
काठमाडौं, फागुन १२- पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा करिब १५० जना नेपाली छन्।
मन्त्रालय स्रोतका अनुसार ३५ जना व्यवसायीक रूपमा बस्दै आएको र बाँकी विद्यार्थी, पर्यटक गरी १५० जना छन्।
अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ।
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ।
‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।
यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।
पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छ, सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न र शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्।
पुटिनको यो घोषणासँगै रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ। पुटिनले रूसी र युक्रेनी सेनाबीचको लडाइँ अवश्याम्भावी भइसकेको र यो कहिले हुन्छ भन्ने बाँकी रहेको बताएका छन्।
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाली राजदूतावास, बर्लिनकी तृतीय सचिव सहारा चौँलागाइँलाई ं४९१७०९८०८०६३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः
श्री शुशिल घिमिरे, कार्यवाहक राजदूत
यो समाचार आजको सेतोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर