
१२ फागुन, काठमाडौं – काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानसहित ५ जना घाइते भएका छन् ।

काठमाडौंको बागबजारमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । बागमती प्रदेश ०२(०२६ प २४९ नम्बरको मोटरसाइकल र लु १६ प ५१०५ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे आपसमा ठोकिएका थिए ।
घाइते भएका बाग्मती प्रदेशका मोटरसाइकल चालक महेन्द्रनगरका ३० वर्षीय सुदर्शन पनेरुको अवस्था गम्भीर छ । उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
अर्का मोटरसाइकलका चालक पाल्पाको रामपुर घर भई हाल बागबजार बस्ने ६० वर्षीय दिलबहादुर सूर्यवंशी र सोही मोटरसाइकलमा सवार स्याङ्जाको वालिङका ५४ वर्षीय सन्त बहादुर दर्जीको भने बागबजारस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंको नारायणहिटी दरबारस्थित उत्तर गेट अगाडिको सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक पवन कुमार चन्द गम्भीर घाइते भएका छन् । उनी नेपाल प्रहरीको अपराध महाशाखामा कार्यरत प्रहरी जवान हुन् ।
उनलाई महांकालस्थित ट्रमा सेन्टरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको थियो ।
गएराति सवा १० बजे चन्दले चलाएको बागमति प्रदेश ०२(०२७प ७१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
यसैगरी ललितपुरको सातदोबाटोमा गएराति मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक दैलेखका ३५ वर्षीय रमेश कुमार मल्ल घाइते भएका छन् । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
इमाडोलबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ६५२२ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको मल्लले चलाएको भे ८ प २९३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे आपसमा ठोकिएका थिए ।
मिनी ट्रकसहित चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर