८ फागुन, काठमाडौं – आज न्याय सेवा आयोगको बैठक आज बस्दै छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर कागजी प्रक्रिया पुर्याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।
आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले बतायो ।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन् ।
यो समाचार आजको अनलाइन खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर