• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बैंकहरुले कर्जाको निवेदन नै लिन छाडे

खप्तड मालिका न्युज February 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 फागुन, काठमाडौं – बागबजारका रमेशकुमार ९नाम परिवर्तन० ३० लाख रुपैयाँको ऋण माग गर्दै गत आइतबार नेपाल बैंक लिमिटेड पुगे । नेपाल बैंकमा नियमित रुपमा कारोबार गर्ने गरेका उनले यसअघि मागे अनुसारको ऋण सहजै पाउने गरेका थिए । ऋण लिएपछि समयमा नै भुक्तानी गरेका उनी नेपाल बैंकको असल ऋणीमै आफू पर्ने सुनाउँछन् ।

‘थोरै रकम चाहिएको थियो, पर्सनल ओभरड्राफ्ट लोन माग गर्नका लागि म बैंकमा पुगेको थिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘लोन शाखाको सरले अहिले ऋण मागको निवेदन नै लिन नसकिने अवस्थामा रहेको सुनाउनु भयो, अलि सहज भएपछि पहिलो प्राथमिकतामा राख्छु भन्नु भएपछि म रित्तै फर्किएँ ।’ उनको जग्गा समेत बैंकमा रोक्का अवस्थामा नै छ । अप्ठेरो पर्दा ऋण लिने र समयमा चुक्ता गर्ने गरेका उनले जग्गा फुकुवा समेत गरिसकेका छैनन् ।

बैंकले आफूलाई विश्वास गर्ने गरेका कारण आफू एउटै बैंकमा कारोबार गरिरहेको उनी सुनाउँछन् । तर यसपाली भने उनले सोचे जस्तो भएन । ‘अवस्था सहज भए नदिने भन्ने कुरै हुँदैन थियो, तर अहिले अवस्था पनि यस्तै छ, केही भन्ने कुरा पनि भएन’ उनले भने । महर्जनको जस्तो समस्या अहिले बैंकिङ क्षेत्रमा धेरलै खेपिरहेका छन् । बैंकहरुले चाहेर पनि ऋण लगानी गर्न सकेका छैनन् ।

बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको लगानी योग्य रकम अभावका कारण ऋणको फाइल नै लिन धेरै बैंकहरुले बन्द गरिसकेका छन् । नेपाल बैंककै कुरा गर्दा पनि कर्जा–निक्षेप अनुपात ९सीडी० रेसियो ९० प्रतिशत हाराहारी छ । कम्फरटेबल अवस्थामा नरहेपछि ऋणका लागि नयाँ निवेदन लिन बन्द गरिएको नोपल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी बताउँछन् । निवेदन लिएर लामो समयसम्म ऋण दिन नपाउँदा ग्राहकहरुमा नराम्रो सन्देश जानसक्ने भन्दै बैंकले नयाँ निवेदन नै नलिएको हो ।

‘निवेदन लिएरमात्रै पनि हुँदैन, निवेदन लिएपछि ऋण दिन सक्नुपर्छ,’ सीईओ अधिकारी भन्छन्, ‘लोनको फाइल लामो समयसम्म पेन्डिङ नबसोस् भनेर नलिएको हो, सहज अवस्था भएपछि त दिइहाल्छौं ।’ पछिल्लो समय नेपाल बैंकमात्रै नभएर यस्तो समस्या बैंकिङ क्षेत्रभरि नै छ । अधिकांश बैंकहरुले ऋणको फाइल बुझ्नै मान्दैनन् ।

केही बैंकहरुको त ऋण दिन सक्ने क्षमता यतिसम्म दयनीय छ कि तत्कालै सहज भइहाले पुरानो अवस्थामा फर्किन मुस्किल पर्नेछ । अहिले धेरै समस्यामा परेको बैंक मध्येको एक हो प्राइम कमर्सियल बैंक । यस बैंकले भने ऋणका लागि आएका निवेदनहरु लिने र थन्काएर राख्ने गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत धमाधम कर्जा लगानी गर्दा कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ९७ प्रतिशत हाराहारीमा देखिएको छ ।

‘प्राइम अहिले निकै गम्भीर संकटमा देखिएको छ, सीडी रेसियो ९७ प्रतिशतभन्दा माथि हुनु भनेको खतराको संकेत हो,’ एक बैंकका सीईओले भने, ‘कम्फरटेबल जोनमा त कममात्रै बैंकहरु छन्, प्राइम कमर्सियल बैंक जस्ता केही बैंकहरु झनै डेन्जर जोनमा देखिएका छन् ।’

पछिल्लो समय बैंकहरुले संकलन गर्ने निक्षेप र कर्जा लगानीको तथ्यांकले पनि बैंकिङ क्षेत्र तरलताको ठूलो समस्या झेलिरहेको स्पष्ट हुन्छ । बैंकर्स संघले दिएको जानकारी अनुसार बैंकहरुको निक्षेप फागुन पहिलो साता १ अर्ब रुपैयाँले बढेको छ । माघ अन्तिम दिनसम्म बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । उता कर्जा लगानी भने ४ अर्ब रुपैयाँमाथिले बढेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको ऋण लगानी चार अर्ब रुपैयाँले बढेर एक सातामा ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।

केही बैंकहरु दशैं अघि नै ऋण दिनै नसक्ने अवस्थामा पुगिसकेका थिए । सीडी रेसियो ९० प्रतिशत नाघ्नेमा नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ९५।३७ प्रतिशत पुगेको थियो भने नेपाल एसबीआई बैंकको ९५।०८ प्रतिशत र हिमालयन बैंकको ९३।५४ प्रतिशत नाघेको थियो । यसैगरी एनएमबी बैंकको ९१।२७ प्रतिशत, कु्मारी बैंकको ९२।१३ प्रतिशत, मेगा बैंकको ९१।२१ प्रतिशत, बैंक अफ काठमाण्डूको ९०।४८ र प्राइम कमर्सियल बैंकको ९०।२५ प्रतिशत पुगेको थियो । दशैं अघि नै ऋण दिन नसक्ने अवस्थामा पुगेका यी बैंकहरु कात्तिक र मंसिरमा थोरै सहज जस्तो देखिए पनि अहिले झन् अप्ठेरो अवस्थामा पुगेका छन् ।

दशैं अघि सीडी रेसियो भने ९० प्रतिशत भन्दा कम रहेका बैंकहरु कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छे« बैंक, नबिल बैंक लगायतका बैंकहरु पनि अहिले गाह्रो अवस्थामा पुगेका छन् । तुलनात्मक हिसाबले स्टाण्डर्ड चार्टड बैंक भने अरु बैंकको तुलनामा केही सहज रुपमा देखिएको छ ।

बैंकले लिए ४० खर्ब सापटी

तरलता अभावका कारण निकै अप्ठेरो अवस्थामा पुगेका बैंकहरुले फागुन ९ गतेसम्म नेपाल राष्ट्र बैंकबाट ३९ खर्ब ७९ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । तरलता अभाव चर्किएपछि अल्पकालीन रुपमा समस्या समाधान गर्नका लागि बैंकहरुले केन्द्रीय बैंकबाट यस्तो सुविधा लिने गरेका छन् ।

गत आइतबार बैंकहरुले यस्तो सापटी २४ अर्ब रुपैयाँ लिएका थिए । सोमबार बैंकहरुले थप संकटको सामना गर्नुपर्यो । राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार सोमबारमात्रै बैंकहरुले ३९ अर्ब ९१ करोड रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।

स्थायी तरलता सुविधामा लाग्ने व्याजदर अन्तर बैंकदर पनि बढेर ७ प्रतिशत नजिक पुगेको छ । शुक्रबारसम्म ५ प्रतिशत हाराहारीमा रहेको बैंक दर सोमबारसम्म बढेर ६।९७ प्रतिशत पुगेको छ । पछिल्लो समय बैंकहरुमा तरलता संकट थप बढ्दै गएको छ । राष्ट्र बैंकका प्रवक्ता डा। भट्ट पनि तरलताको दबाब बैंकहरुमा कायमै रहेको बताउँछन् । अहिले देखिएको समस्याको प्रमुख कारण बढ्दो आयात नै भएको उनले बताए ।

साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२।७८ प्रतिशत बढी हो । यसअघि पहिलो ६ महिनासम्म आयात ५१।१३ प्रतिशतले बढेको थियो । आयातको उच्च वृद्धि दर चालु आवको पहिलो महिनाबाटै उच्च छ । आयातका कारण बाह्य क्षेत्रमा निकै दबाब छ ।

‘आयातले खाएको छ, अघिल्लो आर्थिक वर्षको जति आयात त अहिले ६ महिनामै हुन आटिसक्यो,’ प्रवक्ता भट्टले भने, ‘नेपालको आउने पैसा भनेको रेमिट्यान्स नै हो, रेमिट्यान्स बढेको छैन आयात पनि लगातार घट्दा अर्थतन्त्रमा दबाब पर्यो ।’ मंसिरको भन्दा पुसमा र पुभन्दा माघमा त घटेको छ । तर निर्यात एकदमै कम रहेको छ । निर्यात अत्यन्तै कम हुने र आयात अत्यधिक हुँदा यसले अर्थतन्त्रलाई प्रेसरमा राखेको उनले बताए ।

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्र बैंकले तरलताको रुपमा ६० अर्ब रुपैयाँ बजारमा पठाएको छ । अधिक तरलता हुँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्ने र बजारमा अभाव हुँदा विभिन्न उपकरणहरुमार्फत तरलता प्रवाह गर्ने गरेको छ । यस अवधिमा रिपोमार्फत् ३ खर्ब २३ अर्ब ८५ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ३० खर्ब १५ अर्ब ८९ करोड गरी कुल ३३ खर्ब ६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।

उता छ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ५१ अर्ब ८० करोड गरी कुल २ खर्ब ४१ अर्ब ३४ करोड तरलता प्रशोचन भएको थियो ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑