• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘मतदानमा गडबड गर्नेमाथि अनुशासनको लगाम चाहिन्छ’

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

९ फागुन-   सामान्यतया संविधानमा संघीय तहका विषयवस्तु ज्यादा समेटिन्छ भने प्रदेश र स्थानीय तहका कम । तर, कार्यकर्ताबाट हुने दल परिवर्तन मैलो भएको कपडा फेरे जस्तो विषय होइन । यो नैतिकतासँग जोडिएको सवाल हो । त्यतिबेला हतारमा संविधान लेखनका कामले वा ध्यान नगएकाले सबै विषयवस्तु समेटिएनन् ।

अस्ति भर्खरै स्थानीय तह निर्वाचन सम्बन्धमा निकै बहस भयो । संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने भन्ने व्यवस्था एकातिर थियो भने स्थानीय तह निर्वाचन ऐनमा दुई महिनाअघि नै निर्वाचन भएको हुनुपर्ने विरोधाभासयुक्त व्यवस्था भएको देखियो । यो सबै अन्योल मिलाउनुपर्ने अवस्था छ ।

पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लगाएर प्रजातन्त्रको हरण भयो । २०४७ सालको संविधानले दलहरूमाथि प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरिदियो । अहिलेको संविधानको धारा २६९ मा दलहरूमाथि प्रतिबन्ध लगाउन नपाइने व्यवस्था छ ।

कुनै पनि दल गठन गरेर राजनीतिक गतिविधि गर्न दर्ता हुनुपर्दैन । अहिले निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने परिपाटी केवल निर्वाचन प्रयोजनका लागि मात्रै हो । दलले आफ्नो गतिविधि सञ्चालन गर्न दर्ता गर्नै पर्दैन, त्यो स्वतन्त्रता संविधानले दिएको छ ।
कुनै दलले आफ्नो दलको सदस्यलाई कारबाही गरेपछि त्यो टुंगियो । निजामती कर्मचारीमाथि घुसको आरोपमा कारबाही गरेको शैली अपनाउनुपर्छ जस्तो मलाई लाग्दैन । अहिले एमालेका सांसद जोडिएका यो विषय विवादित बनेको छ । एमालेले कारबाही गरेका सांसदहरूले अहिले एकीकृत समाजवादी दल खोलिसकेका छन् । उनीहरू सरकारमा छन् । उनीहरूले त्यहाँबाट कार्यकारिणी निर्णय समेत गरिसके । तर एमालेले अहिलेसम्म पनि उनीहरूको अस्तित्व स्वीकार गरेको छैन । ऊ मैले निकालेकाहरू कहाँ संसदमा बस्न पाउँछन् भनिरहेको छ ।

सार्वजनिक सरोकारको विवादमा सर्वोच्च अदालतमा धेरै मुद्दा पर्ने गरेका छन् । रिट क्षेत्राधिकारको सिद्धान्त के हो भने सुरुमा निर्णय गर्ने अधिकारीले काम गरिसकेको छ भने मात्रै हेर्ने भनेर भारत र अमेरिकातिर विषयवस्तुमा प्रवेश गर्दैनन् । हाम्रोमा त बेलाबखत अरू अधिकारीहरूले गर्ने निर्णय समेत अदालत आफैंले गरेको देखिन्छ । पहिले सम्बन्धित अधिकारीले निर्णय गर्नुपर्ने हो, अनि मात्रै मिलेको छ कि छैन भनेर अदालतले हेर्नुपर्ने हो । उसको निर्णय नमिलेको भए बदर गर्ने हो । त्यस अर्थमा हामीकहाँ अलि बढी ‘ज्यूडिसियल ओभररिच’ भएको देखिन्छ ।

सर्वोच्च अदालतले संविधानको व्याख्या गर्छ । संविधानसँग बाझिएको ऐनलाई अदालतले महत्व पनि दिंदैन र संविधानसँग बाझिएको ऐनको मतलब पनि हुँदैन । अदालतले ऐनको यो प्रावधान संविधानसँग बाझियो भनेर घोषणा गरिदिनुपर्ने हुन्छ । असाधारण क्षेत्राधिकार प्रयोग गर्ने भएकाले अदालतले यसरी हेर्न सक्छ ।

अहिले सर्वोच्च अदालतको संवैधानिक इजलास चल्न सकेको छैन । भारतमा केशवानन्द भारतीको मुद्दा समेत छ, जहाँ सर्वोच्च अदालतले संविधानका आधारभूत मूल्यमान्यतामा प्रहार हुने गरी संविधान संशोधन गर्न मिल्दैन भन्ने समेत व्याख्या गरेको छ । हाम्रोमा पनि यस्तो महत्वपूर्ण विषयमा अदालतले बृहत् खालको इजलासमा मुद्दा पठाएर संविधानको व्याख्या गर्न सक्छ ।

सर्वोच्च अदालतले संविधानको व्याख्या गर्न संवैधानिक इजलासको मुख ताक्नु पर्दैन । अरू इजलासले पनि व्याख्या गर्न सक्छन् । संविधानको धारा १२८ (२) मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनिएको छ । यस्ता मुद्दा परेर लामो समय अल्मलिंदा देश अस्तव्यस्त हुन्छ, एउटा निकास दिनुपर्ने हुन्छ ।

विभिन्न इजलासमा रहेका एकै प्रकृतिका मुद्दा एकमुष्ट रूपमा हेरेर न्याय निरुपण गर्न पनि सक्नुपर्छ । फरक–फरक इजलासमा राय बाझिने र फरक आदेशबाट पर्नसक्ने द्विविधा हटाउन पनि यस्तो ‘कन्सोलिडेटेड हेयरिङ’ गर्न सकिन्छ । यस्तो मुद्दामा राम्रो ल्याण्डमार्क फैसला आउनुपर्ने हो । यस्ता मुद्दामा महान्यायाधिवक्ता बोलाएर एमिकस क्यूरी राखेर टुंग्याउनुपर्ने हो । सर्वोच्च अदालतले आफ्नो नोटिसमा आइसकेपछि संविधानसँग बाझिएका कानुनका बारेमा विवेचना गरेर खारेज गर्न सक्छ ।

तर, मिठो खाना देखेपछि सबैको मुखमा र्‍याल आउँछ । मन्त्री पद देखेपछि अर्को दलमा गएर भए पनि कुर्सीमा बस्न र्‍याल चुहाउने राजनीति हाम्रोमा चलिरहेको छ । राजनीतिमा नैतिकताको खडेरी छ । राजनीतिक नैतिकता र सुशासन भएका देशमा त यस्तो खासै आवश्यक देखिंदैन । दलको निर्वाचन चिह्नको आधारमा निर्वाचन लडेका हुनाले उम्मेदवार दलप्रति कृतज्ञ अथवा वफादार हुनुपर्छ । त्यसका लागि कानुनले मनासिव नियन्त्रण गरेको देखिन्छ ।

दलको ह्विप नमान्ने र मतदानमा गडबड गर्नेमाथि कारबाही नभए हाम्रो जस्तो मुलुकमा दलीय अनुशासन रहँदैन । मौका पर्‍यो भने अर्को दलमा हाम्फाल्ने प्रवृत्ति मौलाउँछ, त्यो नियन्त्रण आवश्यक छ । तर संविधानमा यस्ता विषयवस्तु विस्तृत रूपमा राखिंदैन । ऐनमा नै यसबारेमा व्यवस्था गर्न सकिन्छ । यस्तो विषयमा संविधान मौन भए पनि त्यसको भावना प्रतिकूल नहुने गरी ऐनमा व्यवस्था गर्न सकिन्छ ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑