• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

झापाको कुकुर बनेपामा उपचार

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, फागुन ९ गते - कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको कुकुरको उपचार गराउन झापाबाट बनेपा ल्याउने गर्नुभएको हो । सामान्य बिरामी परेमा पशु प्राविधिकसँग फोनबाटै परामर्श लिने गरे पनि पशु अस्पतालमा राखेर उपचार गराउनु परे पहिला पनि उहाँले काठमाडौँ ल्याउने गर्नुहुन्थ्यो । नियमित उपचार गराउने पेट केयरको शाखा बनेपामा नै भएकाले केही महिनादेखि भने उहाँले कुकुरको नियमित स्वास्थ्य परीक्षण बनेपाबाटै गराउन थाल्नुभएको छ ।
घरमा पालेको डोबरम्यान जातिको कुकुर दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते भएपछि बनेपा ल्याउनुभयो र यो प्रक्रिया आजसम्म जारी छ । ठक्करबाट कुकुरको पछाडिको खुट्टाको हड्डी भाँचिएको थियो । कुकुर घाइते भएपछि सुरुवाती उपचार झापामै गराउनुभयो । झापामा थप उपचार सम्भव नदेखेपछि उहाँले कुकुरको उपचार गराउन बनेपामै ल्याउन थाल्नुभयो ।
डुर्नाे नामकरण गरिएको कुकुरको खुट्टाको एक्स–रेमा हड्डीको शल्यक्रिया गर्नुपर्ने देखिएपछि अहिले काभ्रेपलाञ्चोकको बनेपामा रहेको बनेपा पेट कियरमा राखेर उहाँले उपचार गराइरहनुभएको छ । “डुर्नाे मेरो घरको सदस्य नै हो । घरको सदस्य घाइते भएर हिँड्डुल गर्न नसक्ने अवस्थामा पुगेपछि उपचार नगराई बस्न सकिएन,” उहाँले भन्नुभयो, “कुकुरले परिवारको निरन्तर सेवा गरेको, दिनरात नभनेर रक्षा गरेकाले पारिवारिक सदस्य घाइते बन्दा कठोर बन्न मिलेन ।”
कुकुरको उपचार गराउन उहाँले अहिलेसम्म एक लाख रुपियाँभन्दा बढी रकम खर्च गरिसक्नुभएको छ । दुई महिनादेखि निरन्तर अस्पताल भर्ना गराएर उपचार गराउँदा निकै खर्च हुँदा पनि उहाँ चिन्तित हुनुहुन्न, बरु कुकुर छिटो निको भए घरमा स्वागत गर्न आतुर रहेको बताउनुहुन्छ । “खर्चको विषय ठूलो होइन । घरको सदस्य बिरामी परेका बेला कसले पो खर्चको चिन्ता गर्छ ? छिटो निको होस् भनेर प्रार्थना गरिरहेको छ,ु” उहाँले भन्नुभयो । झापा निवासी बस्नेतका घरमा उच्च जातिका चारवटा कुकुर छन् ।
आफूले पालेका कुकुरको नियमित स्वास्थ्य परीक्षण गराउने, भ्याक्सिन लगाउने र उनीहरूको स्वास्थ्यप्रति सदैव सचेत रहने गरेको बताउँदै उहाँले कुकुर पाल्ने रहर गरेर मात्र हुँदैन, विशेष रेखदेख गर्नुपर्ने सल्लाह दिनुभयो । उपचारमा संलग्न पशु प्राविधिक सुमन चौंप्रधानले झापाबाट घाइते भएर ल्याइएको कुकुरको शल्यक्रिया सफल भएको र खुट्टामा पिन राखिएको बताउँदै भन्नुभयो, “केही दिनमा कुकुरलाई डिस्चार्ज गर्छाैं ।” पेट केयरमा देशभरिबाट उपचारका लागि कुकुर ल्याइने गरिएको उहाँले बताउनुभयो ।
 
यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑