• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

खप्तड मालिका न्युज February 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

५ फागुन, विराटनगर – एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् ।

एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक र आफूहरुमाथि सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कको विरोधमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत ८१ विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तीमध्ये अग्रंक्तिमा रहेका १४ जना विद्यार्थीले नोबेलमा आफूहरुलाई सुरक्षा खतरा रहेको बताएका हुन् । अरु विद्यार्थी भने पढाइमा फर्किएका छन् ।

‘हिजो अग्रपंतिमा रहेर आन्दोलन गरेका विद्यार्थी र अभिभावकलाई नेता बन्न खोज्ने ? हेरौंला भन्दै धम्की आइरहेको छ’ एक विद्यार्थीले भने, ‘असुरक्षित भएर पढ्न सक्दैनौं, सरकारले कतै सारिदेओस् ।’उनीहरूले कलेज स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । प्रधानमन्त्रीबाट मौखिक आश्वासन पाएको उनीहरूले बताएका छन् ।

विद्यार्थीले स्थानान्तरणका लागि माघ ७ गते शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । मन्त्रालयले सुनुवाइ नगरेपछि माघ १७ गते चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए ।

‘अभिभावकलाई धम्कीपूर्ण फोन आएका छन्, हामीलाई पनि आइरहेका छन्’ अर्का विद्यार्थीले भने, ‘नोबेलमा हामीलाई सुरक्षा थ्रेट छ, अन्यन्त्र सारिदेऊ भनेर धाइरहेका छौं ।’

गत पुस पहिलो सातादेखि नोबेलमा एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । तर पुस १४ गते अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रशासनले कक्षाबाट निकालेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा कलेजमा तोडफोड पनि भएको थियो ।

होस्टेल अनिवार्य

कलेजले लिने अतिरिक्त शुल्क खारेज गर्नुपर्ने र होस्टल ऐच्छिक गर्नुपर्ने मागसहित नोबेलमा एमबीबीएस अध्ययन गर्न भर्ना भएका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनपछि काठमाडौं विश्वविद्यालयको अतिरिक्त शुल्क फिर्ता गर्न र होस्टल अनिवार्य नगर्न निर्देशन दिएको थियो । तर नोबेलले होस्टेल अनिवार्य गरेको छ ।

कलेजले होस्टेलमा प्रति विद्यार्थी प्रतिमहिना १२ बजार रुपैयाँ शुल्क तोकेको छ । होस्टलको एउटा कोठामा दुई जना विद्यार्थी राखिएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ । नोबेलले आयोगले तोकेको भन्दा बाहेक इन्टर्नशिप, रजिस्टे्रेसनलगायत शीर्षकमा अतिरिक्त शुल्क मागेको विद्यार्थीहरुको भनाइ छ ।

विद्यार्थीको आन्दोलनपछि इन्टर्नशिप, र रजिष्ट्रेशन शुल्क नलिने सहमति भएको छ । होस्टल भने अनिवार्य गरिएको छ ।

नाेबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने नियमित कक्षा सञ्चालन भएको बताउँदै विद्यार्थीलाई ‘सुरक्षा थ्रेट’ नभएको दाबी गरे ।

चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीको समस्या समाधान गर्न काठमाडौं विश्वविद्यालयलाई आग्रह गरेको बताए । उपाध्यक्ष श्रीकृष्ण गिरीले अनलाइनखबरसँग भने, ‘हामीले विद्यार्थीको निवेदन पर्नासाथ स्थानीय प्रशासनलाई जानकारी गराएका छौं र विश्वविद्यालयलाई तत्काल स्थलगत अनुगमन गरी काम कारबाही गर्न निर्देशन दिएका छौं ।’

आयोगको निर्देशनपछि काठमाडौं विश्वविद्यालय स्थलगत अनुगमन समिति बनाएको र अनुगमनमा गएको जानकारी आएको आयोगको भनाइ छ ।

यो समाचार अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑