• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाल भाषा कार्यान्वयन कसरी गर्न सकिन्छ?

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

फागुन १०- नेपाल भाषा नेवाः राष्ट्रको मातृभाषा, कुनै समय नेपाल खाल्डो ९काठमाडौं उपत्यका० को सम्पर्क भाषा र नेपालका विभिन्न राष्ट्रभाषामध्ये एक हो। नेपाल भाषा चिनियाँ(तिब्बती भाषा परिवारको तिब्बती(बर्मेली समूहमा पर्छ भने भारोपेली भाषाहरूको पनि प्रबल प्रभाव परेको छ।

नेवाः राष्ट्र आफैंमा एकलजातीय वा एकात्मक स्वरूपको नभएजस्तै नेपाल भाषालाई पनि स्पष्ट रूपमा वर्गीकरण गर्न कठिन छ।

नेपाल मण्डल अर्थात् नेपाल देशको जनभाषा भएकाले यो भाषाको नाम नेपाल भाषा हो। २०१३ सालदेखि काठमाडौं उपत्यका भन्न थालिएको स्थानलाई नेपाल उपत्यका भनिन्थ्यो र अहिले पनि जनजिब्रोमा नेपाल भन्ने प्रचलन कायमै छ। यही नेपाल उपत्यका वरिपरिका क्षेत्रसहित नेपाल मण्डल एउटा ऐतिहासिक क्षेत्र हो।

तिब्बतीय भाषाहरूमा मानिस जनाउने प्रत्ययमा ुपाु र ुवाु को परस्परता देखिन्छ।

जस्तैस्( श्यार्वा वा श्यार्पा भनेको शेर्पा हो। ल्होवा वा ल्होपा भनेको ल्हो(त्सो(धुन ९उपल्लो मुस्ताङ० का मूलवासी हुन्। जिर्वा वा जिर्पा भनेको जिरेल हो। त्यसै गरी देशलाई जनाउन ुनेपालु र त्यहाँका जनतालाई जनाउन ुनेवालु शब्दको प्रयोग गरिएको पाइन्छ। नेपाल भाषा व्यञ्जनान्त भाषा होइन, त्यसैले ुनेपालु र ुनेवालु शब्दमा ुलुलाई ुल्ु नभएर ुलु नै उच्चारण गरिन्छ।

पुरानो नेपाल भाषामा ह्रस्व वर्ण मात्र थिए, दीर्घ थिएन। कालान्तरमा केही वर्णहरू उत्परिवर्तन भई दीर्घ वर्णको विकास भएको हो। त्यसै क्रममा ुलु अन्तिम व्यञ्जन ुअु मा उत्परिवर्तन भई त्यस अगाडिको स्वर वर्णसँग सन्धि भई दीर्घ ध्वनी ुअःु र ुआःुको विकास भएको पाइन्छ।

जस्तैस् ( ुगालु ९खाल्डो० बाट ुगाःु, ुघालु ९घाउ० बाट ुघाःु, ुख्वालु ९अनुहार० बाट ुख्वाःु, इत्यादि भएझैं ुनेपालु बाट ुनेपाःु र ुनेवालु बाट ुनेवाःु शब्दहरू विकास भएका हुन्।

तर समसामायिक नेपाल भाषा पनि ह्रस्वमय भाषा नै हो। यी शब्दहरूमा विभक्ति चिह्न उल्लेख गर्नुपर्दा अन्तिम दीर्घ वर्णको मूल रूप अर्थात् लुकेको ह्रस्व वर्णको आवश्यकता पर्छ।

जस्तैस्( ुखाल्डोुलाई ुगाःु भनिन्छ, ुखाल्डोमाु भन्नुपरे ुगालय्ु, र ुखाल्डोबाटु भन्नुपरे ुगालुं भनिन्छ। त्यसैगरी ुनेपालमाु भन्नुपर्दा ुनेपालय्ु र ुनेपालबाटु भन्नुपर्दा ुनेपालुं भनि ुनेपाःु शब्दको मूल रूपको प्रयोग गरिन्छ।

त्यसैले देशको नाममा यस भाषाको नाम ुनेपाल भाषाु र जनताको नाममा यस भाषाको नाम ुनेवाल भाषाु रहन गयो। नेपाल भाषामै यसलाई ुनेपाल भासु र ुनेवाल भासु क्रमशः ुनेपाः भाय्ु र ुनेवाः भाय्ु भनिन्छ।

कामकाजमा नेपाल भाषाः

नेपालको संविधान, २०७२ ले प्रदेश तहमा ुनेपाली भाषाु भनिएको पर्वते भाषाबाहेक अरू भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउन सक्ने प्रावधान राखेको छ। संविधानको प्रावधान अनुरूप भाषा आयोगले यसै साल प्रदेश तहमा कामकाजी भाषाहरू सिफारिस गरेका छन्। बागमती प्रदेशमा तामाङ भाषासहित नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ। त्यसै गरी उक्त सिफारिसमा गण्डकी प्रदेश र प्रदेश नं १ का निश्चित स्थानमा निश्चित प्रयोजनका लागि नेपाल भाषाको प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

स्थानीय सरकारको हकमा ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको देखिन्छ। यसको कार्यन्वयन कीर्तिपुरमा सब्बल देखिन्छ। काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम नेपाल भाषामा निर्माण गरेको छ। भक्तपुर नगरपालिकाले ख्वप पौ नामक नेपाल भाषा मासिक प्रकाशन गर्ने गरेको छ। उपत्यकाका अधिकांश स्थानीय सरकारले आफ्नो लेटरप्याड र साइनबोर्डमा रञ्जना लिपि प्रयोग गर्ने गरेको छ।

नेपाल बाहिर भारतको सिक्किम राज्यमा नेपाल भाषालाई एक अरितिक्त कामकाजी भाषाका रूपमा मान्यता दिइएको छ। संयुक्त राज्य अमेरिकाको पोर्टल्यान्ड, ओरेगनमा पनि भाषाविज्ञ दयारत्न शाक्यको पहलमा आवश्यकता अनुसार कसैले अदालतमा नेपाल भाषा प्रयोग गर्न चाहे दोभाषेको व्यवस्था गरिने निर्णय गरेको पाइन्छ।

सरकारी कामकाजमा नेपाल भाषाको प्रयोग पूर्णतः नयाँ अभ्यास भने होइन। गोरखाली आगमन पहिले नेपाल मण्डलको राजकीय भाषा नेपाल भाषा थियो। त्यो बेला भने धेरै संस्कृत मिसाएर लेख्ने चलन थियो। गोरखाली आगमनपछि अहिले नेपाली भनिएको र ऊ बेला गोरखा भाषा भनिने भाषाले नेपाल मण्डलमा नेपाल भाषालाई विस्थापित गर्‍यो।

शाह काल, राणा काल र पञ्चायती शासनको विभिन्न समयमा नेपाल भाषा आन्दोलनहरू भएका थिए। तिनका आ(आफ्ना उपलब्धि थिए। सन् ११९७ मा पनि काठमाडौं महानगरपालिकाले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको थियो। काठमाडौंको निर्णय पछ्याउँदै ललितपुर उप(महानगरपालिका, कीर्तिपुर नगरपालिका, थिमि नगरपालिका र भक्तपुर नगरपालिकाले पनि सोही निर्णय गरेका थिए। तर सन् १९९९ मा सर्वोच्च अदालतले नेपाल भाषाको प्रयोगमा रोक लगायो। त्यसैले जून १ लाई कालो दिवसका रूपमा पनि मनाइने गरिन्छ।

नेपाल भाषाको अवस्थाः

नेपाल भाषाको कामकाजी प्रयोग नयाँ अभ्यास नरहे पनि उक्त क्षेत्रबाट बाहिर्‍याएको तीन सय वर्ष बढी भइसक्दा त्यसले भाषालाई पछाडि त पारेकै छ।

राज्यको कुनै निकायमा प्रवेश गर्न पर्वते भाषा अनिवार्य भइसकेपछि नेपाल भाषीहरूले पनि आफ्ना सन्ततिलाई नेपाल भाषा नसिकाउने र पर्वते भाषा सिकाउने प्रचलन बढ्न थाल्यो। सरकारी काम खोज्न गाह्रो हुने र नेवाः लवजका कारण गिजिनुपर्छ भनेर मातृभाषा नसिकाउने लहर पनि आयो।

एउटा समयमा नेपाल खाल्डोको सम्पर्क भाषा रहेको नेपाल भाषा अब नेवाःहरू माझ पनि नबोलिने क्रम बढ्दै गएको पाइन्छ। संयुक्त राष्ट्र संघको मापदण्ड अनुसार नेपाल भाषा एक ुडेफिनेट्ली इन्डेन्जर्डु भाषा हो। नेपाल भाषा बोल्ने सघन र बाक्लो जनसंख्या भए पनि नयाँ पुस्तामा यो भाषा हस्तान्तरणको घट्दो क्रमले नेपाल भाषाको अवस्थालाई जोखिमयुक्त बनाएको छ।

औपचारिक क्षेत्रमा प्रयोग गर्नै नपाइने भएपछि नेपाल भाषा बोल्न जान्ने तर लेखपढ गर्न नजान्ने अवस्था पनि सृजना हुने नै भयो। क्रमशः नेपाल भाषा घरभित्र र पुराना बस्तीमा टोलछिमेकमा बोलिने भाषाका रूपमा सीमित हुँदै गएको देखिन्छ।
भाषा मानकीकरण र भाषिकाः
संसारका सबै भाषाहरूमा सामाजिक, भौगोलिक, धार्मिक लगायत आधारमा भेद रहेको पाइन्छ। नेपाल भाषामा पनि यस्ता भाषिका भेदहरू छन्। अधिकांश भेदहरू स्थानपरक छन् भने कतिपय जातिपरक पनि छन्। नेवाः राष्ट्र बहुजातीय प्रकृतिको समाज हो। सबै नेवाःहरूको एकैनाशको रीतिथिति, चालचलन र मूल्यमान्यता छैन। कतिपय संस्कृतिको समरूपता भए पनि ठाउँ र जातअनुसार नेवाः भित्र पनि विविधता छ।

भाषिकाको चर्चा गर्दा बहुसंख्यामा नेपाल उपत्यकामा बोलिने नेपाल भाषालाई लिन सकिन्छ। उपत्यका बाहिरका नेपाल मण्डल क्षेत्रका अधिकांश स्थानमा पनि यही भाषिका बोलिन्छ। नेपाल मण्डल क्षेत्र बाहिर नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेवाःहरूले आफ्नो पुर्खा नेपाल मण्डलको कुन स्थानबाट बसाइ सरेका हुन् त्यही स्थानको भाषिका बोल्ने गरेका छन्।

तर लामो समयदेखि उक्त ठाउँमा बसोबास गरेका समुदायमा आफ्नै मौलिक भाषिकता विकास हुनु पनि स्वभाविक हो।

जस्तैस्( तनहुँको बन्दिपुरका नेवाःहरू अधिकांशका पुर्खा भक्तपुरबाट गएका भन्छन्। त्यसैले बन्दिपुरको नेपाल भाषा भक्तपुरको नेपाल भाषासँग मिल्छ। तर लगभग तीन सय वर्षअगाडिको बसाइसराइ भएकाले बन्दिपुरको नेपाल भाषामा आफ्नै छुट्टै मौलिकता विकास भएको छ।

उपत्यका भित्र दुई भेदका भाषिका लहर ९डायलेक्ट कन्टिनम० पहिचान गर्न सकिन्छ स् पूर्वीय र पश्चिमी।

पूर्वीय भाषिका भन्नाले काभ्रेका सात गाउँ भनिने नेवाः बस्ती देखि ख्वप ९भक्तपुर० र सक्व ९साँखु० सम्मलाई बुझ्न सकिन्छ। पश्चिमी भाषिका भन्नाले येँ ९काठमाडौं० र यल ९ललितपुर० क्षेत्रलाई बुझ्न सकिन्छ। यी दुई क्षेत्रका नेपाल भाषा बीच छुट्याउन सकिने गरी फरकपना छ। यी दुई क्षेत्रबीच देखिने मुख्य भेद भनेको अ(आ वर्ण तथा न(ङ वर्ण हो।

जस्तैस् ुमाछाु लाई पूर्वीय भाषामा ुङाु भनिन्छ भने पश्चिमी भाषिकामा ुन्याु भनिन्छ। ुसिङु लाई पूर्वीय भाषामा ुङकःु भनिन्छ भने पश्चिमी भाषिकामा ुन्यकुुं भनिन्छ। ुजानु, देख्नु, उठाउनुु लाई पूर्वीय भाषामा ुवाने, खाने, थानेु भनिन्छ भने पश्चिमी भाषिकामा ुवने, खने, थनेु भनिन्छ। ुअहिले, घाउ र टाउकोु लाई पूर्वीय भाषामा ुअः, घः, कपःु भनिन्छ भने पश्चिमी भाषिकामा ुआः, घाः, कपाःु भनिन्छ।

केही शब्दभण्डार पनि फरक छन्। ुपानीु लाई पूर्वीय भाषामा ुनाःु भनिन्छ भने पश्चिमी भाषिकामा ुलःु भनिन्छ। ुछिटोु लाई पूर्वीय भाषामा ुमथाङु भनिन्छ भने पश्चिमी भाषिकामा ुयाकनुं भनिन्छ। तर पूर्वीय र पश्चिमी नेपाल भाषा तात्विक रूपमा फरक भने होइनन्। तिनको ध्वनिमाला, व्याकरण र भाषिक प्रकृति एउटै हो।

छुट्टिने गरी नै यी दुई क्षेत्रका भेदहरू छन् भने नेपाल मण्डलको प्रत्येक ऐतिहासिक नेवाः बस्तीमा बोलिने नेपाल भाषाको आफ्नै प्रकारको मौलिक विशेषता देख्न सकिन्छ। उपत्यका भित्र ५० भन्दा बढी ऐतिहासिक नेवाः बस्तीहरू छन्। प्रत्येक बस्तीमा बोलिने नेपाल भाषाको अध्ययन गरे केही न केही मौलिकता उक्त स्थानमा रहेकै पाइन्छ।

ततः उपत्यका व्यापी नेपाल भाषा मानकीकरणमा खास समस्या हुँदैन।

दोलखा नेपाल भाषा भने उपत्यकाको नेपाल भाषाभन्दा तात्विक रूपमा फरक भाषा रहेको पाइन्छ। यसको ध्वनिमाला, व्याकरण र भाषिक प्रकृति नै फरक छ। यो भाषा दोलखा जिल्लाको दोलखा र चरिकोट, सिन्धुपाल्चोक जिल्लाको तौथली र जेठल तथा काभ्रे जिल्लाको दुतिमा बोलेको पाइन्छ। तात्विक रूपमा नै फरक भएकाले दोलखा नेपाल भाषाको आफ्नै मानक स्वरूप निर्माण गरिनुपर्छ।

त्यसै गरी स्थानको आधारमा फरक स्वरूप भएको नेपाल भाषा प्याङ गां ९प्याङ गाउँ० नामक एक गाउँमा पनि बोलिन्छ। यो ललितपुर जिल्लामा पर्छ, तर यहाँको भाषा ललितपुरका अन्य स्थानको भाषासँग मिल्दैन। जातिगत आधारमा पही जाति, थक्वाः ९थानकोट० र मकवानपुरको गोपाली जाति र बलामी जातिको नेपाल भाषामा पनि फरकपना छ।

भाषिका विविधतालाई अंगिकार गर्ने नेपाल भाषा नीतिः

नेपाल भाषा पक्कै पनि राज्यबाट उपेक्षा भएको भाषा हो। हामी नेवाःहरू राज्यले आफ्नो थातथलोबाट विस्थापित गरेकोमा संघर्षतः छौं। पक्कै पनि नेवाः भएर संगठित संघर्षको आवश्यकता छ। तर यो संगठित संघर्षका लागि ुस्ट्राटेजिक एसेन्सियालिजम्ु को भाष्य हावी भएको देखिन्छ। आफ्नो सामूहिक अधिकारका लागि आफ्नो समूहभित्र भएको विविधतालाई नगण्य पार्ने रणनीतिलाई ुस्ट्राटेजिक एसेन्सियालिजम्ु भनिन्छ।

हामी नेवाः भित्रको विभेद र फरकपनको चर्चा गर्‍यौं भने समग्र नेवाः सरोकारका लागि संगठित हुन सकिँदैन भन्ने धारणा पाइन्छ। त्यसो भए यो मान्यता राज्यले नेपालको सबै भाषाभाषी जातजाति मेटाएर एउटै भाषा, एउटै भेष र एउटै जातिको स्थापना गर्ने प्रयासको मान्यता भन्दा के फरक भयो तरु नेवाः भित्रको विविधता अंगिकार गर्दैमा समग्र नेवाःको संगठितता नहुने होइन, यसले झन् नेवाः एकतालाई सबलीकरण गर्छ।

हामीले पर्वते भाषाको गल्ती दोहोर्‍याउनु हुँदैन। पर्वते भाषाको एउटा भाषिकालाई उच्च स्थानमा राखेर आफ्नै भाषाको अरू भाषिकालाई ुअस्तरीय बोलीु को संज्ञा दिएको छ। लाखौं जनसंख्याले बोल्ने कुनै पनि भाषा सय प्रतिशत एकरूपतामा रहन सक्दैन। यसरी शतप्रतिशत एकरूपता भनेको मानव समाज र भाषाको प्रकृति नै होइन। अझ ऐतिहासिक कालखण्डदेखि नै बहुलतामा आधारित नेवाः राष्ट्र्रको प्रकृति त यस्तो हुँदैन होइन। त्यसैले पर्वते भाषाले जस्तै एउटा कृत्रिम मानक भाषा तयार पारी भाषिका भेदहरू मेटाउने नीति नेपाल भाषाले लिनु हुँदैन।

पक्कै पनि सरकारी कामकाजमा प्रयोग गर्न एउटा हदको स्पष्टता र एकरूपी अभ्यासको खाका निर्माण हुनुपर्छ। तर त्यो खाकाको परिसीमन कठोर होइन लचकिलो भई विविधतावादी अभ्यासलाई अंगिकार गर्नुपर्छ।

नेपालमा अंग्रेजी भाषाको शिक्षणमा बेलायती र अमेरिकी अंग्रेजीको फरकपन र विशेषताको सिकाइ हुन्छ। उच्च शिक्षामा त पुरानो अंग्रेजी, मध्यकालीन अंग्रेजी, अफ्रिकी(अमेरिकी अंग्रेजी, भारतीय अंग्रेजी लगायतबारे पनि समावेश छ। पर्वते भाषाको शिक्षणमा भने विद्यालय तहसम्म एकहोरो मानक भाषिकाको मात्र अध्ययन हुन्छ। नेपाल भाषा शिक्षणमा हामीले पूर्वीय र पश्चिमी भाषिका भेदका तथ्यहरू अध्ययन गराउन सक्यौं र विभिन्न ठाउँका मानिसले बोल्ने नेपाल भाषा सुन्ने सुनाउने अभ्यास गर्न सक्यौं भने निर्धक्क विविधतावादी अभ्यासमा नेपाल भाषाको प्रयोग हुन सक्छ।

त्यसै गरी तात्विक रूपमा फरक भएको दोलखा नेपाल भाषा लगायत पही नेपाल भाषा, प्याङ गां नेपाल भाषा, बलामी नेपाल भाषा, गोपाली नेपाल भाषा जस्ता विशेष मौलिकता भएका भाषिकाको क्षेत्र निर्धारण गरी उक्त भाषाको वक्ता संख्याको सघनता भएको स्थानलाई स्थानीय तह वा वडाका रूपमा स्थापित गरी त्यस तहमा प्रयोग प्रचलन गर्न सकिन्छ।

लेख्य र कथ्य भाषाको खाडल नभएको नेपाल भाषाः

पर्वते भाषाले निर्देशनात्मक व्याकरणको पालना गरी लेख्य भाषा र कथ्य भाषामा खाडल सृजना गरेको छ।

जस्तैः( पर्वते भाषाको बोलीचालीमा ह्रस्व(दीर्घ छुट्टिँदैन। तर लेख्य भाषामा ह्रस्व(दीर्घ सम्बन्धी दसरबीस वटा नियम छन्। बोलीचालीमा स, श र ष छुट्टिँदैन। तै पनि यही सम्बन्धी नियमको सूची नै छ। यसकारण आफूले जानेको भाषा पनि अक्षरमा उतार्न नियम कण्ठ गर्नुपर्ने अवस्था छ।

नेपाल भाषा लेखनमा अहिले वर्णनात्मक व्याकरण प्रयोग हुँदै आएको छ। ह्रस्व(दीर्घको नियम भन्ने हुँदैन, हाम्रो बोलीचालीमा छुट्टिन्छ र त्यही बोलीलाई अक्षरमा उतारिन्छ। नेपाल भाषा व्याकरण मूलतः बोलीचालीलाई अक्षरमा उतार्ने अभ्यास हो।

केही मात्रामा निर्देशनात्मक व्याकरणको पनि प्रभाव छ। कतिपय ध्वनि परिवर्तन भइसकेको शब्दलाई मूलरूपमा लेख्ने चलन छ।

जस्तैः प्रायः ुत, थ र दु वर्णको ध्वनि परिवर्तन भएर ुरु हुने र ुधु वर्णको ध्वनि परिवर्तन भएर ुह्रु हुने गरेको छ। बोलीचालीमा ुपर्सिु वा ुप्रासिु भइसकेको छ, तर लेखाइमा ुपतासिु लेखिन्छ। बोलीचालीमा ुह्राःु भइसकेको छ, तर लेखाइमा ुधाःु लेखिन्छ।

अर्को उदाहरणः वस्तु जनाउने प्रत्यय ुगुु बोलीचालीमा ुउु भएको पाइन्छ। जस्तैः बांलाःगु ( बांलाःउ, वामुगु ( वामू, इत्यादि।

भाषामा आउने कुनै परिवर्तनलाई भाषावैज्ञानिक आधारमा राम्रो नराम्रो भन्न सकिँदैन। यस्तो परिवर्तनमा पनि यदि तात्विक शब्द वा मूल रूप नै परिवर्तन भएको छ भने अहिले बोलीचालीमा प्रचलित ढंगले लेख्दा केही बिग्रिँदैन। बरू मूल रूप परिवर्तन नभएको अवस्थामा त्यसो नगर्न सकिन्छ।

उदाहरणका लागिः ुक्वःदलु लाई बोलीचालीमा ुक्वःरलु भनिएको पाइन्छ। यहाँ ुक्वःु भनेको ुक्वतु अर्थात् ुतलु र ुदलु भनेको ुलड्योु हो। यसलाई ुक्वःरलु लेख्दा अस्पष्टता हुन सक्छ किनभने ुलड्योु मूल शब्दलाई त ुदलु नै भनिन्छ, ुरलु भनिँदैन। तर मूल शब्द नै परिवर्तन भइसकेको ुह्राःु ९धार० लाई ुधाःु नै लेखिराख्नु पर्छ भन्ने छैन। ुह्राःु लेख्दैमा कुनै अस्पष्टता निम्तिदैन।

त्यसैले लेख्य भाषा र कथ्य भाषाबीच ठूलो खाडल निर्माण गरी आफूले बोल्न जानेकै भाषालाई लिपिबद्ध गर्न पनि अनेकौं कृत्रिम नियमहरू कण्ठस्त पार्नुपर्ने अवस्थाको सृजना गर्नु हुँदैन।

मौलिक लिपिको प्रयोग तथा संरक्षणः

नेपाल भाषा आफ्नै मौलिक लिपि भएको भाषा हो। लिपिको मामिलामा पनि नेपाल भाषामा विविधता छ। नेपाल भाषामा १२ वटा लिपि प्रयोग गरेको पाइन्छ। सुरूमा दक्षिण एसियाव्यापी प्रयुक्त ब्राह्मी लिपि वा धम्म लिपि प्रयोग भएको देखिन्छ। त्यसपछि न्ह्यव र लिव अर्थात् पूर्वी र उत्तरी लिच्छवि लिपि प्रयोग भएको देखिन्छ। मल्लकालमा धेरै लिपिहरू विकास भए। उक्त समयमा नेपाल लिपि, रञ्जना लिपि, भुजिंम्वः लिपि, लितुम्वः लिपि, पाचुम्वः लिपि, हिंम्वः लिपि, कुंम्वः लिपि, क्वँय्म्वः लिपि र ग्वलम्वः लिपिको विकास भएको पाइन्छ।

तीमध्ये नेपाल लिपिको सर्वव्यापकता भएको देखिन्छ। यो लिपि सामान्यतः जस्तोसुकै ग्रन्थमा लेखिएको पाइन्छ। त्यसपछि रञ्जना लिपि मूलतः पवित्र मानिने धार्मिक ग्रन्थमा बढी प्रयोग भएको पाइन्छ। यो लिपिको स्वरूप नै अलंकरात्मक भएकाले सौन्दर्यीकरणका लागि बढी प्रयोग भएको देखिन्छ। भुजिंम्वः लिपिमा तमसुक लगायत कानुनी कागज लेखिन्थ्यो। नेपालको पहिलो लिखित कानुन न्यायविकासिनी पनि यही लिपिमा लेखिएको थियो। अरू मल्लकालीन लिपिहरूको त्यति व्यापक प्रयोग भएको देखिँदैन।

पछिल्लो शताब्दीमा राणा कालको बखत नेपाल भाषा पुनःजागरण सुरू हुँदा देवनागरी लिपिको प्रयोग सुरू भयो। त्यस बेलाका पुस्तकमा नागरी आखः ९लिपि० भनेर उल्लेख गरेको पाइन्छ। ग्रन्थहरूका अनुसार त्यस समयमा नेपाल भाषा लेखन परम्परा लगभग समाप्त नै भइसकेको अवस्था थियो।

राणा कालमा आम नागरिकले पठनपाठन गर्न पाउँदैन थिए। गोरखा भाषाबाहेक अरू भाषाको प्रचारप्रसार र सार्वजनिक प्रयोग निषेधित थियो। त्यसैले नेपाल भाषाका आफ्नै लिपि लेख्न जान्नेहरू सीमित भएकाले धेरैले जानिसकेको नागरी लिपिमा नेपाल भाषा लेखी नेपाल भाषाको पुनरुत्थानको सुरूआत गरिएको पाइन्छ। तर क्रमशः नेपाल लिपि गुथिको स्थापनापछि नेपाल लिपि लगायत नेपाल भाषाका लिपिहरूको पनि पुनर्जागरण सुरू भयो।

हाल नेपाल र रञ्जना लिपिको पुनर्जागरण र प्रचलनको अभिवृद्धि भएको पाइन्छ। भारतको सिक्किम राज्यमा नेपाल भाषा लेख्न नेपाल लिपिकै प्रयोग गरिन्छ। यो लिपि युनिकोडमा पनि उपलब्ध छ।

भाषा आयोगले प्रदेश तहमा कामकाजी भाषाको सिफारिस गरे पनि लिपिमा कुनै सिफारिस गरेको छैन। लिपिसम्बन्धी नेपाल भाषा अभियानकर्तामा दुईखाले मत छन्। केहीका अनुसार अहिले धेरै कम संख्यामा नेपाल भाषीहरूले लिपि जानेका छन् र लिपिको प्रयोग गरेमा भाषाकै प्रयोग गर्नेको संख्या झन न्यून हुन्छ।

केहीका अनुसार भाषाको विकासका लागि लिपि अपरिहार्य छ र भाषा(लिपि अविछिन्न विषय हुन्।

पक्कै पनि म भाषासँगै लिपिको उत्थानको वकालत गर्छु। तर लिपिको व्यापकताबारे रहेको चिन्ता पनि जायज नै हो। देवनागरी लिपि, जुन पर्वते भाषाको अनिवार्यताले व्यापकता पाएको छ, त्यही लिपिमा नेपाल भाषा लेखपढ गर्न नजान्नेहरू धेरै छन्। यो कुराको सम्बोधन हुनुपर्छ। तर यो भन्दैमा आफ्नो मौलिक लिपि नै त्याग गरी देवनागरी लिपि अपनाउनुपर्छ भन्ने छैन।

नेपाल लिपिबाट देवनागरीमा अपशरण हुँदा कतिपय भाषिक तत्वहरू गुमेका छन्।

जस्तैः नेपाल भाषामा हलन्तको प्रयोग गरिँदैन। कुनै अक्षर आधा बनाइँदैन। ुआखः स्याये मत्यःु ९अक्षर मार्नु हुँदैन० भन्ने मान्यता छैन। देवनागरीमा आधा अक्षर हुने ठाउँमा नेपाल लिपिले एकै अक्षरमा जोडेर लेख्छ। यसलाई ुआखः चिनेगुु ९अक्षर संसर्ग गर्नु० भनिन्छ।

त्यसै गरी देवनागरी लिपिमा कतिपय अक्षरको आधा रूप बनाउन हलन्त लगाउनै पर्छ। तर नेपाल भाषामा हलन्त केवल ुयु अक्षरमा हलन्त लाग्छ र यसलाई ुतुतिपाला यु भनिन्छ। ुय्ु भनेको कुनै द्वित्व स्वर वर्ण ९दिप्थोङ० मा ुअ, आ, एु पछि ुएु वर्णलाई प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ।

नेपाल भाषामा देवनागरी लिपि प्रयोग गर्नुपर्ने राणा कालमा नेपाल भाषा सर्जकहरूको बाध्यता थियो। राज्यबाट नै निषेध गरिएको भाषामा लेख्नु र त्यस भाषा अनुकूल प्रविधिको विकास नभएको समयमा त्यो उपयुक्त थियो होला। तर ुधेरैले जान्दैनन्ु भन्ने कारणले नै अहिलेलाई देवनागरी लिपिमा नेपाल भाषालाई औपचारिक रूपमा स्थापित गरियो भने यसले नेपाल लिपिलाई पूर्णतः विस्थापित गरिदिन्छ।

बरू यसमा मंगोलियाको अभ्यासबाट सिक्न सकिन्छ। सन् १९४० ताका सोभियत संघको प्रभावका कारण मंगोलियन भाषाले रूसी भाषामा प्रयोग गर्ने सिरिलिक लिपि अपनायो। यसकारण मंगोलियन भाषाको आफ्नै लिपि ओझेलमा पर्‍यो। तर चीनमा पर्ने इनर मंगोलिया प्रान्तमा मंगोलियन भाषीहरूले आफ्नो मौलिक लिपिकै प्रयोगलाई निरन्तरता दिए।

मंगोलियाको सरकारले गत वर्ष सन् २०२० मा पाँच वर्षभित्र सिरिलिक लिपिलाई आफ्नो मौलिक लिपिले प्रतिस्थापन गर्ने रणनीति अपनाएको छ। सन् २०२४ सम्म सबै सार्वजनिक सूचना र भाषाको प्रयोगमा अनिवार्य सिरिलिक र मंगोलियन दुबै लिपिको प्रयोग गर्ने र सन् २०२५ सम्म सबैलाई मंगोलियन लिपिमा साक्षर बनाइसकेपछि सोही लिपि मात्र प्रयोग गर्ने योजना अघि सारेको छ।

हामीले पनि केही वर्ष वा एक दशकसम्मका लागि नेपाल भाषालाई देवनागरी र नेपाल लिपि दुबै लिपिमा लेख्न सकिने प्रावधान गर्न सक्छौं। नेपाल लिपिलाई नै नेपाल भाषा लेखनको मूल लिपि मानी देवनागरी लिपिलाई सहायक लिपिको मान्यता दिएर सरकारी तवरबाट उक्त कालखण्ड सम्म दुबै लिपिको प्रयोग गर्न सकिन्छ। नयाँ पुस्तालाई भने नेपाल लिपिमै नेपाल भाषा सिकाउने र मौजुदा पुस्तालाई पनि लक्षित पारी लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्न सकिन्छ।

यसले गर्दा केही वर्ष वा एक दशकभित्र नेपाल भाषीहरू नेपाल लिपिमै दक्ष भई लेखपढ गर्न सक्ने हुनेछन् र नेपाल भाषामा देवनागरी लिपिको प्रयोग बन्द गर्न सकिन्छ।

संघीय तहको दायित्वः

नेपालको संविधानले अझै पनि संघीय तहमा एकहदसम्मको एकलभाषा प्रावधान गरेको छ। संविधान नै संशोधन गरी संघीय तह पनि बहुभाषिक बनाउनुपर्ने आवश्यकता त छँदैछ। तर मौजुदा संवैधानिक व्यवस्थाले पनि संघीय तहलाई एकलभाषी हुने छुट दिँदैन।

संविधानको प्रस्तावनाले नै नेपाललाई बहुभाषिक देशको रूपमा अंगिकार गरेको छ। बहुभाषा नै देशको वास्तविकता हो र लोकतन्त्रमा देशको वास्तविकता विपरीत राज्य हुन सक्दैन। संविधानको धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ। तथापि कुन कुन भाषालाई राष्ट्रभाषा मान्ने भन्ने सम्बन्धी व्याख्या हुन जरूरी छ। जनगणनाको सूचीअनुसार थुप्रै विदेशी भाषा पनि मातृभाषाका रूपमा बोल्ने तथ्यांक सूची छ। नेपालकै रैथाने मूलभाषाको सूचीकरण गरी संविधानमा अनुसूची बनाई सूचीकृत गर्नुपर्छ। यसले नेपालका मूलभाषाहरू प्रति राज्यलाई दायित्व वहन गराउँछ।

त्यसै गरी संविधानको धारा ७९३० ले भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुने भन्ने उल्लेख गरेको छ। धारा ५१ को ग ९७० मा राज्यले बहुभाषिक नीति अवलम्बन गर्ने भन्ने उल्लेख छ। यसर्थ अहिलेको संवैधानिक व्यवस्था अनुरूप पनि औपचारिक भाषाका रूपमा विभिन्न भाषाहरूलाई मान्यता दिन सक्ने अवस्था छ।

जस्तैः संयुक्त राष्ट्र संघमा दुई कामकाजी भाषा र ६ वटा औपचारिक भाषा छन्। त्यसैले प्रदेश तहमा कामकाजी भाषाका रूपमा मान्यता पाएका भाषाले संघीय तहमा औपचारिक भाषाका रूपमा मान्यता पाउन सक्छन् र पाउनुपर्छ।

भाषिक विकासः

नेपाल भाषा लेखनको लामो इतिहास छ। नेपाल भाषाको साहित्यिक इतिहास पनि शताब्दीयौं अगाडिदेखि सुरूआत भएको हो। नेपाल भाषामा पत्रपत्रिका, सञ्चारमाध्यम पनि प्रशस्तै छन्। नेपाल भाषामा लेखन सामग्री, पुस्तक, लगायत प्राज्ञिक सामग्री पनि उत्तिकै उत्पादन भएका छन्। नेपाल भाषामा विद्यावारिधि तहसम्मको अध्ययन गर्न सकिन्छ। यति हुँदा हुँदै पनि विगत तीन सय वर्षसम्म राज्यका संयन्त्रमा प्रवेश गर्न नदिएकाले नेपाल भाषा कामकाजी क्षेत्रमा पछाडि परेको छ।

जसरी पर्वते भाषाको तीन सय वर्षसम्म एकल, अनिवार्य र निरन्तर प्रयोगका कारण प्रशासन, कानुन, स्वास्थ्य, शिक्षा, रोजगार, लगायत हरेक क्षेत्रमा विकास र विस्तार हुन सकेको छ, त्यो विकास र विस्तारबाट नेपाल भाषा लगायत नेपालका अरू सबै भाषा वञ्चित छन्। त्यसैले हामीसँग त्यहाँ प्रयोग गर्न समयसापेक्ष शब्दभण्डार छैन।

कुनै ठाउँमा निवेदन दिनुपर्‍यो( निवेदनलाई नेपाल भाषामा के भन्नेरु अधिकारीलाई के भन्नेरु सुब्बालाई के भन्नेरु संविधानलाई के भन्नेरु ऐनलाई के भन्नेरु सरकारलाई के भन्नेरु प्रधानमन्त्रीलाई के भन्नेरु दर्ता गर्ने, दरपीठ गर्ने, तामेली गर्ने, फर्छ्यौट गर्ने यस्ता प्रशासनिक तथा कानुनी शब्दावलीहरू के कसरी प्रयोग गर्नेरु त्यसका लागि विमर्श गर्न आवश्यक छ।

यदि समयको आवश्यकता अनुसार भाषामा शब्द निर्माण हुन सकेन भने अर्को भाषाको शब्दावलीले त्यो खाडल भरिदिन्छ। यसबाट क्रमशः उक्त भाषाको प्रयोगलाई निरर्थक बनाइदिन सक्छ। यदि यस्तो भाषिक विकास बिना सरकारी कामकाजको क्षेत्रमा नेपाल भाषा प्रयोग गर्न थाल्ने हो भने केही शब्द मात्र नेपाल भाषा र अधिकांश पर्वते भाषा नै हुन जानेछ।

अहिले स्थानीय निकायमा प्रयोग भइरहेको सीमित दस्तावेजहरू अध्ययन गर्दा यही देखिन सकिन्छ। अधिकांश पारिभाषिक शब्दहरू पर्वते भाषामै उल्लेख गरी नेपाल भाषाको प्रयोग भएको छ।

पर्वते भाषाको शब्द अनुशरण गर्नै हुँदैन भन्ने होइन। नेपाल भाषा तिब्बती(बर्मेली मूलको भए पनि संस्कृत भाषाबाट धेरै नाम शब्द भित्र्याइएको छ। तर त्यसरी भित्र्याउँदा नेपाल भाषाको स्वरूपमा ढालिएको छ। अहिले लाय्कू भन्ने शब्द सुन्दा यो संस्कृत शब्द राजकुलबाट आएको हो भन्ने औंल्याउन गाह्रै पर्ला। हामीले अरू भाषाबाट शब्द लिँदै लिन्नौं भन्ने प्रतिज्ञा त गर्न सक्दैनौं।

पर्वते भाषामा पनि कतिपय कानुनी शब्दावलीहरू अरबी, उर्दू र फारसीबाट अपनाइएका छन्। तर अहिले भने नेपाल भाषामा शब्द केकसरी चलाउने भन्ने विमर्श नै हुन नसकेको कारणले सञ्चारमाध्यम र स्थानीय निकायको सीमित प्रयोग हेर्दा पर्वते भाषामा प्रयोग हुने शब्द नै हुबहु प्रयोग भइरहेको अवस्था छ।

शब्द खोजी गर्ने हो किरु अरू भाषाबाट नेपाल भाषाको स्वरूपमा ढालेर अपनाउने हो किरु नयाँ शब्द निर्माण गर्ने हो किरु नयाँ शब्द बनाए त्यसलाई कसरी जनमासले चिन्ने बनाउनेरु

यी सबै प्रश्नको एकै उत्तर हुन आवश्यक छैन। तर विमर्श चाहिँ हुनुपर्‍यो।

त्यसैले सरकारी कामकाजका लागि प्रयोगमा ल्याउन अघि शब्दावलीका विषयमा पनि छलफल र निर्णय गरी द्विभाषिक शब्दकोष निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ।

मेरो विचारमा नेपाल भाषाकै मौलिक शब्दावली निर्माण गर्न प्रशस्त भाषिक उपकरणहरू छन्। समयको आवश्यकता अनुसार सबै भाषामा नयाँ शब्द बन्छन्। बनाइएका शब्दहरू सबै चल्छन् नै भन्ने छैन, चल्दै(चल्दैन भन्ने पनि छैन। प्रचलनमा आएपछि विस्तारी शब्द परिवर्तन पनि हुँदै जान सक्छ। तर हामीले प्रयासै नगर्नु चाहिँ भएन। भाषिक विकासको अवसर नै नपाएको नेपाल भाषाले त्यो अवसर पाउनुपर्छ।

शाह काल, राणा काल र पञ्चायती शासनमा यही राज्यसत्ताले नेपालका विविध भाषाहरूलाई मार्न खोजेको थियो। यही राज्यको नीतिले नेपालमा गोरखा भाषाको एक मात्र सर्वोच्चता र आधिपत्य स्थापित गर्न हरसम्भव प्रयास गरेको थियो। त्यसैले यी पछाडि पारिएका र बहिष्करणमा पारिएका भाषाहरूको पुनः उत्थान गर्ने दायित्व पनि यही राज्यसत्ताको हो।

नेपालको राजधानी पनि नेपाल खाल्डोमा उपस्थित छ। यही भूमिमा रहिआएको राजधानीले यही भूमिको भाषालाई गलहत्ती लगाएको राजधानीले यस माटोको ऋण तिर्न बाँकी छ।

नेपाल भाषालाई समान अधिकारः

हाल स्थानीय निकायको सीमित अभ्यास हेर्दा नेपाल भाषालाई समान अधिकार प्रत्याभूत गराएको देखिँदैन। नेपाल भाषामा निवेदन लेखे निवेदन दर्ता हुने, तर एउटा नेपाल भाषा डेस्कले त्यसको पर्वते भाषामा अनुवाद गर्ने अनि बल्ल कामकाज हुने प्रावधान गरेको छ।

यसले पुनश्चः पर्वते भाषाकै वर्चस्वतालाई पुनःस्थापित गर्छ भने नेपाल भाषामा निवेदन दिए प्रक्रिया लम्बिने मात्र देख्नाले सेवाग्राहीहरू भाषाको प्रयोगबाट निरूत्साहित हुन्छन्। नेपाल भाषालाई कामकाजी भाषा बनाएको प्रदेश र स्थानीय तहले नेपाल भाषालाई पर्वते भाषा बराबरको समान अधिकार दिलाउनुपर्छ।

क्यानडाको द्विभाषिक नीतिलाई उदाहरणीय मानिन्छ जसमा अंग्रेजी र फ्रान्सेलीलाई बराबरको अधिकार दिइएको छ। कुनै ऐन कानुन प्रकाशन गर्दा अंग्रेजी र फ्रान्सेली ुसाइड(बाइ(साइडु रहन्छन्। कुनै सार्वजनिक स्थानको बोर्डमा दुबै भाषा दायाँ(बायाँ गरी बराबरको अक्षाकारमा लेख्नुपर्छ। सार्वजनिक सूचनाहरू दुबै भाषामा एकै समयमा प्रकाशन हुन्छ।

प्रदेश सरकारले गर्नुपर्नेः

प्रदेश तहमा नेपाल भाषा सरकारी कामकाजको भाषा हुन सक्ने प्रदेश बागमती प्रदेश हो। यहाँ तामाङ भाषा पनि सिफारिस भएको छ। अर्थात् बागमती प्रदेशले पर्वते भाषालाई दिएको अधिकार बराबरको अधिकार नेपाल भाषा र तामाङ भाषालाई दिनुपर्छ।

बागमती प्रदेशमा देशैभरिका जनताको बसोबास रहेको पाइन्छ। तथापि पहिलो चरणमा भने बागमती प्रदेश सरकारले यस प्रदेशका रैथाने भाषाहरू पहिचान, सूचीकरण तथा तिनको थातथलोको रेखांकन गर्नुपर्छ। यही प्रदेशका रैथाने वा मूलभाषाहरूलाई बागमती प्रदेश सरकारले पहिलो प्राथमिकता दिनुपर्छ।

प्रदेश सरकार उदार भएर यहाँका सबै रैथाने भाषाहरूलाई प्रदेश तहमा कामकाजी बनाउन पहल गर्नसके अझै उपयुक्त हुन्थ्यो। नभए पनि नेपाल भाषा र तामाङ भाषा बाहेकका रैथाने भाषालाई तिनको मूलथलो रहेको क्षेत्रमा कामकाजी बनाएर प्रदेश तहमा औपचारिक भाषाका रूपमा स्थापित गर्न सकिन्छ।

जस्तैः चितवन जिल्लाभर जिल्ला तह र स्थानीय तहमा चितवनीया थारू भाषा कामकाजको भाषा बनाउन सकिन्छ र प्रदेश तहमा त्यसलाई औपचारिक भाषा। ह्योल्मो भाषालाई हेलम्बू गाउँपालिका तहमा कामकाजको भाषा बनाउन सकिन्छ र प्रदेश तहमा त्यसलाई औपचारिक भाषा।

सर्वप्रथम भाषा प्रयोगमा ल्याउन अगाडि भाषाप्रेमी, भाषा अभियन्ता, भाषाविद् र भाषविज्ञहरूलाई संलग्न गरी ुबागमती प्रदेश भाषा प्रज्ञा प्रतिष्ठानु गठन गर्नुपर्छ। यसअन्तर्गत ुनेपाल भाषा प्रज्ञा प्रतिष्ठानु गठन गर्न सकिन्छ। बागमती प्रदेशका सबै रैथाने भाषाहरूको प्रज्ञा प्रतिष्ठान तिनै भाषाको मूलथलोमा कार्यालय हुने गरी र प्रदेश राजधानीमा समन्वय समिति हुने गरी गठन गर्न सकिन्छ। नेपाल भाषाका विशेष भाषिकाहरूका लागि नेपाल भाषा प्रज्ञा प्रतिष्ठानले विशेष समितिहरू बनाउन सक्छ। क्षेत्रगत विज्ञताका आधारमा पनि समिति बनाउन सकिन्छ।

प्रतिष्ठानले मानक व्याकरण र मानक लेखनका मापदण्डहरू तयार गर्नुपर्छ। यसरी क्षेत्रगत विज्ञ र भाषा विज्ञको साझेदारीमा कामकाजी भाषाका रूपमा कार्यन्वयनार्थः आवश्यक शब्दकोष निर्माण गर्नुपर्ने हुन्छ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनै अंगमा प्रयोग हुने शब्दहरूको निर्माण, खोजी लगायतका कार्य हुनुपर्छ। नेपाल भाषाका विशेष भाषिकाहरूको हकमा स्थानीय तह वा वडा तहका लागि सान्दर्भिक शब्द निर्माण वा मानक नेपाल भाषाबाट अनुशरण गर्न सकिन्छ भने त्यहीअनुसार गरी आवश्यकता अनुरूप शब्दकोष बनाउन सकिन्छ।

शब्द निर्माण मात्र पर्याप्त छैन। शब्दलाई समाजसामु चिनाउनु पनि पर्छ। भाषालाई व्यवहारमा उतार्न तयारी हुनुपर्छ। नेपाल भाषाको कुरा गर्दा नेपाल भाषा एक क्रियापद अभिमुखिकृत भाषा हो। पर्वते भाषाजस्तै नाम अभिमुखिकृत भाषा होइन। पर्वते भाषामा ुगर्नुु र ुहुनुु दुई क्रियापद मात्र प्रयोग गरेर अरू सबै नाम शब्दले पनि भाषा चल्न सक्छ। तर नेपाल भाषाको मूल अंश नै क्रियापद हो।

उदाहरणका लागिः ुदर्ताु लाई ुदुतिनेज्याु भनिन्छ। पर्वते भाषामा ुदर्ता गर्नुु भनिएझैं नेपाल भाषामा ुदुतिनेज्या यायेु भन्नु मिलेन। किनभने पर्वते भाषामा ुदर्ताु एक मूल शब्द हो। नेपाल भाषामा ुदुतिनेज्याु व्युत्पन्न शब्द हो। ुदुतिनेु ९भित्र्याउने० क्रियापदमा ुज्याु ९काम० जोड्दा ुदुतिनेज्याु हुन्छ। त्यसैले ुदर्ता गर्नुु लाई ुदुतिनेु भनिन्छ। ुदर्ता गरियोु लाई ुदुतिनु भनिन्छ। यसरी शब्दको खोजी मात्र होइन भाषाको प्रयोगमा उतारको पनि बुझाइ हुनुपर्छ।

प्रत्येक भाषा आफैंमा एउटा छुट्टै संसार हो। भाषाविज्ञानका अनुसार प्रत्येक भाषाले संसारलाई हेर्ने भिन्नभिन्न तरिका दिन्छ र हाम्रो संसारको दृष्टिकोण पनि हाम्रो भाषाले आकार दिएको हुन्छ। भाषाविज्ञानमा यसलाई ुलिङ्ग्विस्टिक रिलेटिभिटिजम्ु भनिन्छ। अर्थात् हाम्रो भाषाले हाम्रो वास्तविकताको निर्माण गर्छ।

ुलिङ्ग्विस्टिक डिटर्मिनिजम्ु भन्ने अवधारणा पनि छ। यसको अर्थ हाम्रो सोच प्रक्रिया, अवधारणा र कुनै पनि कुरालाई कसरी वर्गीकरण गर्दछौं भन्ने विषय हाम्रो भाषाले निर्धारण गर्छ भन्ने हो।

भाषा भनेको ुआँखाु लाई ुमिखाु र ुमिखाु लाई ुआँखाु भन्नु मात्र होइन। नेपाल भाषामा फुपाजुलाई पनि पाजु र मामालाई पनि पाजु किन भनिएको हो भन्ने बुझ्नु पनि हो। माकु र फाकुलाई पर्वते भाषामा शब्द नहुनु पनि हो। पर्वते भाषामा ुमागु भने पुग्ने नेपाल भाषामा ुमाः धायेु ९डिमान्ड० र ुफ्वनेु ९बेग० भनेर छुट्याउन पर्नु पनि हो। पर्वते भाषामा ुलगाउनेु भन्दा पुग्ने तर नेपाल भाषामा कम्मरमाथि लगाउँदा ुफियेु, कम्मरमुनि लगाउँदा ुन्ह्यायेु, कम्मरमा लगाउँदा ुहिनेु, साडी लगाउँदा ुसिनेु, गहना लगाउँदा ुतियेु, टोपी लगाउँदा ुपुयेु, गलबन्दी लगाउँदा ुन्ययेु, माला लगाउँदा ुक्वखायेु र लुगा मात्र शब्दमा ुपुनेु भन्दा त्यसमा निहित सुरक्ष्मदर्शी दृष्टिकोण पनि हो।

नेपाल भाषामा आफूसहितको एक समूह जनाउने सर्वनाम प्रयोग गर्दा सुन्ने व्यक्ति त्यसमा समावेश छ वा छैन भन्ने सोच्नुपर्छ। सुन्ने व्यक्ति समावेश भए ुझीु भनिन्छ, समावेश नभए ुजिपिंरजिपुुं भनिन्छ। पर्वते भाषामा ुहामीु सर्वनाम प्रयोग गर्न यसरी सोच्नु पर्दैन। कतिपय भाषा ९जस्तैः युरोपेली भाषा, हिन्दी, इत्यादी० का वक्ताले नीर्जिव वस्तुको पनि लैंगिकता परिकल्पना गर्नुपर्छ।

जर्मन भाषामा पुल स्त्रीलिंगी हुन्छ भने स्पेनी भाषामा पुल पुलिंगी हुन्छ। त्यसैले जर्मन भाषाका साहित्यमा पुलको व्याख्या गर्दा ुपुरुषत्वु जनाउने शब्द प्रयोग भएको पाइन्छ भने स्पेनी भाषाका साहित्यमा पुलको व्याख्या गर्दा ुनारीत्वु जनाउने शब्दको प्रयोग भएको पाइन्छ। हिन्दीमा नदीलाई स्त्रीलिंगी मानिन्छ, ुनदी बेहती हैु भनिन्छ ुबेहता हैु भनिँदैन।

नेपाल भाषामा केही प्रकारका नामिक शब्द बाहेक अरूमा लैंगिकताको परिकल्पना गर्नु पर्दैन।

मैले केही समययता तामाङ ताम भन्ने पुस्तकको अध्ययन गर्दा तामाङ भाषाको गणनामा प्रयोग हुने बिसा प्रणालीबारे जान्ने मौका पाएँ। २५ ९पच्चीस० भन्नुपर्दा एक बिसा पाँच, ८४ ९चौरासी० भन्नुपर्दा चार बीसा चार भनिन्छ। यहाँ बिसा अर्थात् २० ९बीस० र त्यसअगाडिको अंकले बीसलाई गुणन गर्ने, त्यसपछिको अंक भने जोड्ने प्रणाली रहेछ। एक बिसा पाँच भन्दा १ ह् २० ं ५ . २५।

बिसा प्रणाली प्रयोग गर्ने तामाङ भाषीको मस्तिष्कले बुझ्ने गणना पर्वते भाषी वा अरू भाषी व्यक्तिभन्दा फरक हुन्छ। विविध भाषाको प्रयोग भनेकै यी विविध संस्कार र विविध दृष्टिकोणलाई फस्टिन दिनु हो।

पहिले पर्वते भाषामा मात्र हुने संवादहरू, अब नेपाल भाषामा पनि हुन थालेपछि यसले ती संवादहरूलाई नयाँ आयाम पनि दिन्छ। पर्वते भाषाको दृष्टिकोणले हेरिने संसारसँगै नेपाल भाषाको दृष्टिकोणले हेरिने संसार खडा हुने अवसर दिन्छ।

विज्ञहरू बसेर भाषा प्रयोगको खाका बनाएपछि प्रशिक्षक जनशक्ति तयार गर्नुपर्ने हुन्छ। यसपछि क्रमशः नेपाल भाषाको पाठ्यक्रम निर्माण गर्ने र पाठ्यपुस्तक लेखनको कार्यलाई तीव्रता दिन सकिन्छ। सुरूमा नेपाल भाषा एक विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्दै बिस्तारी विज्ञान, गणित, सामाजिक शिक्षा जस्ता विषयको सामग्री तयार गर्दै लान सकिन्छ। कम्तीमा एक विषयको एक तहमा एक पुस्तक मात्र तयार भए पनि सुरूको चरणमा पर्याप्त छ।

सर्वप्रथम शिक्षामार्फत् लागू गर्नुपर्छ। शिक्षाले नै जनशक्ति उत्पादन गर्ने हो। काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकाले यसमा सराहनीय काम गरेको छ। नयाँ पुस्ताको जनशक्ति विद्यालय शिक्षामार्फत् तयार गर्न सकिन्छ। विद्यालय उत्तीर्ण जनसंख्याका लागि नेपाल भाषा लेखन प्रशिक्षणका कक्षाहरू टोल(टोलमा सञ्चालन गरी नेपाल भाषामा साक्षर जनशक्ति खडा गर्न सकिन्छ। त्यसै गरी नेपाल भाषा पुस्तान्तरण हुन नसकेका व्यक्तिहरूले भाषा सिक्न सक्ने अवसरहरू उपलब्ध गराउन सकिन्छ।

यसरी एकहातले राज्यका निकायमा प्रवेशका लागि प्रदेश लोक सेवामार्फत् नेपाल भाषामा कामकाज गर्न जान्ने जनशक्तिको नियुक्ति गर्दै अर्को हातले जनमानसलाई नेपाल भाषामा साक्षर बनाई सेवाग्राही जनसंख्या पनि सबलीकरण गर्न सके नेपाल भाषा कार्यान्वयन प्रभावकारी बन्न सक्छ।

तथ्यांकको राजनीतिः

कुनै पनि भाषाको अवस्था बुझ्न र उक्त भाषाको उत्थानका लागि योजना निर्माण गर्न सही तथ्यांकको आवश्यकता पर्छ। पक्कै पनि सही तथ्यांक पाउनु एक चुनौतीपूर्ण कार्य हो। तर नेपालमा भाषाको तथ्यांक भाषिक विकास प्रयोजनका लागि भन्दा पनि कुन भाषालाई गलहत्ती लगाउन सकिन्छ र कुनलाई सकिँदैन भन्ने आधार तयार पार्ने माध्यम बनेको छ। संविधानले पनि प्रदेश तहमा बहुसंख्यक जनताले बोल्ने भाषालाई कामकाजी भाषा बनाउनुपर्छ भनेपछि उक्त बहुसंख्याको सूचीमा समावेश हुन भाषिक समुदाय लागिपर्नु पर्ने अवस्था सृजना गरिदिएको छ।

जनगणनाबाट नेपाल भाषा वक्ताको संख्या प्राप्त हुन्छ। नेपाल भाषाको पनि कुन भाषिका जानेका छन् भन्ने तथ्यांक प्राप्त गर्न सके यसले भाषिक व्यवस्थापनमा अझै सहजीकरण गर्थ्यो। नेपाल भाषा वक्ताले भाषा लेखपढ गर्न सक्छन् कि सक्दैनन्रु सक्छन् भने त्यसको स्तर के होरु लिपि जानेका छन् कि छैनन्रु

यस्ता यावत् विषयमा तथ्यांक भए भाषाको उत्थानका लागि रणनीति तयार गर्न सहज हुन्थ्यो। भाषा आयोगले पनि छुट्टै भाषिक सर्वेक्षण हुनुपर्ने माग उठाउँदै आएको छ।

तर भाषिक समुदाय जनगणनामा आफ्नो भाषाको वास्तविक अवस्था देखाउन तयार छैन र यसो हुनबाट राज्यले नै बाध्य पारेको छ। जनगणनाको तथ्यांकलाई देखाएर पर्वते भाषाबाहेक अरू भाषालाई अधिकारच्यूत अवस्थामा राखिराख्ने र तिनको मान्यतालाई इन्कार गर्न सक्ने आधारका रूपमा जनगणनाको तथ्यांकलाई प्रयोग गर्ने अवस्था राज्यले खडा गरेको हुनाले आफ्नो मातृभाषा नबोले पनि, नबुझे पनि जनगणनामा टिपाउने गरेका छन्।

पर्वते भाषाबाहेकका अरू भाषाहरूको अवस्था खस्किँदै जानु यही राज्यसत्ताले लिएको एकलभाषी नीतिको परिणाम हो। अब त्यही कमजोर अवस्थालाई देखाएर बहुभाषिकता अंगिकार नगर्ने आधार पनि देखाउन खोजिँदैछ। कुनै भाषाको कमजोर अवस्था देखिनु त्यो भाषालाई डाँडा कटाउन सकिन्छ भन्ने आधार तयार गर्न नभएर उक्त भाषाको उत्थानमा राज्य लागिपर्नुपर्छ र लागिपर्नेछ भन्ने मान्यता स्थापित नभएसम्म भाषिक समुदायले पनि आफ्नो मातृभाषाको कम संख्या देखाउनु आत्मघाती ठान्नेछन्।

अतः समुदाय स्तरबाट दशकौंसम्म भाषा आन्दोलन र अनेकौं पहल भएको छ। अब राज्यले आफ्नो देशको भाषाप्रति जिम्मेवारी वहन गर्नुपर्छ। गोरखाली राजतन्त्र, राणा शासन र पञ्चायती व्यवस्थाले गर्न खोजेको भाषिक संहारलाई अबको लोकतान्त्रिक गणतान्त्रिक सरकारले उल्ट्याउनुपर्छ।

यो समाचार आजको सेतोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑