• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘मतदानमा गडबड गर्नेमाथि अनुशासनको लगाम चाहिन्छ’

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

९ फागुन-   सामान्यतया संविधानमा संघीय तहका विषयवस्तु ज्यादा समेटिन्छ भने प्रदेश र स्थानीय तहका कम । तर, कार्यकर्ताबाट हुने दल परिवर्तन मैलो भएको कपडा फेरे जस्तो विषय होइन । यो नैतिकतासँग जोडिएको सवाल हो । त्यतिबेला हतारमा संविधान लेखनका कामले वा ध्यान नगएकाले सबै विषयवस्तु समेटिएनन् ।

अस्ति भर्खरै स्थानीय तह निर्वाचन सम्बन्धमा निकै बहस भयो । संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने भन्ने व्यवस्था एकातिर थियो भने स्थानीय तह निर्वाचन ऐनमा दुई महिनाअघि नै निर्वाचन भएको हुनुपर्ने विरोधाभासयुक्त व्यवस्था भएको देखियो । यो सबै अन्योल मिलाउनुपर्ने अवस्था छ ।

पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लगाएर प्रजातन्त्रको हरण भयो । २०४७ सालको संविधानले दलहरूमाथि प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरिदियो । अहिलेको संविधानको धारा २६९ मा दलहरूमाथि प्रतिबन्ध लगाउन नपाइने व्यवस्था छ ।

कुनै पनि दल गठन गरेर राजनीतिक गतिविधि गर्न दर्ता हुनुपर्दैन । अहिले निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने परिपाटी केवल निर्वाचन प्रयोजनका लागि मात्रै हो । दलले आफ्नो गतिविधि सञ्चालन गर्न दर्ता गर्नै पर्दैन, त्यो स्वतन्त्रता संविधानले दिएको छ ।
कुनै दलले आफ्नो दलको सदस्यलाई कारबाही गरेपछि त्यो टुंगियो । निजामती कर्मचारीमाथि घुसको आरोपमा कारबाही गरेको शैली अपनाउनुपर्छ जस्तो मलाई लाग्दैन । अहिले एमालेका सांसद जोडिएका यो विषय विवादित बनेको छ । एमालेले कारबाही गरेका सांसदहरूले अहिले एकीकृत समाजवादी दल खोलिसकेका छन् । उनीहरू सरकारमा छन् । उनीहरूले त्यहाँबाट कार्यकारिणी निर्णय समेत गरिसके । तर एमालेले अहिलेसम्म पनि उनीहरूको अस्तित्व स्वीकार गरेको छैन । ऊ मैले निकालेकाहरू कहाँ संसदमा बस्न पाउँछन् भनिरहेको छ ।

सार्वजनिक सरोकारको विवादमा सर्वोच्च अदालतमा धेरै मुद्दा पर्ने गरेका छन् । रिट क्षेत्राधिकारको सिद्धान्त के हो भने सुरुमा निर्णय गर्ने अधिकारीले काम गरिसकेको छ भने मात्रै हेर्ने भनेर भारत र अमेरिकातिर विषयवस्तुमा प्रवेश गर्दैनन् । हाम्रोमा त बेलाबखत अरू अधिकारीहरूले गर्ने निर्णय समेत अदालत आफैंले गरेको देखिन्छ । पहिले सम्बन्धित अधिकारीले निर्णय गर्नुपर्ने हो, अनि मात्रै मिलेको छ कि छैन भनेर अदालतले हेर्नुपर्ने हो । उसको निर्णय नमिलेको भए बदर गर्ने हो । त्यस अर्थमा हामीकहाँ अलि बढी ‘ज्यूडिसियल ओभररिच’ भएको देखिन्छ ।

सर्वोच्च अदालतले संविधानको व्याख्या गर्छ । संविधानसँग बाझिएको ऐनलाई अदालतले महत्व पनि दिंदैन र संविधानसँग बाझिएको ऐनको मतलब पनि हुँदैन । अदालतले ऐनको यो प्रावधान संविधानसँग बाझियो भनेर घोषणा गरिदिनुपर्ने हुन्छ । असाधारण क्षेत्राधिकार प्रयोग गर्ने भएकाले अदालतले यसरी हेर्न सक्छ ।

अहिले सर्वोच्च अदालतको संवैधानिक इजलास चल्न सकेको छैन । भारतमा केशवानन्द भारतीको मुद्दा समेत छ, जहाँ सर्वोच्च अदालतले संविधानका आधारभूत मूल्यमान्यतामा प्रहार हुने गरी संविधान संशोधन गर्न मिल्दैन भन्ने समेत व्याख्या गरेको छ । हाम्रोमा पनि यस्तो महत्वपूर्ण विषयमा अदालतले बृहत् खालको इजलासमा मुद्दा पठाएर संविधानको व्याख्या गर्न सक्छ ।

सर्वोच्च अदालतले संविधानको व्याख्या गर्न संवैधानिक इजलासको मुख ताक्नु पर्दैन । अरू इजलासले पनि व्याख्या गर्न सक्छन् । संविधानको धारा १२८ (२) मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनिएको छ । यस्ता मुद्दा परेर लामो समय अल्मलिंदा देश अस्तव्यस्त हुन्छ, एउटा निकास दिनुपर्ने हुन्छ ।

विभिन्न इजलासमा रहेका एकै प्रकृतिका मुद्दा एकमुष्ट रूपमा हेरेर न्याय निरुपण गर्न पनि सक्नुपर्छ । फरक–फरक इजलासमा राय बाझिने र फरक आदेशबाट पर्नसक्ने द्विविधा हटाउन पनि यस्तो ‘कन्सोलिडेटेड हेयरिङ’ गर्न सकिन्छ । यस्तो मुद्दामा राम्रो ल्याण्डमार्क फैसला आउनुपर्ने हो । यस्ता मुद्दामा महान्यायाधिवक्ता बोलाएर एमिकस क्यूरी राखेर टुंग्याउनुपर्ने हो । सर्वोच्च अदालतले आफ्नो नोटिसमा आइसकेपछि संविधानसँग बाझिएका कानुनका बारेमा विवेचना गरेर खारेज गर्न सक्छ ।

तर, मिठो खाना देखेपछि सबैको मुखमा र्‍याल आउँछ । मन्त्री पद देखेपछि अर्को दलमा गएर भए पनि कुर्सीमा बस्न र्‍याल चुहाउने राजनीति हाम्रोमा चलिरहेको छ । राजनीतिमा नैतिकताको खडेरी छ । राजनीतिक नैतिकता र सुशासन भएका देशमा त यस्तो खासै आवश्यक देखिंदैन । दलको निर्वाचन चिह्नको आधारमा निर्वाचन लडेका हुनाले उम्मेदवार दलप्रति कृतज्ञ अथवा वफादार हुनुपर्छ । त्यसका लागि कानुनले मनासिव नियन्त्रण गरेको देखिन्छ ।

दलको ह्विप नमान्ने र मतदानमा गडबड गर्नेमाथि कारबाही नभए हाम्रो जस्तो मुलुकमा दलीय अनुशासन रहँदैन । मौका पर्‍यो भने अर्को दलमा हाम्फाल्ने प्रवृत्ति मौलाउँछ, त्यो नियन्त्रण आवश्यक छ । तर संविधानमा यस्ता विषयवस्तु विस्तृत रूपमा राखिंदैन । ऐनमा नै यसबारेमा व्यवस्था गर्न सकिन्छ । यस्तो विषयमा संविधान मौन भए पनि त्यसको भावना प्रतिकूल नहुने गरी ऐनमा व्यवस्था गर्न सकिन्छ ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑