• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ रोक्ने नियमावली ल्याउन अलमल

खप्तड मालिका न्युज February 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

११ फागुन, काठमाडौं – नेपाल धितोपत्र बोर्डले तयार पारेको भित्री सूचनाको आधारमा कारोबार ९इन्साइडर ट्रेडिङ० सम्बन्धी नियमावली २ वर्षदेखि अलपत्र परेको छ ।सेयर बजारमा सूचना चुहाएर हुने कारोबार रोक्ने गरी बनेको महत्वपूर्ण विनियमावली अर्थ मन्त्रमालयमा पुगेर अड्किएको हो ।

सेयर बजारमा भित्री सूचनाका आधारमा कारोबार गर्नु गैर कानूनी कार्य हो । इन्साइडर ट्रेडिङले पहुँचवालाहरुले राम्रो कमाउने र सोझा लगानीकर्ताहरु फस्ने जोखिम हुन्छ । ऐनले इन्साइडर ट्रेडिङलाई गैर कानूनी भने पनि यस सम्बन्धी नियमावली नहुँदा बोर्डले कारबाही गर्न सकेको थिएन ।

नियमावली भए कारबाही गर्न सहज हुने भन्दै बोर्डका तत्कालीन अध्यक्ष डा। रेबतबहादुर कार्कीले २०७६ सालमा इन्साइडर ट्रेडिङ सम्बन्धी नियमावली तयार पारेका थिए । आन्तरिक समिति बनाएर तयार पारिएको नियमावली अर्थमन्त्रालयमा पुगेर थन्किएको थियो ।

बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरी नियमावलीको मस्यौदा अर्थमन्त्रालयमा नै रहेको बताउँछन् । नियमावलीको मस्यौदाका विषयमा छलफल हुनै बाँकी रहेको उनको भनाइ छ । उता मन्त्रालयका उच्च अधिकारीहरुलाई नै मस्यौदाका विषयमा जानकारी छैन । नियमावली दर्तापछि तीन जना अर्थमन्त्री नै फेरिएका छन् ।

अलि बाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनमै पहुँच हुन्छ । जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् । मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने निर्णय गर्दैछ भने पहुँच भएकाहरूले पहिले नै जानकारी पाउँछन् र सेयर किन्छन् ।

जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले नाफा बुक गरेर बेच्न तयार भइसकेका हुन्छन् । अर्को गलत सूचनाको हल्ला फैलाएर पनि बाठा लगानीकर्ताहरूले आफू कमाउने र अरूलाई डुबाउने गर्छन् । गत वर्ष नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९एनसीसी० मा यस्तै भयो । एकाएक बैंकको सेयर मूल्य बढ्यो । जबकि त्यसबेला एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केही सूचना थिएनन् ।

नेप्सेका एक अधिकारी सेयर मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरूले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटनापछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो । बैंकले लाभांश यसअघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।

किन थन्कियो नियमावली

तत्कालीन अध्यक्ष कार्कीको पालामा इन्साइडर ट्रेडिङ रोक्नु पर्ने आवाज निकै चर्को रुपमा उठेको थियो । यसलाई रोक्न नियमावली आवश्यक रहेको भन्दै अध्यक्ष कार्कीले बोर्डकै उपकार्यकारी निर्देशक डा। नवराज अधिकारीको संयोजकत्वमा समिति बनाएका थिए । अधिकारी संयोजकत्वको समितिले नियमावलीको मस्यौदा बनाएर दिएको थियो । नियमावलीको मस्यौदा अध्यक्ष कार्कीले २०७६ जेठमै अर्थमन्त्रालय पुर्‍याए ।

नियमावली दर्ता गराएका तत्कालीन अध्यक्ष कार्की जसरी पनि पास गर्नु पर्ने पक्षमा थिए । तर नियमावली दर्ता भएको चार महिना पनि पुग्न नपाउँदै उनी असोजमा अध्यक्षबाट अवकास भए । कार्की पछि अध्यक्ष बनेका भीष्मराज ढुंगानाले पनि यस विषयमा चासो नदिएका भने होइनन् ।

ढुंगाना अध्यक्ष बनेर आएपछि नियमावलीको मस्यौदाका विषयमा दुई पटक अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । तर मस्यौदामा गरिएका व्यवस्थाहरुका विषयमा अध्यक्ष ढुंगाना आफैंले संशोधन हुनुपर्ने बताएका थिए । मस्यौदालाई संशोधन गरी पारित गर्नु पर्ने बताएका ढुंगाना पुरा कार्यकाल पदमा रहन सकेनन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगाना पद मुक्त भएका थिए ।

ढुंगाना पदमुक्त भएपछि लामो समय अध्यक्ष नियुक्ति प्रक्रिया नै अलपत्र पर्‍यो । गत आइतबार भने नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । बजारमा रहेको बेथिति रोक्ने र साना लगानीकर्ताको हितका लागि काम गर्ने वचनवद्धता गरेका अध्यक्ष हमालले सम्भवतः यो नियमावली ल्याउनेछन् ।

बोर्डका पूर्व अध्यक्ष कार्की अध्यक्ष हमालले बजारको वेथिति रोक्न तत्कालै यो नियममावली ल्याउन सक्रियता देखाउनु पर्ने बताउँछन् । सेयर बजारमा इन्साइडर ट्रेडिङ मौलाउदो अवस्थामा रहेको भन्दै उनले नियमावली ल्याएर बद्मासी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

‘यहाँ त नियम नभएर समस्या भएको हो, नियम हुने हो भने बद्मासी रोकिन्छ’ पूर्व अध्यक्ष कार्कीले भने, ‘यसथ अब तत्कालै नयाँ अध्यक्ष ज्यूले अन्य कामसँगै नियमावली ल्याउन समेत सक्रियता देखाउनुपर्छ ।’

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑