• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नयाँदिल्ली, फागुन १०- भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाको एउटा जहाज मंगलबार बिहान दिल्लीबाट किएभका लागि उडिसकेको छ।

युक्रेनमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन अरू पनि उडान गर्ने भारतको तयारी छ।

विद्यार्थीसहित युक्रेनमा २० हजार बढी भारतीय रहेको तथ्यांक छ।

रूस र युक्रेनको सीमामा केही हप्तादेखि जारी तनाव चरणमा प्रवेश गरेको छ। सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्।

रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। ती दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका हुन्।

ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

सोमबार राति टेलिभिजनबाट सम्बोधन गर्दै पुटिनले युक्रेन रूसी इतिहासको अभिन्न अंग भएको बताएका थिए। दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने आफ्नो निर्णयलाई रूसी नागरिकले साथ दिने उनको विश्वास थियो।

पुटिनको निर्देशनको केही घन्टामै डोनेस्क सहरमा रूसी सैनिकका ट्यांकहरू देखिएको रोयटर्सका संवाददाताले देखेका छन्।

अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकले अहिले रूस(युक्रेनको सीमामा साढे १ लाख बढी रूसी सैनिक तैनाथ रहेको बताएका छन्। पृथकतावादीको नियन्त्रणमा रहेका यी दुई क्षेत्रमा यसअघि नै सादा पोशाकमा रूसी सैनिक पुगिसकेको भए पनि पुटिनको आदेशपछि हतियारधारी सैनिकलाई त्यहाँ जान बाटो खुलेको बताइएको छ।

पुटिनले पुरै युक्रेनभरि नै सेना पठाउने योजना बनाएका छन् कि छैनन् भन्ने खुलिसकेको छैन। उनको नयाँ कदमले त्यसका लागि वातावरण बनाएको देखिएको छ।

युक्रेनका विषयमा छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको छ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। पुटिनको कदमपछि उनले टेलिभिजनबाट सम्बोधन गर्दै युक्रेनी नागरिकलाई नडराउन आग्रह गरेका छन्। उनले रूसी कदमबाट आफ्नो देशको सीमा परिवर्तन नहुने बताएका छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले डोनेस्क र लुहान्स्क क्षेत्रमा संलग्न केही रूसी अधिकारीहरूमाथि प्रतिबन्धमा हस्ताक्षर गरेका छन्।

यो समाचार आजको सेतोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑