• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बहसमा डिजिटल करेन्सी : अध्ययन जारी, सुरुमा केही अप्ठ्याराे

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, फागुन ९ गते – छिमेकी देश भारतले डिजिटल करेन्सी सार्वजनिक गर्ने घोषणा गरिरहँदा नेपालमा पनि यस बारेमा बहस हुन थालेको छ । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन अध्ययन शुरु गरेको छ ।

कागजी नोटको साटो डिजिटल मुद्रा प्रयोग गर्ने गरी नेपाल राष्ट्र बैंकले अध्ययन थालेको हो । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन अध्ययन शुरु गरेको बैंकका प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरी अध्ययनको जिम्मा दिएको छ । अध्ययनका लागि एक महिना समय पाएको समितिले अध्ययन प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने छ । सन् २०२३ मा चीनको केन्द्रीय बैंकले पनि डिजिटल मुद्रा जारी गर्ने घोषणा गरि सकेको छ ।

यसका लागि विभिन्न अध्ययन भइरहेका छन् । सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) सफल्तापूर्वक अध्ययन गरी सकेकाले सफल हुँदै गएपछि सार्कस्तरीय मुलुकमा पनि डिजिटल करेन्सी सम्भावना हुन सक्छ भन्ने आंकलनमा राष्ट्र बैंकले पनि अध्ययन शुरु गरेको उहाँले बताउनुभयो ।

यो नोटको सट्टामा प्रयोग हुन्छ । नोटमा हुने जुन झन्झट हुन्छ त्यसको अन्त्य हुने उहाँको भनाइ छ । ‘ यसमा लागत कम लाग्ने, नोट छापेपछि सेकुरीटीका साथ अर्मी लगाएर राष्ट्र बैंकसम्म लानुपर्ने अनि मात्रै ग्रहाकसम्म पुग्ने, सबै च्यानल ब्रेक हुन्छ,’ उहाँले भन्नुभयो,‘नोटको सट्टा डिजिटल करेन्सी पाउनुहुने छ ।’

राष्ट्र बैंकले करेन्सी जारी गरेपछि अन्तर्राष्ट्रियरुपमा पनि ट्रान्सपोर्ट गर्न नपर्ने हुन्छ । अहिले डिजिटल ट्रानजेक्सन गरेको छ । तर व्याकपमा फिजिकल करेन्सी रहेको छ । जब डिजिटल करेन्सी लागू हुन्छ । अनि मात्रै फिजिकल आउट हुने उहाँले बताउनुभयो ।

अहिले डिजिटल करेन्सीको अध्ययन भारत, पाकिस्तान, श्रीलाङ्का, भूटानलगायतका गभर्नरहरुको फोरम सार्क फाइनान्सले गरिरहेको छ । यो एउटा जोइन्ट अध्ययन हो । यसमा राष्ट्र बैंकले पनि सहकार्य गरी अध्ययन अघि बढाएको हो ।

यो पहिलो चरणको अध्ययन भइरहेकाले गहिरो अध्ययनपछि मात्रै लागू गर्न सकिने नसकिने हुन्छ । अहिले नै केही अनुमान गर्न नसकिने सूचना अधिकारी पोखरेलले बताउनुभयो । बैंकहरु अध्ययनमा लागेका छन् । उहाँले भन्नुभयो,‘ शुरुमा केही भौतिक करेन्सी रहन्छ, शुरुमा डिजिटल करेन्सीमा जाँदा अप्ठेरो पर्ने सम्भावना हुन्छ ।’ अध्ययनको रिपोर्ट आइसकेपछि मात्रै अरु काम हुने उहाँको भनाइ छ ।

भौतिक मुद्रा र डिजिटल मुद्रामा फरक
भौतिक मुद्रा र डिजिटल मुद्रामा धेरै फरक रहेको पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो । उहाँका अनुसार राष्ट्र बैंकले डिजिटल मुद्रा ल्याउन अध्ययन शुरु गरे पनि बिटक्वाइट, क्रिप्टोकरेन्सी, हाइपर फण्डको विकल्पमा सम्पत्तिको सट्टाबजारीकारण हुन नसक्ने हुन्छ ।

उहाँका अनुसार जसरी अहिले मानिसले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । आजको भोलि धनी हुने हिसावमा लगानी गरेको हो । तर नेपाल राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीमा सट्टा बजारी गर्ने हुँदैन । तर मानिस अहिले भ्रममा रहेकाले क्रिप्टोकरेन्सीको सट्टा डिजिटल करेन्सी जारी गर्न लागेको सम्झिनेहरु क्रिप्टोको सामाधान गर्ने सोचेको बताउनुभयो ।

तर कुनै पनि हालतमा क्रिप्टोको सामाधान नहुने उहाँले जिकिर गर्नुभयो । ‘यो आजको आवश्यकता पनि हो’ उहाँले भन्नुभयो,‘ डिजिटल करेन्सी चाहिन्छ, यसले कारोबारलाई सुरक्षित र सजिलो बनाउने हुन्छ ।’ मोबाइल वालेटभन्दा त्यो सुरक्षित हुन्छ । पहिले गोजीमा मुद्रा राखे जस्तो नोट हुँदैन । राष्ट्र बैंकले यो गर्नैपर्ने हुन्छ । तर यो गर्दैमा क्रिप्टोकरेन्सी हटेर जान्छ भन्ने छैन ।

उहाँका अनुसार जो सूचना प्रविधिमा आभ्यस्त छ । त्यसलाई डिजिटल करेन्सी जारी हुँदा समास्या हुँदैन । तर कतिपय ग्रमीण क्षेत्रका मानिसका लागि गाहे हुने उहाँको भनाइ छ । ‘ अहिले सोचेभन्दा बढी गाउँका मानिस स्मार्ट छन्,’ उहाँले भन्नुभयो, ‘मोबाइल चलाउन नआउने मानिस नेपालमा नहेकाले यो चलाउनुभन्दा उपकरणको समास्या हुन सक्छ, मोबाइल चलाउन सक्ने भएर मात्र हुँदैन, गतिलो मोबाइल चाहियो,’ खनालले भन्नुभयो ।

मोबाइल चलाउन लगभग सबै नेपालीले जाने पनि राम्रो खालको मोबाइल किन्न सक्ने हैसियात सबै नेपालीको नरहेकाले गाहे हुन्छ । मोबाइलमा भएको सप्टवेयरले काम गरेन, मोबाइल गतिलो भएन भने सफ्वेयरमा राखेको डेटा पनि सुरक्षित नहुने उहाँको भनाइ छ ।

सबै मोबाइलले अपडेट गर्दैन । विद्युतीय करेन्सी राख्नको लागि सफ्टवेयर अपडेट हुनुपर्यो । अप्रेटिङ्ग सिस्टम, डिभाइस गतिलो हुनुपर्यो । त्यो धेरै नेपालीले खर्च गर्न सक्दैनन् । बैंकमा खाता खोल्न मिल्ने भएकाले डिजिटल करेन्सी चलाउन समास्या नहुने पूर्व अर्थ सचिव खनालले बताउनुभयो ।

उहाँका अनुसार अहिले खुद्रा, तरकारी, पेट्रोल पम्पलगायत हरेक ठाउँमा ई–सेवा, खाल्तीलगायत एपबाट पैसा पेमेन्ट गर्न सकिन्छ । यसका लागि नेपालभर सेवा उपलब्ध छ । उपकरणको समास्याका कारण राम्रो मोबाइल हुनेबाट काम गर्न लगाउने र काम भयो भएन भनेर सोध्नुपर्ने बाध्यता हुन सक्छ ।

 

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑