
धनगढी : चार वर्षमा स्वास्थ्य सेवा सुधारका लागि उल्लेख्य प्रगति गरेको सुदूरपश्चिम प्रदेश सरकारले दाबी गरेको छ। प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार तथा उपकरणको व्यवस्थापन गर्न महत्वपूर्ण काम गरेको दाबी गरेको हो।
प्रदेश सरकार गठन भएपछि ९ जिल्लाका ८८ वटै स्थानीय तहसम्म स्वास्थ्य सेवामा नागरिकको पहुँच पुगेको प्रदेश सरकारले जनाएको छ। सामाजिक विकास मन्त्रालयमार्फत २ सय ५२ स्वास्थ्य सेवाका भवन निर्माण गरेर स्थानीय तहहरूलाई हस्तान्तरण गरेको तथा कोरोनाको उपचार र रोकथाममा सन्तोषजनक काम भएको दाबी सामाजिक विकासमन्त्री लालबहादुर खड्काको छ। ‘हामीले प्रदेशको स्वास्थ्य सेवा र क्षमतामा सुधार गर्न अधिक्तम प्रयास गरेका छौँ,’ उनले भने, ‘प्रदेश मातहतका सबै अस्पतालमा भौतिक पूर्वाधारको विकास भएको छ भने सेती प्रादेशिक अस्पतालमा बहु तले भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ।’
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रमा विभिन्न ८ शिर्षकमा काम भएको जनाएको छ। स्वास्थ्यमा भौतिक पूर्वाधार निर्माणमा १ सय २३ प्रसुती केन्द्र भवन, ६६ वटा शहरी स्वास्थ्य केन्द्र भवन, ६३ वटा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको मन्त्रालयले बताएको छ। यसैगरी सेती र महाकाली प्रादेशिक अस्पतालमा १ सयका दरले २ सय शय्या, टीकापुर अस्पतालमा ६० शय्या र पहाडी ७ जिल्ला अस्पतालमा १० शय्याका दरले कोरोना विशेष उपचार आइसोलेसन वार्ड निर्माण र सञ्चालन गरिएको छ।
सामाजिक विकास मन्त्रालयले प्रदेशभर २७ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरेको बताइएको छ। सरकारले महाकाली अस्पतालमा आकस्मिक उपचार कक्ष भवन, टीकापुरमा सरुवा रोग अस्पताल भवन, जिल्ला अस्पताल डोटी र बाजुरा स्वास्थ्य कार्यालय भवन निर्माणको चरणमा रहेको जनाएको छ। सामाजिक विकासमन्त्री खड्काले सरकारले स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रदेश स्वास्थ्य अध्ययन प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढेको जनाएका छन्।
प्रदेश सरकारले ८८ वटै स्थानीय तहमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालनमा रहेको बताएको छ। प्रदेशभरका ३ हजार ३८ महिला स्वास्थ्य स्वयमसेविका र २ सय ७ स्वास्थ्य सेवाका कर्मचारीको निःशुल्क स्वास्थ्य विमा गरेको, ९ जिल्लामा रहेका अस्पतालमा एम्बुलेन्स र शव बाहन उपलब्ध गराएको, १६ निर्वाचन क्षेत्रमा एक/एक एम्बुलेन्स वितरण गर्नुका साथै प्रदेशभर ८ वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको प्रदेश सरकारले उल्लेख गरेको छ। सरकारले प्रदेशभर ४८ आइसियू, ९७ एचडियू र ५० भेन्टिलेटर र प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको बताएको छ।
सरकारले १९ जना जटिल प्रसुती र जटिल दुर्घटनामा परेका व्यक्तिको आकस्मिक हवाई उद्धार गर्नुका साथै ४ सय ४० जना विपन्न नागरिकलाई उपचार सहायता प्रदान गरेको उल्लेख गरिएको छ। मन्त्री खड्काको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारको कामसमेत भएको दाबी छ। ‘हामीले नितिगत रुपमा पनि प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका काम गरेका छौँ,’ उनले भने, ‘जिल्ला अस्पताल तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवास्थापन गरी सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउने काम गर्न प्रदेश सरकार सफल भएको छ।’
सामाजिक विकास मन्त्रालयले सबै जिल्लामा मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, एक स्कुल एक नर्स र एक योग गुरू कार्यक्रम सञ्चालनमा रहेको तथा प्रदेश जनस्वास्थ्य ऐन र स्वास्थ्य नीति निर्माण गरेर स्वास्थ्य क्षेत्रमा नीतिगत काम समेत भएको दाबी गरेको छ। तर सुदूरपश्चिमका दुई ठूला अस्पतालको स्तरोन्नतिमा भने सरकार उदासीन बनेको गुनासो छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर