
९ फागुन, काठमाडौं –अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेन संकटबारे छलफलका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्मेलन गर्न सहमत भएका छन् ।
युक्रेन संकटबारे छलफलका लागि पुटिनसँग सम्मेलन गर्न ‘सैद्धान्तिक रुपमा’ बाइडन सहमत भएका हुन् । तर रुसले युक्रेनमा हमला नगरेको अवस्थामा मात्रै फ्रान्सद्वारा प्रस्तावित सम्मेलन हुन सक्ने ह्वाइट हाउसले जनाएको छ ।
पुटिनसँगको टेलिफोन कुराकानीपछि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले सम्मेलनको प्रस्ताव गरेका हुन् । दुबै नेताबीच हुने सम्मेलनले युरोफमा दशकौंपछि कै खराब सुरक्षा संकटको कुटनीतिक समाधानको बाटो खोल्न सक्ने बीबीसीले जनाएको छ ।
पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव उत्कर्षमा पुगेको छ । अमेरिकाले रुसमाथि हमला गर्ने लक्ष्यसहित युक्रेनको सीमाना नजिकै झण्डै २ लाख फौज तैनाथ गरेको आरोप लगाएको छ । तर रुसले भने उक्त आरोप खण्डन गर्दै आएको छ।
यो समाचार आजको अनलाईन खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर