• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुनको मूल्य घट्ने-बढ्ने किन भइरहेको छ ?

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

९ फागुन, काठमाडौं – फागुनमा नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुग्यो । २ फागुनको तुलनामा तोलामा एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ प्रतितोला कायम भयो । जुन अघिल्लो वर्षको तुलनामा तोलामा ७ हजार ७ सय रुपैयाँले बढी हो ।

९ फागुन २०७७ मा नेपाली बजारमा छापावाल सुनको मूल्य ८९ हजार रुपैयाँ मात्रै थियो । माघ अन्तिम साताबाट बढ्न सुरु भएको सुनको मूल्य फागुन दोस्रो साता सुरु हुँदासम्म तीव्र उतारचढाबकाबीच बढ्दो क्रममा छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार दुइ सातायता सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँभन्दा माथि नै छ । सुनको उच्च माग हुने विवाहको सिजनमै मूल्यमा नयाँ रेकर्ड बनेपछि सुन खरिदकर्ताहरु सुनको मूल्य कहाँ पुग्छ भन्ने चिन्तामा छन् ।

दुइ सातायता मूल्यमा उतारचढाव

२५ माघयता मात्रै सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ । २५ माघमा तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ फागुनमा उच्च रेकर्डमा पुग्यो । त्यसयता पनि सुनको मूल्य तोलामा ९५ हजारबाट तल झरेको छैन । २६ माघमा प्रतितोला ९३ हजार ४ सय, २७ माघमा ९३ हजार ९ सय र २८ माघमा सुनको मूल्य ९४ हजार पुग्यो । यस्तै १ फागुनमा प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ फागुनमा स्थिर रह्यो । ३ फागुनमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुग्यो । उक्त दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भयो ।

४ फागुनमा एकै दिन तोलामा एक हजार ६ सय रुपैयाँले ओरोलो लागेको सुनको मूल्य ५ फागुनमा पुनः तोलामा एक हजार रुपैयाँले वृद्धि भएर ९६ हजार एक सय रुपैयाँमा पुग्यो । ५ फागुनमा चार सयले बढेर ९६ हजार पाँच सय रुपैयाँ पुगेको सुनको मूल्य ६ गते एक सय रुपैयाँ मात्रै वृद्धि भयो । ८ फागुनमा प्रतितोला एक सयले बढेर पुनः ९५ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य ९ फागुनमा चार सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय मूल्य ट्रेन्ड
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विदेशबाट कोटामा खरिद गरेर बिक्री गरिने सुनको मूल्य उतारचढाबमा स्वदेशी कारण केही हुँदैन । पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै तीव्र उतारचढाबपूर्ण रहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । गोल्ड प्राइस डटकमकाअनुसार ७ फेब्रुअरीयता सुनको मूल्य प्रतिऔंश ७८।२३ डलरले वृद्धि भएको छ ।

बजार मागको तुलनामा उत्पादन कम हुनु, विभिन्न ठूला मुलुकका रिजर्भ बैंकले सुन खरिद बढाउनु, अन्तर्राष्ट्रिय बजारमा मुद्रास्फीति बढ्नु जस्ता कारणले सुनको मूल्य वृद्धिमा सहयोग पुर्‍याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अब के हुन्छ मूल्य
सुनबारे सरोकार राख्ने विभिन्न संघसंस्थाहरुका अनुसार सुनको सिक्काको माग अन्तर्राष्ट्रिय बजारमा पछिल्लो दुई वर्ष यताकै उच्च छ । वर्ल्ड गोल्ड काउन्सिलकाअनुसार सन् २०२१ को समग्र सुनको सिक्काको माग पछिल्लो ८ वर्ष यताकै उच्च अर्थात ३१ प्रतिशतले बढेको छ । सन् २०२१ मा सुनको औद्योगिक खपत पनि बढेका कारण आगामी वर्ष सुनको मूल्य बढ्न सक्ने काउन्सिलको पूर्वानुमान छ ।

कोभिड(१९ का कारण पहिलो पटक २३ साउन २०७७ मा अन्तर्राष्ट्रिय रुपमै भएको लकडाउनले सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च एक लाख ३ हजार ५०५ रुपैयाँ पुगेको थियो । त्यसयता ओरोला लागेको सुनको मूल्य यूक्रेन र रसियाको तनाबका कारण उकालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघको बुझाइ छ । कच्चा तेलको भाउ जस्तै युक्रेनमाथि आक्रमण भए सुनको भाउ बढ्ने र नभए घट्दै जाने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑