
काठमाडौं-महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंह अभिनित गीत ‘हजुर मुसुक्कै’को भिडियो युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । १३ फेब्रुअरीमा युट्युबमा अपलोड भएको गीतले समाचार तयार गर्दासम्म करिव १२ लाख भिउज पाउदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान कब्जा गर्न सफल भएको हो ।रेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ । १५ मिनेट लामो गीतको भिडियोमा गीति कथामा बुनिएको छ । जिबी आग्रीको कथा, पटकथा एवं निर्देशन रहेको भिडियोमा छायांकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ ।आकर्षक शैलीमा निर्माण भएको भिडियो प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत कलाकारको समेत अभिनय देख्न सकिन्छ । राजेश र निरुताले १२ बर्षपछि यो भिडियोमा एकसाथ काम गरेका हुन् ।

यो समाचार रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर