• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सिमेन्टको भाउ घट्यो, गिटी–बालुवाको यथावत, एकतले घरमा कति लाग्छ खर्च?

खप्तड मालिका न्युज February 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

घर-संरचना बनाउन आवश्यक निर्माण सामग्री सिमेन्टको भाउ कम भएको छ।पन्ध्र दिनअघिको मूल्य सूचीअनुसार बोरामा १५ देखि २० रूपैयाँ घटेको महाबौद्ध सप्लायर्स, धोबिघाटका सञ्चालक रगुन महर्जनले जानकारी दिए।पचास किलोको बोरामा पाइने ओपिसी र पिपिसी दुवैको भाउ अहिले कम भएको उनी बताउँछन्।’सात सयदेखि आठ सयसम्म पाइने ओपिसीमा अहिले १५–२० रूपैयाँ घटेको छ,’ उनले भने।

ब्रान्डअनुसार अहिले ओपिसी छ सय ८० देखि सात सय ८० रूपैयाँसम्म पर्छ। उदयपुर सिमेन्ट भने नौ सय रूपैयाँ र हेटौंडा सिमेन्ट आठ सय ९५ रूपैयाँ पर्ने महर्जनले जानकारी दिए। उनका अनुसार यी दुई ब्रान्डका सिमेन्टको मूल्य अरूको तुलनामा केही बढी छ।

त्यस्तै पिपिसी पनि बोरामा १५ देखि २० रूपैयाँ घटेको छ। हुवासिन, शिवम्, राजधानी लगायत सिमेन्ट प्रतिबोरा छ सय बीसदेखि छ सय तीस रूपैयाँसम्ममा कारोबार भइरहेको महर्जनले बताए।

‘निर्माण सम्बन्धी कामले गति नलिँदा निर्माण सामग्रीको मूल्य घटेको छ। बैंकले ऋण दिन पनि आलटाल गरिरहेको छ। बजारमा तरलता अभाव हुँदा सबै काम सुस्त हुने रहेछ,’ उनले भने।

त्यस्तै निर्माणमा आवश्यक गिटी-बालुवाको मूल्यमा भने विगत नौ महिनादेखि कुनै हेरफेर नभएको उनले जानकारी दिए।

महर्जनका अनुसार ठूलो टिपरको गिटी र बालुवा प्रति ट्रिप २५ हजारमा कारोबार भइरहेको छ। केही वितरकले सिजनअनुसार मूल्यमा हेरफेर गरे पनि आफूले यथावत नै राखेको उनको भनाइ छ।

‘कालो गिटी र प्लास्टर बालुवाको मूल्य बराबर नै छ। पसलबाट तीन किलोमिटर आसपास डेलिभरी निःशुल्क हुन्छ। त्योभन्दा पर लैजानुपरे थप एक हजार ढुवानी खर्च जोडिन्छ,’ महर्जनले भने।

तुलनात्मक रूपमा कालो गिटीभन्दा सेतो गिटी चार–पाँच हजार रूपैयाँ सस्तोमा पाइन्छ।

काठमाडौंको कुरा गर्दा यहाँ धादिङको माधवबेसी, बैरेनी, गजुरी, काभ्रेको मेलम्ची, भकुण्डेबेसीतिरबाट गिटी–बालुवा आयात हुन्छ। महाबौद्ध सप्लायर्सले भकुण्डेबेसीबाट गिटी-बालुवा ल्याउँछ।

एक तले घर बनाउन सिमेन्टमा कति खर्च लाग्छ?

बजारमा मुख्यतः दुईथरी सिमेन्ट पाइन्छ- ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट)।

ओपिसी मुख्यगरी ढलान र जगमा प्रयोग हुन्छ। छिटो सुक्ने भएकाले जुन निर्माण चाँडो सक्नुपर्ने वा फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो प्रयोग गरिन्छ। त्यस्तै भित्ताहरू प्लास्टरमा पिपिसी प्रयोग हुन्छ। निर्माण समय लामो राखिएको छ भने पिपिसी ढलानमा पनि प्रयोग गर्न सकिने इञ्जिनियरहरू बताउँछन्।

यहाँ हामीले काठमाडौंमा आठ सय वर्गफिटमा बन्ने चार कोठे, एकतले ढलान घर बनाउन चाहिने सिमेन्ट र त्यसको लागतबारे चर्चा गरेका छौं। यसबारे हामीलाई इञ्जिनियर तथा निर्माण कम्पनी ‘बिल्ड इनोभेसन’ का सिइओ अनोज खतिवडाले जानकारी दिएका छन्।

इञ्जिनियर खतिवडाको काम अनुभवअनुसार अधिकांशले तत्काल एकतले घर बनाए पनि उद्देश्य कम्तीमा तीनतले बनाउने राखेका हुन्छन्। यही आधारमा घरको जग बलियो बनाउँछन्। यसले गर्दा एकतले घरको लागत बढ्छ।

‘अहिले एकतले मात्रै बनाए पनि पछि तला थप्ने सोचेर धेरैले जग त्यहीअनुसार बलियो बनाउँछन्,’ ग्राहकको मनासायबारे उनी भन्छन्, ‘त्यसैले पछि थपिने तलाको तुलनामा पहिलो तलामा सिमेन्टको लागत धेरै पर्छ।’

घरको जग, पिलर र ढलानमा छिटो सुक्ने र पकड लिने भएकाले ओपिसी प्रयोग हुन्छ। खतिवडाका अनुसार आठ सय वर्गफिटमा बन्ने घरका लागि करिब तीन सय पचास बोरा ओपिसी अनुमान गर्नुपर्छ। त्यस्तै प्लास्टर, जोडाइ र फिनिसिङमा करिब तीन सय पचास बोरा नै पिपिसी लाग्छ।

यसरी आठ सय वर्गफिटमा बन्ने चार कोठाको एकतले घरमा ओपिसी र पिपसी गरी करिब सात सय बोरा सिमेन्ट लाग्छ।

अब अहिलेको मूल्यअनुसार (उदयपुर र हेटौंडा सिमेन्टबाहेक) हेर्ने हो भने ओपिसीको बजारमूल्य प्रतिबोरा छ सय ८० देखि सात सय ८० रूपैयाँसम्म छ। त्यस्तै प्रतिबोरा छ सय बीसदेखि छ सय तीस रूपैयाँसम्म पिपिसी पाइन्छ।

यो हिसाबले चार तले घर बनाउन ओपिसीमा दुई लाख ३८ हजारदेखि दुई लाख ७३ हजार रूपैयाँसम्म खर्च हुन्छ।

त्यस्तै पिपिसीमा करिब दुई लाख २० हजार रूपैयाँ लाग्न सक्छ।

माथिको मूल्य र आवश्यक सिमेन्ट मात्रालाई आधार मान्दा चार कोठाको एकतले घर बनाउन दुवैथरी सिमेन्टमा चार लाख ६० हजारदेखि पाँच लाख रूपैयाँसम्म खर्च हुन्छ।

यो अनुमानित लागत हो। निर्माणमा दस–बीस बोरा तलमाथि पर्न सक्छ। इञ्जिनियर खतिवडाले प्रस्ट्याए, ‘पिलर र बिमको आकारले पनि सिमेन्ट कति चाहिन्छ भन्नेमा अलिकति फरक पार्छ। नौ वटा पिलर र बाह्र वटा पिलर राख्दा लगानी तलमाथि पर्छ।’

उनकाअनुसार तला थप्न मिल्ने बलियो जग राख्ने तर छत ढलान नगर्ने हो भने दुई सय बोरासम्म सिमेन्ट कम लाग्छ।

एक तले घर बनाउन गिटी–बालुवामा कति खर्च लाग्छ?

करिब एक हजार वर्गफुटमा बनाइने चार कोठे एक तले घरका लागि पन्ध्र टिपर गिटी–बालुवा लागत अनुमान गर्नुपर्छ।

‘चार आनामा बन्ने चार कोठे ढलान घर फिनिसिङ गर्न सात टिपर गिटी र आठ टिपर बालुवा भए सबै समेट्न सकिन्छ,’ उनले भने।

खतिवडाका अनुसार गिटी र बालुवा उस्तै अनुपातमा खर्च हुन्छ।

अहिलेको मूल्य, २५ हजार रूपैयाँ प्रति ट्रिपअनुसार हिसाब गर्दा एकतले घर बनाउन करिब तीन लाख ७५ हजार रूपैयाँ लागत छुट्याउनु पर्छ। यो खर्च गिटी-बालुवा खपत घटबढ भए फरक पर्नेछ।

छत ढलान नगरी बनाइने एकतले घरमा भने गिटी–बालुवाको लागत एक तिहाइ कम हुने उनले जानकारी दिए। उनका अनुसार धेरै मसला (गिटी-बालुवाको मिश्रण) ढलानमा खर्च हुनाले जस्ता पाता वा टायल छाना राख्दा कम खर्चमा काम सकिन्छ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑