
काठमाडौं, फागुन ८ गते – पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभा संसद बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने विषयमा गठबन्धनका दलहरुबीच निरन्तर छलफल हुँदै आएको छ । बैठक भर्खर सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसी संसदमा टेबल गर्न सहमत भइसकेको छ । यसअघि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने अडान राख्दै आएको थियो ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले भने एमसीसीमा दलहरुबीच सहमति जुटाउन निरन्तर छलफल गर्दै आउनुभएको छ । तथापि, माओवादी केन्द्रले भने यसमा राष्ट्रिय सहमति जुट्नुपर्ने जनाउँदै आएको छ ।
गठबन्धनमा रहेकाे राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गर्दै आए पनि जनता समाजवादी पार्टीले भने समर्थन जनाउने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।
यो समाचार गोरखापत्रमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर