सर्मिला रोकाया / बाजुरा : नेकपा एमाले बाजुराले यहि फागुन २० गते देखि पालिका स्तरीय निर्वाचन परिचालन अभियान गर्ने भएको छ । आसन्न बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै एमालले सवै स्थानिय तहमा अभियान चलाउने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ । नेकपा एमालेको दोस्रो पूर्ण वैठकले गरेका निर्णय सार्वजनिक गर्न आज विहान गरिएको पत्रकार सम्मेलनमा एमालले माघ २५ गतेको पदाधिकारीको बैठकले गरेका निर्णय अनुमोदन गर्ने निर्णय समेत गरेको प्रचार विभाग प्रमुख काशी विकले जानकारी दिनुभयो ।
नेकपा एमालेको दोस्रो पूर्ण वैठकले बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको जनप्रकाश माविको दुई वटा भवन निमार्ण कार्य विगत लामो समय देखि निमार्ण नभएको प्रति पार्टीको ध्यानार्कषण भएको र यो के कारणले निमार्ण भएन भन्ने बारेमा सरोकारवाला पक्षलाई कानुनी दायरामा ल्याउनका लागि पार्टीले सम्वन्धीत पक्ष संग छलफल गर्ने निर्णय गरेको जानकारी नेकपा एमाले बाजुराले दिएको छ ।
नेकपा एमाले बाजुराले नेकपा एमाले बुढीनन्दा नगर कमिटीले गरेको ब्यवहार ब्यवस्थापन प्रति विशेष धन्यवाद ज्ञापन गर्दै जिल्ला कमिटी सदस्य जापना शाहीको माता, देवु रेग्मीको पिता र साप्पाटाका अंग रोकाया, जयसरी बुढा र घुट्की बुढाको निधन प्रति शोकप्रस्ताव पारित गरेको जनाएको छ । प्रचार विभाग प्रमुख विकले पार्टी अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रिय सदस्य तथा सह इन्चार्ज सहदेव बोगटी प्रदेश कमिटी सदस्य रंगमान शाही, अजबहादुर मल्ल, विरबहादुर शाही, रामलाल कार्की लगायत नेताको उपस्थिति समेत रहेको एमाले बाजुराले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर