार पाँच अर्बभन्दा बढीको रकम माग भएको थियो तर हामीले त्यसलाई पछि पुनरवलोकन गर्यौँ र एक अर्ब रकम अर्थ मन्त्रालयबाट निकासाका लागि समन्वय गरेका थियौँ’ उहाँले भन्नुभयो ‘त्यसपछि उक्त रकम गृह मन्त्रालयलाई सम्बन्धित किसानको खातामा जाने गरी उपलब्ध गराउन आग्रह गरिएको हो ।’ यता गृह मन्त्रालयले बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिबापतको ८५ करोड ३ लाख रुपियाँ किसानलाई उपलब्ध गराएको जनाएको छ ।

मन्त्रालयका रकम निकासा शाखा प्रमुख शिवराम पोखरेलका अनुसार ३० जिल्लामा उक्त रकम पठाइएको छ । स्थानीय तह र प्रदेश अन्तर्गतका मन्त्रालयले धानबालीमा भएको क्षतिको सङ्कलन गरेको तथ्याङ्कअनुसार पाँच अर्बभन्दा बढीको रकम माग भएको थियो । पछि पुनरवलोकन भएपछि २ अर्ब २८ करोड रुपियाँ उपलब्ध गराउनुपर्ने देखिएको पोखरेल बताउनुहुन्छ ।

अहिले भने ८५ करोड ३ लाख रकम पठाइएको पोखरेलले बताउनुभयो । बाँकी रकम पनि छिट्टै निकासा गरेर पठाइने उहाँको भनाइ छ । उहाँका अनुसार पछि फेरि बेमौसमी बर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण विभिन्न जिल्लाबाट प्राप्त भएकाले त्यसबारेमा कृषि मन्त्रालय र गृह मन्त्रालयले पुनरवलोकन गरेर मात्र थप रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिने पोखरेल बताउनुहुन्छ ।

राहत बापतको सबैभन्दा बढी रकम कञ्चनपुर जिल्लामा पुगेको छ । जहाँ १० करोड रकम निकासा भएको छ । यस्तै रसुवा जिल्लामा सबैभन्दा कम पाँच लाख पुगेको छ ।

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑