९ फागुन, काठमाडौं – काठमाडौंमा पछिल्ला केही हप्तायता विरोध कार्यक्रमहरुको लहर छ । कतै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको त कतै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ९एमसीसी०विरुद्ध विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनले प्रदर्शन गर्दै आइरहेका छन् ।
एमसीसीको विरोधमा पछिल्लो साता नयाँ बानेश्वर क्षेत्रमा भेला भएका प्रदर्शनकारी सुरुमै टायर सल्काउँछन् । मानौं, भर्भराउँदै बल्ने टायरको आगो र धुवाँको मुस्लोले आन्दोलन सशक्त बनाउँछ र माग छिटो पूरा हुन्छ । पछिल्ला केही वर्ष काठमाडौंमा हुने विरोध प्रदर्शनमा टायर नबालेको धेरै भइसकेको थियो । तर एमसीसी विरोधीको प्रदर्शनमा पुनः टायरले प्रवेश पायो । वातावरणीय विज्ञान बुझ्नेहरु यस्तो गतिविधि देखेर विरक्तिएका छन् ।
उनीहरुका अनुसार आन्दोलनका अरु पनि सिर्जनात्मक विधि हुन सक्छन् । आफ्ना आवाज सरकारसम्म पुर्याउन सकिने दबावमूलक अरु तरिका पनि हुन सक्छन् । तर, सार्वजनिक स्थलमा टायर बाल्नु आत्मघाती काम ९सुसाइडल फायर० जस्तै भएको वातावरणविदहरुको टिप्पणी छ ।
त्रिभुवन विश्वविद्यालयका वातावरणीय विज्ञान संकायका प्रा। डा। केदार रिजाल पछिल्लो समय देखिएको टायर बाल्ने गतिविधिलाई ‘जघन्य अपराध’ भन्छन् । सभ्य र जिम्मेवार नागरिकहरुले सार्वजनिक स्थलमा जुनसुकै नाममा यस्तो कार्य गर्न नहुने उनी बताउँछन् ।
‘दलहरुको चुनावी घोषणा पत्रमा पनि वातावरण संरक्षणबारे त्यत्रा प्रतिवद्धताहरु छन्, कानुनले स्पष्ट रुपमै ‘वेस्ट बर्न’ निषेध गरेको छ,’ प्रा। डा। रिजाल भन्छन्, ‘तर, राजनीतिक नेता(कार्याकर्ताले सामान्य नागरिकको ‘सेन्स’ पनि नदेखाउँदा एकैपटक ठूलो समुदायलाई गम्भीर असर पार्ने काम भइरहेको छ ।’
‘राष्ट्रवाद’को नाममा भइरहेको भनिएको यो टायर बाल्ने कामलाई उनी जनहितविपरीतको ‘महामुख्र्याइँ’को रुपमा टिप्पणी गर्छन् । यसको वातावरणीय परिणाम घातक हुने उनी बताउँछन् ।
नेपाल केमिकल सोसाइटीका महासचिव इन्दुविक्रम जोशी सल्किएपछि ननिभ्ने र ठूलो लप्कासहित बल्ने भएकाले आन्दोलन गर्नेहरु टायर बाल्न लोभिएको हुनसक्ने बताउँछन् । तर, यस्तो गतिविधि गर्नेहरुले आफूसहित वायुमण्डलमुनिका सबै चराचरको स्वास्थ्यमा विष घोलिरहेको उनको भनाइ छ ।
‘जुनसुकै कारणले होस्, टायर बाल्नु ज्यादै खराब काम हो, यसो गर्दा वायुमण्डलमा विषालु ग्यास फैलन्छ,’ उनी भन्छन्, ‘टायर बालेर वरपर बस्नु त विष पिएजस्तै हो, बुभेर पनि बेवास्ता गर्नेहरुले कमसेकम आफ्नो लागि नभए पनि परिवार, समाज देशलाई पर्ने असरबारे सोचिदिए हुन्थ्यो ।’
पश्चगमनको बाटो
विज्ञहरुका अनुसार २०७२ को महाभूकम्पपछि प्रमुख राजनीतिक दलहरुबीच संविधान निर्माणमा १६ बुँदे सहमति जुटेसँगै काठमाडौंसहित देशभरका शहरहरुले स्वच्छ हावा लिन पाएका थिए । संविधान जारी हुनुअघि देशभर दैनिकजसो हुने सडक प्रदर्शनमा जल्ने टायर पहिल्यै प्रदूषित सहरका लागि चुनौती बनेका थिए ।
पछिल्ला वर्षहरुमा आन्दोलनको शैलीमा केही परिवर्तन देखियो । विद्यार्थी संगठनहरुले गर्ने विरोध कार्यक्रममा पनि टायर बाल्ने क्रम घट्दै थियो । महामारी रोक्न सरकारले गतिलो पहल नगरेको भन्दै भएका ‘इनफ इज इनफ’ आन्दोलनदेखि गुठी विधेयक विरोधी अभियानसम्म टायरहरु बलेनन् ।
गत वर्ष संसद विघटनको विरोधमा देशब्यापी राजनीतिक प्रदर्शन हुँदा पनि छिटपुटबाहेक टायर बलेको थिएन । नारा लेखिएका पम्प्लेट लिएर उभिने, फूल रोप्ने, सडक सफा गर्ने, जिम्मेवार निकायका अधिकारीको फोटो सार्वजनिक स्थलमा टाँस्ने जस्ता आन्दोलनको नयाँ शैलीले टायर बाल्ने विकृत संस्कारलाई तोड्दै लगेको थियो ।
अझ पछिल्ला दिनमा पुराना टायरहरुमा कलात्मक बुटाहरु भरिन थालेको छ । नयाँ काम गर्न खोज्ने युवाले थोत्रा टायरलाई सिँगारेर टेबुल कुर्सीदेखि गमलासम्म बनाएर ‘बिजनेस’मा बदल्दा वहावाही पाइरहेकै छन् । यो संस्कारले पुराना टायरलाई वातावरण विनाशक नभएर अवसरको साधन बनाइरहेको थियो ।
तर, यो वर्ष पेट्रोलियमको भाउ बढ्दै गएपछि विद्यार्थीका विभिन्न संगठनले फेरि टायर झिकेर सडकमा ल्याए । विभिन्न सरकारी क्याम्पसअघिका सडक हुँदै पछिल्लो दिनमा बानेश्वर क्षेत्रसम्म नै आन्दोलनकारीले टायरमा आगो सल्काउने गलत संस्कार अपनाएका छन् ।
फेरि टायर बाल्न थाल्नुलाई वातावरणविज्ञहरु वातावरणीय ‘पश्चगमन’ भन्छन् । त्रिविका प्रा।डा। रिजाल समाजमा बढी जिम्मेवार देखिनुपर्ने राजनीतिक दलका नेता(कार्यकर्ता नै ‘वातावरणीय पश्चगमन’मा र्फकनुलाई विडम्बना मान्छन् ।
‘गाउँका कृषकले समेत वातावरणमा असर पर्ने घुरान, झारपात बाल्न हुँदैन भनेर बुझ्दैछन्,’ उनी भन्छन्, ‘अहिले सहरका सडक र चोकहरुमा टायर बाल्नेहरु आफूलाई शिक्षित ठान्छन् । चेतना भने ढुंगेयुगको प्रदर्शन गरिरहेका छन् ।’
काठमाडौंमा झन् जोखिम
वातावरणविद्हरुका अनुसार, जाडोमा टायर बाल्दा वातावरणीय हानी बढी हुन्छ । हावाको बहाव कम भएर गुम्म अवस्था हुने हिउँदको मौसममा बालिएको टायरको विभिन्न रसायनयुक्त धुवाँ वायुमण्डलमा बसिरहन्छ र वायुमण्डलको तामपक्रम बढाउँछ ।
काठमाडौं उपत्यकाको भूबनोटका कारण यस्ता रसायन हत्तपत्त वायुमण्डलमा नहराउने प्रा। डा। रिजाल बताउँछन् । ‘त्यसरी वायुमण्डलमा रहने हानिकारक धुवाँ ठूलो वायुमण्डलीय हलचलका साथ पानी पर्दा जमिनमा र्झछ’, उनी भन्छन्, ‘त्यसरी तल आएका अवशेषले जल र जमिनलाई प्रदूषित पार्छ ।’
वातावरण विभागका सहसचिव तथा प्रवक्ता सुरेन्द्रप्रसाद पौडेल टायर र रबरबाट बनेका चिज बाल्दा उत्पन्न हुने असरबारे मान्छेहरु सचेत नहुँदा समस्या बढेको बताउँछन् । उनी भन्छन् ‘हाम्रो वरपर वातावरणको विरुद्धमा गतिविधि हुन्छ भने त्यसले सबैलाई सकसमा पार्छ ।’
किन घातक छ टायरको धुवाँ
टायर बाल्दा कार्बन मोनोअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड जस्ता घातक ग्याँस निस्कन्छन् । यस्ता ग्याँसको सम्पर्कमा आउने मानिसमा छाला चिलाउने, आँखा पोल्ने, सास फेर्न गाह्रो हुने दमका समस्या देखिने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।
यसको प्रभावले मुटुरोग, मतिष्कघात र क्यान्सरजस्ता रोग हुने प्रमाणित भएको वातावरणविद् जोशी बताउँछन् ।
जथाभावी बालिने टायरका कारण मानव शरीरमा आनुवांशिक उत्परिवर्तन ९जेनेटिक म्युटेसन० को खतरा पनि हुन्छ । आनुवांशिक उत्परिवर्तनको लागि टायर बाल्ने काम दाउरा बाल्नेभन्दा १६ गुणा र कोइला बाल्दाभन्दा १३ हजार गुणा बढी जोखिमपूर्ण हुने वातावरणविज्ञहरु बताउँछन् ।
बालबालिका, वृद्धवृद्धा, दममा रोगी बलिरहेको टायरबाट निस्कने हानिकारक तत्वको सबैभन्दा बढी जोखिममा हुन्छन् । स्तनपान गराउने महिला टायरबाट निस्कने धुवाँको सम्पर्कमा आउँदा शिशुलाई समेत असर पर्छ । आमाले निल्ने यस्तो धुवाँमा हुने हानिकारक तत्व दूधमार्फत् शिशुको शरीरमा प्रवेश गर्ने अध्ययनबाट पुष्टि भएको छ ।
टायरबाट निस्कने धुवाँले गर्भवतीका साथै मुटु र फोक्सोको समस्या भएकाहरुलाई बढी असर गर्छ । टायर बाल्ने कार्यले मानव स्वास्थ्यका साथै वायु, जल र माटोलाई बिषाक्त बनाउँछ ।
टायर बाल्दा निस्कने कालो धुवाँमा क्याडमियम, निकेल, जिङ्क, पारो र क्रोमियम जस्ता स्वास्थ प्रतिकुल हेभी मेटल ९गह्रुँगा धातु० पनि हुन्छन् । बलिरहेको टायरबाट निस्कने तरल र ठोस पदार्थमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छ । ती रसायनले प्राणीलाई मात्र नभई माटो, नदीनाला र भूमिगत पानीलाई प्रदूषित गर्छन् ।
त्रिविका प्रा। डा। रिजाल सार्वजनिक स्थानमा टायर बालेर प्राप्त हुने राजनीतिक लाभ जतिसुकै ठूलो भएपनि वातावरणीय हानी त्यसभन्दा धेरै व्यापक हुने बताउँछन् ।
‘यस्तो विकृत कामबाट पाइने उपलब्धि भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय तथा र मानव स्वास्थ्यको संकटभन्दा ठूलो हुन सक्दैन,’ उनी भन्छन्, ‘भविष्य हेरेर आन्दोलनका रचनात्मक उपायहरु अपनाऔं, जसले हामी सबैको कल्याण गरोस् ।’
यो समाचार आजको अनलाईन खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर