• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

बप्पी लहिरीलाई लागेको ओएसए कस्तो रोग हो ?

खप्तड मालिका न्युज February 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

५ फागुन, काठमाडौं – चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको बुधबार ६९ वर्षको उमेरमा निधन भयो । चिकित्सकहरुले बप्पीको मृत्यु निन्द्रासँग सम्बन्धित रोग अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) भएको बताएका छन् ।

बप्पी लहिरीले मुम्बईको क्रिटिकेयर अस्पतालमा मंगलबार राति ११ बजेर ४५ मिनेटमा अन्तिम सास लिएका थिए । अस्पतालका निर्देशक डा. दीपक नामजोशीले बप्पीको मृत्युपछि बयान जारी गरेका छन् ।
‘बप्पी लहिरी ओएसए (अब्सट्रक्टिभ स्लीप एपनिया) र मुटुमा संक्रमण भएपछि उनी २९ दिनदेखि अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उनलाई १५ फेब्रुअरीमा डिस्चार्ज गरिएको थियो । तर एक दिनपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखियो र फेरि अस्पताल ल्याइयो । ओएसएका कारण उनको मृत्यु भयो,’ नामजोशीले भनेका छन् ।

बप्पी पछिल्लो समय कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । एक वर्षदेखि ओएसएबाट गुज्रिरहेका उनी यसअघि पनि धेरैपटक अस्पताल भर्ना भएको र स्वास्थ्यमा सुधार आइसकेको डा. नामजोशीले जानकारी दिएका छन् ।के हो ओएसए ?

बेलायतको ब्रिटिस लङ्स फाउन्डेसन (बीएलएफ)का अनुसार अब्सट्रक्टिभ स्लीप एपनिया साससँग सम्बन्धित समस्या हो, जुन सुत्ने बेलामा हुने गर्छ ।

फाउन्डेसनका अनुसार यो रोग बालबालिका र वयोवृद्ध जो कोहीलाई पनि हुनसक्छ ।

ओएसएको संक्षिप्त रुप

अब्सट्रक्टिभ : श्वासनलीमा रुकावट

स्लीप : निन्द्रामा हुने समस्या

अपनोस : केही समयका लागि सास बन्द हुनु

के हुन्छ यसमा ?

बीएलएफका अनुसार सुत्ने बेला घाँटीमा रहेका मांसपेसीमा तनाव कम हुन्छ, अक्सिजन फोक्सोमा जान्छ । तर ओएसए भएपछि घाँटी पूरै बन्द भई अक्सिजनको प्रवाह रोकिन्छ । यस्तो बेला केही समयका लागि सास रोकिन्छ ।

१० सेकेन्डभन्दा बढी समय सास रोकिन्छ भने त्यसलाई एपनिया भनिन्छ । यस्तो समस्या हुँदा रगतमा अक्सिजनको मात्रा घट्ने गर्छ ।

ओएसएको असर

यो रोग लाग्दा केही समयका लागि सास रोकिने भएपनि मस्तिष्कले पुनः श्वास सुरु गरिदिने काम गर्छ । तर गहिरो श्वास लिंदा वा हल्लिंदा, पल्टिंदा सास पुनः सुचारु हुन्छ । सास सुरु भएपछि व्यक्ति पुनः निदाउँछ । तर केही समयपछि फेरि सास रोकिने समस्या सुरु हुन्छ ।

सास रोकिंदा केहीले थाहा पाई उठ्ने गरेको भएपनि धेरैलाई के भइरहेको छ भन्ने थाहा हुन्न । ओएसएले गम्भीर लिइसकेको भए सास रोकिने समस्या सयौं पटक हुन सक्छ ।

यस्तो समस्या भएका व्यक्तिलाई रातमा निन्द्रा नलाग्ने हुन्छ । र, दिनमा थकान र अनिंदो महसुस गर्छ । समयमै उपचार नगर्दा यसले ज्यानसमेत लिन सक्छ ।

कसलाई हुन्छ ओएसए ?

ब्रिटिश लङ्स फाउन्डेसनका अनुसार मध्य वयस्क पुरुष, महिनावारी हुन रोकिएका महिला, गर्भवती महिला, मोटापनको समस्या भएका, ठूला गाला भएका, डाउन्स सिन्ड्रोमको समस्या भएका, डायबिटिजका बिरामी, मुटुको समस्या भएका र धुम्रपान तथा मद्यपान सेवन गर्नेमा ओएसए देखिन्छ ।

ओएसएका सुत्दा देखिने लक्षण

सुत्दा घुर्नु

सास रोकिनु वा सास फेर्न समस्या हुनु

घाँटी बन्द हुनु वा सास लिंदा झट्का लाग्नु

बारम्बार हल्लिनु पल्टिनु

शरीरलाई झट्का लागेको महसुस हुनु

निद्राबाट बारम्बार उठ्नु

ननिंदाएको समयमा देखिने ओएसएका लक्षण

अनिंदो महसुस हुनु, थकान लाग्नु

टाउको दुख्नु

ध्यान दिन नसक्नु

स्मरणशक्ति कमजोर हुनु

चिड्चिडापन आउनु

समन्वय गर्न नसक्नु

यौन क्षमतामा ह्रास आउनु ।

यो समाचार अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑