
काठमाडौं, फागुन ९- ब्रिगेड ब्याइज क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ।

१२औं चरणको खेलमा नवप्रवेसी क्लब सातदोबाटो युथ क्लबसँग ३(२ गोलले पराजित भएसँगै ब्रिगेड बी डिभिजनमा झरेको हो।
अन्तिम खेलअघि ब्रिगेडले ७ अंक मात्र जोड्न सक्यो। ब्रिगेडभन्दा माथि रहेको फ्रेन्ड्स क्लबको १० अंक छ। हेड टु हेडमा फ्रेन्ड्स अघि रहेकाले ब्रिगेड अन्तिम खेलअघि नै बी डिभिजनमा झरेको हो।
यसअघि च्यासल युथ क्लब पनि रेलिगेसनमा परेको थियो।
२०४३ सालमा स्थापना भएको ब्रिगेड योसँगै तेस्रो पटक रेलिगेसनमा पर्यो। यसअघि २०६३ र २०६८ सालमा पनि ब्रिगेड रेलिगेसनमा पर्दै बी डिभिजनमा पुगेको थियो।
अघिल्लो सिजन पनि ब्रिगेड बल्लतल्ल रेलिगेसनबाट जोगिएको थियो। ब्रिगेड १४ मध्ये १२औं स्थानमा रहेको थियो।
ब्रिगेड रेलिगेसनमा परेसँगै नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबलाई अन्तिम खेलअघि राहत मिलेको छ।
यता जितसँगै सातदोबाटो भने १८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।
यो समाचार आजको सेतोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर